logo

नेपालका लागी डेनमार्कको वाणिज्यदुतमा धरेल नियुक्त

    6524   पटक पढिएको

१४ कात्र्तिक / अर्थ र व्यापार- बरिष्ठ पर्यटन व्यवसायि हरि प्रसाद धरेल नेपालका लागी डेनमार्कको अवैतनिक वाणिज्यदुत नियुक्त भएका छन । धरेल नोभेम्बर १ देखि लागु हुने गरि वाणिज्यदुत नियुक्त भएका हुन । धरेल हाईल्याण्डर ट्रेक्स एण्ड एक्सपिडिसन प्रा.लि,हिमालयन ट्रेल्स एड्भेञ्चर ट्राभल एण्ड टुर्स प्रा.लि, तथा होटल हाईल्याण्डर ईनका प्रबन्ध निर्देशक हुन ।

नेपाल र डेनमार्क विच विगत ५० वर्ष देखि कुटनितिक र व्यवसायिक सम्बन्ध रहेको धरेलले वताए । धरेलको विगत तीस वर्ष देखि डेनमार्क संग सम्बन्ध रहँदै आएको छ । परराष्ट्र मन्त्रालयले केहि दिन पछि एक औपचारिक कार्यक्रमको आयोजना गरि धरेललाई अवैतनिक वाणिज्यदुत नियुक्त गर्ने जनाईएको छ ।

नेपाल र डेनमार्क विच व्यवसायिक सम्बन्ध विस्तार,दुई देशका व्यवसायिहरु विच सम्बन्ध विस्तार लगायतका विषयमा आँफुले सक्दो पहल गर्ने धरेलले अर्थ र व्यापारलाई वताए । डेनमार्कवाट वार्षिक करिव सात हजार पर्यटक नेपाल आउने गरेको तथ्यांक छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।