logo

हिमालयन कर्नर अर्गानिक मार्ट सञ्चालनमा

स्वदेशी उत्पादन विक्रि गर्ने लक्ष्य

    1910   पटक पढिएको

२९ फाल्गुन / अर्थ र व्यापार- नेपालमा उत्पादन हुने अर्गानिक खाद्य बस्तुहरुको विक्रि तथा वजार प्रवद्र्धनका लागी काठमाडौंको शान्तिनगरमा हिमालयन कर्नर अर्गानिक मार्ट सञ्चालनमा आएको छ । हिमालयन कर्नर अर्गानिक मार्ट तथा अर्डर नाउ ईकमर्सको सहकार्यमा सञ्चालनमा आएको मार्टको शनिवार अर्डर नाउका अध्यक्ष राजन सिम्खडा र हिमालन कर्नर अर्गानिक मार्टका अध्यक्ष दिपक बहादुर बुढाले उद्घाटन गरे ।

नेपालमा उद्यम गरिरहेका उद्यमीहरु त्था कृषकहरुलाई प्रोत्साहन गर्न नेपालमै उत्पादीत सामाग्रीहरुलाई बजारीकरण गरी अर्गानिक खाद्य वस्तुहरु लगायत स्थानिय स्तरमा उत्पादन हुने उपभोग्य सामाग्रीहरुको विक्री वितरणका लागी सो मार्ट सञ्चालनमा ल्याइएको हो ।

उद्घाटन कार्यक्रममा बोल्दै अर्डर नाउ का कार्यकारी अध्यक्ष राजन सिम्खडाले देशमा व्यवस्था परिवर्तन भएपनि आम नागरिकको अवस्था परिवर्तन हुन नसकेको वताए । सिम्खडाले नागरिक, कृषक र नेपाली उत्पादनकर्ताहरुको हितमा अर्डर नाउ र मार्टले भुमिका खेल्दै जाने वताए । कार्यक्रममा हिमालयन कर्नर अर्गानिक मार्टका अध्यक्ष दिपक बहादुर बुढाले पनि मन्तव्य राखेका थिए ।

कार्यक्रममा अर्डर नाउ का अध्यक्ष राजन सिम्खडा र हिमालन कर्नर अर्गानिक मार्टका अध्यक्ष दिपक बहादुर बुढाले हुम्ला फुड ईण्डस्ट्रिजका उत्पादनहरुलाई संकलन,प्रशोधन र प्याकेजिङ गरि विक्री वितरण गर्ने सम्झौता पत्रमा समेत हस्ताक्षर गरिएको छ ।

व्यालेन्स ग्रुप अफ कम्पनीज प्रा. लि. ले ग्राहकलाई दैनिक आवश्यक पर्ने गुणस्तरीय उपभोग्य सामग्रीहरु उचित मुल्यमा उपलब्ध गराउने उद्देश्यले सबभन्दा सस्तो ई कमर्स प्ल्याटफर्म “अर्डर नाउ” स्थापना गरेको हो ।

अर्डर नाउ उपभोक्ता तथा व्यापारी (बिक्रेता) लाई विविध सामग्री अनलाइन खरिद तथा बिक्री गर्ने साझा प्ल्याटफर्महो । सामान्यतया दैनिक जीवनशैलीमा आवश्यक पर्ने सम्पुर्ण सामग्रीहरु उक्त प्ल्याटफर्म मार्फत अनलाईन खरिद बिक्री गर्न सकिनेछ, जसमा ग्राहकले सस्तोमा गुणस्तरीय सामान खरिद गर्न पाउनेछन तथा बिक्रेताले आफ्नो उचित मूल्य पाउने कम्पनीले जनाएको छ ।

बिक्रेताको रुपमा विविध सामाग्री सँग सम्बन्धित उद्योगी, कृषक, उत्पादक, डिष्ट्रिब्युटर, होलसेल तथा खुद्रा व्यापारी, आयातकर्ता, डिलर आदिले सदस्यता लिइ बिना भेदभाव आफ्नो व्यवसाय दर्ता गर्न पाउनेछन् र अनलाइन बजार मार्फत व्यवसाय वृद्धि गर्न पाउनेछन् ।

कम्पनीले नेपाली उत्पादनलाई प्रोत्साहनस्वरुप तथा जोखिम न्यूनीकरण गर्न स्थानीय स्तरमा उत्पादित कृषिजन्य सामाग्री तथा अन्य विविध वस्तुहरु सिधै उपभोक्ताको घरदैलोमा पु¥याउनेछ । साथै नेपालमा उत्पादित विविध उत्पादनहरु अन्तर्राष्ट्रिय बजारमा समेत पु¥याउने योजना कम्पनीको छ ।

कम्पनीको नेपालमा अनलाइन सपिङ तथा इकमर्स व्यवसायलाई फरक तवरले संचालन गर्न अर्डरनाउ डट कम मार्फत सेवा बिस्तार गर्दै नेपालकै उत्कृष्ट इकमर्स प्ल्याटफर्म तयार गर्ने लक्ष्य राखेको छ । कम्पनीको मुख्य उद्देश्य रोजगारी र अवसरको सृजना गर्दै स्थानिय उत्पादनहरुको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको बजारीकरणमा भुमिका खेल्नु हो । अर्डर नाउ व्यापारी, व्यवसायी, कृषक, घरेलु तथा स्थानिय उद्योग, विविध सेवा प्रदानकर्ता आदिलाई उपयोगी प्ल्याटफर्म बन्नेछ कम्पनीको विश्वास छ ।

राष्ट्रिय स्तरमा सेवा प्रदान गर्ने अर्डर नाउले सिमित स्थानमा निशुल्क डेलिभरी, द्रुत डेलिभरी तथा सेवा प्रदायकको सेवा र प्रयोग भएका सामान खरिद बिक्री गर्ने जस्ता सेवा समेत प्रदान गर्नेछ । बन्दाबन्दिको समयमा दैनिक आवश्यक खाद्य बस्तु डेलिभरीबाट सुरुवात भएको इकमर्स हाल दैनिक खाद्य सामाग्री, कस्मेटिक सामाग्री, इलेक्ट्रोनिक सामाग्री, केक, आदि सामाग्री अनलाइन बिक्री गर्दै करिब एक सय व्यवसायले प्ल्याटफर्म प्रयोग गर्दै छन ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।