logo

पर्यटन व्यवसायि राजन सिम्खडाको हिँडे पुगिन्छ सार्वजनिक

    5271   पटक पढिएको

२८ बैशाख / अर्थ र व्यापार संवाददाता- पर्यटन व्यवसायि राजन सिम्खडाको पुस्तक “हिँडे पुगिन्छ” विमोचन सम्पन्न भएको छ । प्वाईन्ट मिडिया प्रा.लि.ले प्रकाशन गरेको पुस्तक शुक्रवार पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले विमोचन गरे ।

कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री प्रचण्डले अव देशलाई सम्बृद्धिको वाटो लैजानु आवश्यक रहेको र त्यसको प्रमुख आधार पर्यटन रहेको वताए । थोरै लगानीमा धेरै लाभ लिन सक्ने क्षेत्र पर्यटन रहेको उनले वताए । “देशलाई आर्थिक सम्बृद्धिको दिशातर्फ डो¥याउन लेखक सिम्खडाले हिँडे पुगिन्छ पुस्तक मार्फत नयाँ आत्मविश्वाश र आशाको किरण देखाउनुभएको छ”–प्रचण्डले भने । देशभित्रका प्राकृतिक सौन्दर्यहरु प्रयोग गरेर सम्बृद्धितिर जानु सम्भव छ भन्ने सन्देश पुस्तकले दिएको उनले वताए । “सिम्खडाले लेखक,कलाकार र व्यवसायिको रुपमा पनि आँफुलाई नेपालको पर्यटन क्षेत्रको विकासमा नै आँफुलाई समर्पित गर्नुभएको छ”–प्रचण्डले भने ।

पुस्तक विमोचन समारोहमा समालोचकका रुपमा बोल्दै पूर्व अर्थमन्त्री तथा बरिष्ठ साहित्यकार शंकर प्रसाद कोईरालाले लेखकले रोचक शैलीमा हिँडे पुगिन्छ लेखेको वताए । पुस्तकमा नेपालको पर्यटन क्षेत्र,कलाकारिता र आर्थिक सम्बृद्धिको भिजन र मिसनमा प्रष्किपसन लेखले दिएको उनले वताए । प्वाईन्ट मिडिया प्रा.लि.का प्रबन्ध निर्देशक नविन काफ्लेले “हिँडे पुगिन्छ” निती निर्माता, व्यवसायमा प्रवेश गर्न चाहनेहरुका लागी निकै उपयोगि हुने वताए । लेखक सिम्खडाले आँफुले ईमान्दारीपूर्वक आफ्नो मातृभुमि,पेशा प्रति न्याय गरेर पुस्तक तयार गरेको वताए ।“हिँडे पुगिन्छ यो देश हाम्रै पालामा सम्बृद्ध देख्न चाहनेहरुको साझा कथा हो”–सिम्खडाले भने ।

कार्यक्रमा लेखक तथा बरिष्ठ पर्यटन व्यवसायि कर्ण शाक्य , वरिष्ठ कलाकार शैलेन्द्र सिम्खडा, कलाकार÷सामाजिक अभियन्ता सिताराम कट्टेल (धुर्मुस), वरिष्ठ पर्यटन व्यवसायि रामकाजि कोने लगायतले पुस्तकमाथि धारणा राखेका थिए । कार्यक्रममा लेखकले आफ्ना पिता स्वर्गिय नारायण प्रसाद सिम्खडा कृषि पुरस्कारको घोषणा गरेका थिए । ५० हजार रुपैयाँ राशीको यो पुरस्कार वार्षिक रुपमा प्रदान गरनेछ । कार्यक्रममा माननिय जगत सिम्खडा,विभिन्न संघ–संस्थाका अध्यक्ष तथा पदाधिकारीहरु,वरिष्ठ व्यवसायिहरु,कलाकारहरु,लेखक÷साहित्यकारहरु तथा पत्रकारहरुको उपस्थिति रहेको थियो ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।