logo

आईएमई जनरल इन्स्योरेन्सको १ लाख २ हजार ३६४ कित्ता शेयर लिलामी मार्फत बिक्रि हुने

    1673   पटक पढिएको

१२ फागुन /अर्थ र व्यापार - आईएमई जनरल इन्स्योरेन्सको हकप्रदमा अवितरीत शेयर लिलामीमा आउने भएको छ । इन्स्योरेन्सले हकप्रदमा अवितरित एक लाख २ हजार ३६४ कित्ता शेयर लिलामी मार्फत बिक्री गर्नेछ । इन्स्योरेन्सले गत पुसमा चुक्ता पूँजीको ८० प्रतिशत अर्थात ४३ लाख २० हजार कित्ता हकप्रद शेयर बिक्रीमा ल्याएको थियो । जसमा रितपुर्वक आवेदन गर्ने २ हजार ८४२ जना शेयरधनीहरुलार्य ४२ लाख १७ हजार ६३६ कित्ता शेयर बाडँफाँड गरिएको छ ।

हकप्रदमा अवितरीत एक लाख २ हजार ३६४ कित्ता शेयर लिलामी मार्फत बिक्री गर्नेछ । हाल इन्स्योरेन्सको ५४ करोड रुपैयाँ चुक्ता पूँजी छ । हकप्रद समायोजन पछि कम्पनीको चुक्ता पूँजी ९७ करोड २० लाख रुपैयाँ पुग्नेछ । बीमा समितिले निर्देशन अनुसार कम्पनीले न्यूनतम चुक्ता पूँजी एक अर्ब रुपैयाँ कायम गर्न अझै २ करोड ८० लाख रुपैयाँ पूँजी वृद्धि गर्नेपर्नेछ ।

आईएमई जनरल इन्स्योरेन्सको शेयरमूल्य दोस्रो बजारमा प्रतिकित्ता ४१० रूपैयाँको हराहारीमा कारोबार भैरहेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २६ करोड ४५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरी ५ करोड ८५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी २१ रुपैयाँ ६९ पैसा, प्रतिशेयर नेटवर्थ १६५ रुपैयाँ ३४ पैसा र मूल्य आम्दानी अनुपात २०.८४ गुणा बढी छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।