logo

१५ निर्जीवन बीमा कम्पनीहरुद्वारा १ अर्ब ३१ करोड ८७ लाख रुपैयाँ खुद नाफा आर्जन

    1106   पटक पढिएको

९ फागुन /अर्थ र व्यापार - नेप्सेमा सुचिकृत १५ निर्जीवन बीमा कम्पनीहरुले चालू आर्थिक वर्षको दोस्रो त्रैमास सम्ममा ५ अर्ब ३६ करोड ६० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्दा १ अर्ब ३१ करोड ८७ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । हाल नेपालमा २० निर्जीवन बीमा कम्पनीहरु सञ्चालनमा छन् ।

१५ निर्जीवन बीमा कम्पनीहरु मध्ये खुद बीमा शुल्क र खुद नाफा आर्जनको आधारमा शिखर इन्स्योरेन्स अब्बल देखिएको छ । बीमा कम्पनीहरुको आम्दानीको मुख्य स्रोत बीमा शुल्क आर्जन गरी धेरै नाफा कमाउन शिखर इन्स्योरेन्स सफल भएको हो । यस अवधिमा इन्स्योरेन्सले ९० करोड ४९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरी २१ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको छ । यस्तै नेको इन्स्योरेन्सले ६० करोड ३१ लाख रुपैयाँ बीमा शुल्क संकलन गरी १७ करोड ३ लाख रुपैयाँ खुदनाफा आम्दानी गरेको छ । यसैगरी २५ करोड ६७ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको राष्ट्रिय बीमा कम्पनीले १६ करोड ८४ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

युनाइटेड इन्स्योरेन्सले सबै भन्दा कम १५ करोड ५७ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरी १ करोड ७४ लाख रुपैयाँ मात्रै आम्दानी गरेको हो । बीमा समितिले गरेको व्यवस्था अनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ५ कम्पनीले चुक्ता पूँजी कायम गरेका छन् । बीमा समितिले तोकेको न्युनतम १ अर्ब चुक्ता पूँजी नेको इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, हिमालयन जनरल, नेपाल इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सले तोकेको चुक्ता पूँजी पुर्याएका हुन् । नेको इन्स्योरेन्सको चुक्त पुँजी १ अर्ब १७ करोड रुपैयाँ छ । यस्तै शिखरको १ अर्ब ५ करोड, हिमालयन जनलरको १ अर्ब २ करोड, नेपाल इन्स्योरेन्सको १ अर्ब १ करोड र प्रभु इन्स्योरेन्सको १ अर्ब ५० लाख रुपैयाँ चुक्ता पूँजी छ । बाँकी कम्पनीहरुले पनि चुक्ता पूँजी वृद्धिको तयारी गरिरहेका छन् । राष्ट्रिय बीमा कम्पनीको चुक्ता पूँजी सबैभन्दा थोरै अर्थात २६ करोड ६६ लाख रुपैयाँ छ । सबैभन्दा थोरै चुक्ता पूँजी भएको राष्ट्रिय बीमा कम्पनीको जगेडा र बीमा कोषमा भने ठूलो रकम सञ्चित भएको छ । कम्पनीको जगेडा कोषमा २ अर्ब १५ करोड र बीमा कोषमा १ अर्ब ४३ करोड रुपैयाँ सञ्चित छ ।

शिखर इन्स्योरेन्सको जगेडा कोषमा ३४ करोड ८८ लाख र बीमा कोषमा ९५ करोड ७२ लाख रुपैयाँ सञ्चित छ । यस्तै नेको इन्स्योरेन्सको जगेडा कोषमा ४४ करोड र बीमा कोषमा ५४ करोड ३४ लाख रुपैयाँ छ । युनाइटेड इन्स्योरेन्सको जगेडा कोषमा सबैभन्दा कम ४ करोड ४० लाख रुपैयाँ सञ्चित छ भने आइएमई जनरल इन्स्योरेन्सको बीमा कोषको आकार सबैभन्दा सानो छ। आइएमईको बीमा कोषमा २० करोड ७२ लाख रुपैयाँ सञ्चित छ । राष्ट्रिय बीमा कम्पनीको चुक्ता पूँजी थोरै भएका कारण प्रतिशेयर आम्दानी र नेटवर्थ सबैभन्दा धेरै देखिएको छ। कम्पनीको प्रतिशेयर आम्दानी १२६ रुपैयाँ ३४ पैसा, प्रतिशेयर नेटवर्थ ९०८ रुपैयाँ १६ पैसा कायम छ । यस्तै शिखर इन्स्योरेन्सको प्रतिशेयर आम्दानी ४० रुपैयाँ १० पैसा र प्रतिशेयर नेटवर्थ १३२ रुपैयाँ ९९ पैसा रहेको छ । सबैभन्दा कम प्रतिशेयर आम्दानी रहेको प्रभु इन्स्योरेन्सको ८ रुपैयाँ ८४ पैसा र सबैभन्दा कम प्रतिशेयर नेटवर्थ रहेको युनाइटेड इन्स्योरेन्सको ११४ रुपैयाँ ५७ पैसा छ । राष्ट्रिय बीमा कम्पनीको मूल्य आम्दानी अनुपात सबैभन्दा धेरै अर्थात ७३.६१ गुणा बढी छ भने नेको इन्स्योरेन्सको सबैभन्दा कम १७.६९ गुणा बढी छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।