logo

१२ औद्योगिक ग्राम स्थापना गर्ने मन्त्रिपरिषद्को निर्णय, पूर्वसम्भाव्यता अध्ययन सुरु

    2079   पटक पढिएको


४ मंसिर/अर्थ र व्यापार– सरकारले ४ वटा प्रदेशमा १२ औद्योगिक ग्राम निर्माणको घोषणा गरेको छ । 
मन्त्रिपरिषद्को कात्तिक २४ गतेको बैठकले प्रदेश नं १, बागमती, कर्णाली र गण्डकी प्रदेशमा औद्योगिक निर्माणको घोषणा गरेको हो ।

स्थानीय तहमा उद्यमशीलता विकास गर्न र जग्गाको समस्या भएका युवालाई लक्षित गरी थप १२ औद्योगिक ग्राम निर्माणको घोषणा गरेको हो । 

प्रदेश नं १ का उदयपुरको रौतामाई गाउँपालिका वडा नं ५ को ६३ रोपनी र बेलका नगरपालिकाको ८ बिगाहामा औद्योगिक ग्राम स्थापना गर्न लागिएको हो । तेह्रथुमको म्याङलुङ गाउँपालिका वडा नं १ र १० को ओख्रेटोलमा रहेको ६४ रोपनी जग्गालाई औद्योगिक ग्रामको रूपमा घोषणा गरिएको छ ।

यसैगरी, बागमती प्रदेशको नुवाकोटको विदुर नगरपालिका वडा नं १० को शुभघाट क्षेत्रको १८७ रोपनी सरकारी जग्गालाई पनि औद्योगिक ग्रामको रूपमा विकास गर्ने निर्णय गरेको छ ।

सरकारले सबैभन्दा धेरै औद्योगिक ग्राम गण्डकी प्रदेशमा बनाउने भएको छ । गण्डकी प्रदेशमा स्याङ्जा, तनहुँ, नवलपरासी (बर्दाघाट सुस्तापूर्व), मनाङ र पर्वतमा औद्योगिक ग्राम निर्माणको घोषणा गरेको छ । 

स्याङ्जाको कालीगण्डकी गाउँपालिकाको वडा नं ५ को ९३ रोपनी, तनहुँ जिल्लाको भानु नगरपालिका वडा नं ३ को ४७ रोपनी, नवलपरासी (बर्दाघाट सुस्ता पूर्व)को बौदीकाली गाउँपालिका वडा नं २ को १०० रोपनी जग्गालाई औद्योगिक ग्रामको रूपमा सरकारले घोषणा गरिसकेको छ ।

यस्तै, पर्वतको कुश्मा नगरपालिका वडा नं १ स्थित ३८४ रोपनी जग्गामा पनि औद्योगिक ग्राम स्थापना गरिने भएको छ । मनाङको चामे गाउँपालिका वडा नं ४ को १०० रोपनी सरकारी जग्गामा औद्योगिक ग्राम बनाउने घोषणा गरिएको छ । 

यस्तै, कर्णाली प्रदेशको सुर्खेतमा दुईओटा औद्योगिक ग्राम घोषणा गरिएको छ । प्रदेशको भेरीगंगा नगरपालिका वडा नं ११ मा २० बिगाहा सरकारी जग्गा र सोही जिल्लाकै चौकुने गाउँपालिका वडा नं ५ मा करीब १० बिगाहा सामुदायिक वनको क्षेत्रमा औद्योगिक ग्राम बनाइने भएको छ । 

कर्णाली प्रदेशको जाजरकोटको शिवालय गाउँपालिका वडा नं ४ को २० बिगाहा सरकारी जग्गामा पनि औद्योगिक ग्राम बनाउने निर्णय गरिएको छ । 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कात्तिक २५ गते नै सूचना जारी गर्दै औद्योगिक ग्राम स्थापनाका लागि पूर्वसम्भाव्यता अध्ययन गर्न इच्छुक परामर्शदाताबाट आशयपत्र माग गरेको छ । 

चालू आर्थिक वर्ष २०७७/७८ को बजेट वक्तव्यमा स्थानीय तहमा १३० ओेटा औद्योगिक ग्राम स्थापना गर्न बजेट विनियोजन गरिएको छ ।

यसअघि पनि सरकारले विशेष आर्थिक क्षेत्र (सेज), औद्योगिक क्षेत्रहरू घोषणा गरे पनि उल्लेख्य रूपमा कार्यान्वयनमा आउन भने सकेको छैन । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।