logo

आर्थिक मार्गचित्र बदल्नु अबको दायित्व  ः प्रचण्ड

    2056   पटक पढिएको

१ चैत्र/ अर्थ र व्यापार- पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी (केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आफुलाई टुरिष्ट नेताको रुपमा चित्रण गरेका छन् । ‘म आफुलाई टुरिष्ट नेताको रुपमा ठान्छु’ विहिबार गन्तव्य नेपालद्धारा आयोजित टुरिजम विजनेस अवार्ड कार्यक्रमलाई समबोधन गर्दै प्रचण्डले भने ‘म प्रधानमन्त्री हुँदा र नहुँदा पनि अलिकति समय निस्किने वित्तिकै नेपालको सुन्दर ठाउँहरुको भ्रमण गरेर त्यसलाई विकासको सम्भावना, पर्यटन विकाससँग जोड्ने कोसिस गरेको छु र आफुले पर्यटनको आनन्द उठाउने हिसाबले गर्ने गरेको छु ।’ 

टुरिजम विजनेश अवार्ड कार्यक्रमले मुलुकको आर्थिक सम्बृद्धिलाई अघि बढाउन महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै उनले नेपालमा राजनितिक मार्गचित्र बदलिएको र अब आर्थिक मार्गचित्र बदल्ने काम बाँकी रहेको बताए । भिजन भएको नेतृत्वलाई  जनताको साथ आवश्यक रहेको पनि बताए । आर्थिक सम्बृद्धिको महत्वपूर्ण पक्ष पर्यटन भएकोले सबै एकजुट भएर अघि बढ्नुपर्नेमा प्रचण्डको जोड थियो । 

पूर्वमन्त्री तथा सांसद नेता अग्नि प्रसाद सापकोटाले वाम गठबन्धनले नेपालमा ५० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य राखेको र त्यसलाई सम्भव तुल्याउन आफुहरु लागिपरेको बताए । राजनीतिक अस्थिरताका कारण यसअघि त्यो सम्भव नभएको र अहिले मुलुकमा राजनीतिक स्थिरता भइसकेकाले त्यो सम्भव हुने भनाइ उनको थियो । 

पूर्व पर्यटनमन्त्री आनन्द प्रसाद पोखरेलले नेपाल बुद्धको जन्मभुमि मात्र नभएर बौद्ध दर्शनकै उद्गमस्थल भएकोले नेपाललाई बौद्ध दर्शनको उद्गम स्थलका रुपमा प्रचार–प्रसार गर्न सके विश्वभरका बौद्ध धर्मवालम्बीहरु नेपाल आउने र त्यसकै माध्यमबाट पर्यटन विकास सम्भव तुल्याउन सकिने बताए ।  नेपाली कांग्रेसका नेता बहादुर सिंह लामाले नेपालमा पर्यटन क्षेत्रको विकासका लागि पूर्वधार विकाससँगै प्रवद्र्धनको स्पष्ट कार्ययोजना बनाउनुपर्नेमा जोड दिए । 

सो अवसरमा पर्यटनसँग समबन्धित विभिन्न विधाबाट योगदान पु¥याउने व्यक्तित्वहरुलाई टुरिजम विजनेश अवार्डबाट सम्मानित गरिएको थियो । यसरी सम्मानित हुनेहरुमा ट्रेकिङ विधाबाट प्रज्ञा शर्मा, पम्फा धमला, जिम्बाजाम्बु शेर्पा, राजन शिंखडा, तिलक बहादुर थापा र दावाछिरी शेर्पा रहेको छन् भने ट्राभल विधाबाट टासी गुरुङ, दिपेन्द्र कुमार घिमिरे, कमला गुरुङ, रहेका छन् । 

त्यसै गरी ट्राभल विधाबाट सुभाष भण्डारी (पोखरा) रहेका छन् । होटलबाट योग राज श्रेष्ठ र दामोदर ढकाल, विकेन बोगटी (चितवन) रहेका छन् । त्यस्तै राफ्टिङबाट चन्द्रबहादुर दाहाल, भेइकलबाट मनोज कुमार श्रेष्ठ र रमेश गौतम छन् भने रेष्टुरेन्ट विधाबाट प्रतिष्ठा अमात्य विष्ठ, क्लब तथा लञ्चबाट शमिर गुरुङ, दावा तामाङ, थाङका विधाबाट ली याउ वीई र रामबहादुर लामा रहेका छन् । संघ संस्थाबाट गीता गुरुङ स्पाबाट भुवनेश्वर फाइजु, जेम्सबाट वर्कत उल्लाहा रहेका छन् । 
सोही अवसरमा गन्तव्य नेपालले गन्तव्य नेपाल पत्रकारिता पुरस्कारबाट राजधानी दैनिकका मधुजंग पाण्डे र कलाकारिता विधाबाट चर्चित गायिका रानु निरौलालाई सम्मानित गरिएको थियो । यसैबीच, गन्तव्य नेपालले आफ्नो गुडविल एम्बेस्डरको रुपमा नेपाल पर्यटक यातायात व्यवसायी संघका केन्द्रीय अध्यक्ष रामशरण कार्कीलाई मनोनयन गरिएको छ । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।