logo

सरकारले कोभिड प्रभावित उद्योगलाई राहत दिने, अध्ययन प्रश्नावली तयार

    1848   पटक पढिएको


१८ कात्तिक/अर्थ र व्यापार– सरकारले कोभिड–१९ बाट प्रभावित उद्योगलाई राहत दिने भएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले कोभिडबाट प्रभावित उद्योगलाई राहत दिन अध्ययन गर्न लागेको हो । मन्त्रालयले साना, मझौला र ठूला गरी सबै प्रकारका उद्योगका लागि अध्ययन प्रश्नावली समेत तयार पारेको छ ।

प्रश्नावलीमा बन्दाबन्दीको समयदेखि हालसम्म कति समय उद्योग संचालनमा रह्यो? उद्योगको उत्पादनमा के कति प्रतिशतले गिरावट आयो? कोभिडले उद्योगका कच्चा पदार्थ र उत्पादनमा के कस्तो असर परयो? भन्ने लगायतका प्रश्नावली रहेको मन्त्रालयले जनाएको छ ।

प्रश्नावलीमा उद्योगीहरुले आफ्नो उद्योगमा कोभिडले पारेको प्रभाव सहितका उत्तर लेखेर पठाउनुपर्नेछ ।

मन्त्रालयका प्रवक्ता नारायणप्रसाद रेग्मीले कोभिडबाट प्रभावित उद्योगहरुको अवस्था हेरेर राहत नीति तर्जुमा गर्न अध्ययन गरेकोे बताए ।

प्रवक्ता रेग्मीले अध्ययनले कोभिड प्रभावित उद्योगलाई कुन किसिमको राहत उपलब्ध गराउने तथा राहत आवश्यक पर्ने, नपर्ने विषय टुंग्याउने बताए । 


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।