logo

आर्थिक मार्गचित्र बदल्नु अबको दायित्व  ः प्रचण्ड

    2372   पटक पढिएको

१ चैत्र/ अर्थ र व्यापार- पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी (केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आफुलाई टुरिष्ट नेताको रुपमा चित्रण गरेका छन् । ‘म आफुलाई टुरिष्ट नेताको रुपमा ठान्छु’ विहिबार गन्तव्य नेपालद्धारा आयोजित टुरिजम विजनेस अवार्ड कार्यक्रमलाई समबोधन गर्दै प्रचण्डले भने ‘म प्रधानमन्त्री हुँदा र नहुँदा पनि अलिकति समय निस्किने वित्तिकै नेपालको सुन्दर ठाउँहरुको भ्रमण गरेर त्यसलाई विकासको सम्भावना, पर्यटन विकाससँग जोड्ने कोसिस गरेको छु र आफुले पर्यटनको आनन्द उठाउने हिसाबले गर्ने गरेको छु ।’ 

टुरिजम विजनेश अवार्ड कार्यक्रमले मुलुकको आर्थिक सम्बृद्धिलाई अघि बढाउन महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै उनले नेपालमा राजनितिक मार्गचित्र बदलिएको र अब आर्थिक मार्गचित्र बदल्ने काम बाँकी रहेको बताए । भिजन भएको नेतृत्वलाई  जनताको साथ आवश्यक रहेको पनि बताए । आर्थिक सम्बृद्धिको महत्वपूर्ण पक्ष पर्यटन भएकोले सबै एकजुट भएर अघि बढ्नुपर्नेमा प्रचण्डको जोड थियो । 

पूर्वमन्त्री तथा सांसद नेता अग्नि प्रसाद सापकोटाले वाम गठबन्धनले नेपालमा ५० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य राखेको र त्यसलाई सम्भव तुल्याउन आफुहरु लागिपरेको बताए । राजनीतिक अस्थिरताका कारण यसअघि त्यो सम्भव नभएको र अहिले मुलुकमा राजनीतिक स्थिरता भइसकेकाले त्यो सम्भव हुने भनाइ उनको थियो । 

पूर्व पर्यटनमन्त्री आनन्द प्रसाद पोखरेलले नेपाल बुद्धको जन्मभुमि मात्र नभएर बौद्ध दर्शनकै उद्गमस्थल भएकोले नेपाललाई बौद्ध दर्शनको उद्गम स्थलका रुपमा प्रचार–प्रसार गर्न सके विश्वभरका बौद्ध धर्मवालम्बीहरु नेपाल आउने र त्यसकै माध्यमबाट पर्यटन विकास सम्भव तुल्याउन सकिने बताए ।  नेपाली कांग्रेसका नेता बहादुर सिंह लामाले नेपालमा पर्यटन क्षेत्रको विकासका लागि पूर्वधार विकाससँगै प्रवद्र्धनको स्पष्ट कार्ययोजना बनाउनुपर्नेमा जोड दिए । 

सो अवसरमा पर्यटनसँग समबन्धित विभिन्न विधाबाट योगदान पु¥याउने व्यक्तित्वहरुलाई टुरिजम विजनेश अवार्डबाट सम्मानित गरिएको थियो । यसरी सम्मानित हुनेहरुमा ट्रेकिङ विधाबाट प्रज्ञा शर्मा, पम्फा धमला, जिम्बाजाम्बु शेर्पा, राजन शिंखडा, तिलक बहादुर थापा र दावाछिरी शेर्पा रहेको छन् भने ट्राभल विधाबाट टासी गुरुङ, दिपेन्द्र कुमार घिमिरे, कमला गुरुङ, रहेका छन् । 

त्यसै गरी ट्राभल विधाबाट सुभाष भण्डारी (पोखरा) रहेका छन् । होटलबाट योग राज श्रेष्ठ र दामोदर ढकाल, विकेन बोगटी (चितवन) रहेका छन् । त्यस्तै राफ्टिङबाट चन्द्रबहादुर दाहाल, भेइकलबाट मनोज कुमार श्रेष्ठ र रमेश गौतम छन् भने रेष्टुरेन्ट विधाबाट प्रतिष्ठा अमात्य विष्ठ, क्लब तथा लञ्चबाट शमिर गुरुङ, दावा तामाङ, थाङका विधाबाट ली याउ वीई र रामबहादुर लामा रहेका छन् । संघ संस्थाबाट गीता गुरुङ स्पाबाट भुवनेश्वर फाइजु, जेम्सबाट वर्कत उल्लाहा रहेका छन् । 
सोही अवसरमा गन्तव्य नेपालले गन्तव्य नेपाल पत्रकारिता पुरस्कारबाट राजधानी दैनिकका मधुजंग पाण्डे र कलाकारिता विधाबाट चर्चित गायिका रानु निरौलालाई सम्मानित गरिएको थियो । यसैबीच, गन्तव्य नेपालले आफ्नो गुडविल एम्बेस्डरको रुपमा नेपाल पर्यटक यातायात व्यवसायी संघका केन्द्रीय अध्यक्ष रामशरण कार्कीलाई मनोनयन गरिएको छ । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।