logo

अन्तत: प्रदेश ३ को स्थायी राजधानी हेटौँडा, प्रस्तावको पक्षमा १०५ मत, विपक्षमा ३ जना मात्रै

    1119   पटक पढिएको

२७ पुष / अर्थ र व्यापार - प्रदेश ३ को राजधानी हेटौँडा कायम भएको छ। आइतबार प्रदेशसभामा भएको मतदानमा दुई तिहाई मतसहित हेटौँडा राजधानी कायम भएको हो।

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले हेटौँडालाई राजधानी कायम गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए। प्रस्तावमा मत विभाजन हुँदा हेटौँडाको पक्षमा दुई तिहाई पुगेको हो।

प्रस्तावको पक्षमा १०५ मत  र विपक्षमा ३ मत परेको छ। प्रदेशसभामा कायम ११० सदस्यमध्ये मतदानमा १०८ जना सहभागी थिए।  पक्षमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा), नेपाली कांग्रसको समर्थन थियो।

प्रस्तावको विपक्षमा विवेकशील पार्टी मात्रै उभियो। विवेकशीलले काभ्रेलाई राजधानी बनाइयोस् भन्ने प्रस्ताव सभामा पेश गरेका थिए। प्रस्ताव दुई तिहाइले अस्वीकृत भयो। 

प्रदेशसभा गठन भएको दुई वर्षपछि स्थायी राजधानी तोकिएको हो। अब प्रदेश १, २ र ५ ले स्थायी राजधानी र नाम टुंगो लगाउन बाँकी छ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।