logo

जनरल इन्स्योरेन्स कम्पनीको खुद नाफा १ करोड २९ लाख पुग्यो

    1543   पटक पढिएको

३ फागुन /अर्थ र व्यापार- जनरल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ५ करोड १५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । चालू आवको तीन महिना अवधिमा एक करोड ४७ लाख खुद बीमाशुल्क संकलन गरेको थियो । यस्तै कम्पनीले पुनर्बीमा कमिशन आयबाट एक करोड ३२ लाख, लगानी, कर्जा तथा अन्य आयबाट एक करोड ७२ लाख गरी जम्मा ८ करोड २६ लाख रुपैयाँ आम्दानी गरेको छ ।

यस अवधिमा कम्पनीले खुद दाबी भुक्तानी १२ लाख १४ हजार, अभिकर्ता कमिशन २१ लाख ४ हजार, खुद सेवा शुल्क ५ लाख १५ हजार र व्यवस्थापनको खर्च बापत ३ करोड ५ लाख गरि कूल ७ करोड ९९ लाख रुपैयाँ खर्च गरेको गरेको छ । पुस मसान्तसम्म कम्पनीको खुद नाफा एक करोड २९ लाख पुगेका छ । यस अवधिमा कम्पनीले २ करोड ३७ लाख रुपैयाँ आम्दानी गरि एक करोड ७ लाख खर्च गरेको हो ।चालू आवको प्रथम त्रैमासमा ५२ लाख ३६ हजार रहेको थियो । ७० करोड चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा एक करोड ५२ लाख, बीमा कोषमा एक करोड ६९ लाख र महा विपत्ती जगेडामा १६ लाख ९३ हजार रुपैयाँ सञ्चित छ ।

यस अवधिमा कम्पनीले ८ हजार ९८० वटा बीमालेख जारी गरी १० अर्ब ८१ करोड ६५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । ४० वटा दाबी वापत कम्पनीले १७ करोड ७८ लाख रुपैयाँ भुक्तानी गरेको छ भने ४२ वटा दाबी वावापत परेको ७४ करोड ३४ लाख भुक्तानी गर्न बाँकी छ । यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ६९ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १०४ रुपैयाँ ६० पैसा र प्रतिशेयर कूल सम्पत्तिको मूल्य २१२ रुपैयाँ ७० पैसा छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।