logo

फेक रेस्क्युमा संलग्नहरुमाथि कार्वाहीको तयारी

ठगी र अकुत सम्पत्ति आर्जनको मुद्दा चलाईने

    4042   पटक पढिएको

३० ज्येष्ठ  / अर्थ र व्यापार- नेपालको विभिन्न स्थानमा पदयात्रा तथा पर्वतारोहणमा जाने पर्यटकहरुको उद्धारको नाममा ठगी गर्नेहरुमाथिको कार्वाही अन्तिम चरणमा पुगेको जानकारी अर्थ र व्यापारलाई प्राप्त भएको छ । नेपाल घुम्न आउने पर्यटकलाई दूषित खाना दिई बिरामी बनाएर हेलिकप्टरमार्फत फर्जी उद्धार र उपचार गर्ने केही एजेन्सीले हेलिकप्टर कम्पनी तथा अस्पतालसँग मिलेर विदेशी बिमा कम्पनीबाट वर्षौंदेखि करोडौं रुपैयाँ असुल्ने धन्दा चलाएपछि संस्कृति,पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयले यस सम्बन्धमा अनुसन्धान गर्न आयोग गठन गरेको थियो ।

संस्कृति,पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायको संयोजकत्वमा गठित कार्यदलले दिएको सुझाव पर्यटन मन्त्रालयले थप अनुसन्धान र कार्वाहीका लागि प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय लगायत नेपाल प्रहरीको महानगरीय आयुक्त कार्यालय, राजस्व अनुसन्धान विभाग, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो, नागरिक उड्ड््यन प्राधिकरणलाई सम्बन्धित क्षेत्राधिकारभित्र पर्ने एजेन्सीलाई कारबाही गर्न निर्देशन दिएको थियो ।

पछिल्लो समय गत पुष महिनादेखि आयोगको सुझावमा केन्द्रित रहेर नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्युरो र सम्पति शुद्धिकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको जानकारी प्राप्त भएको छ । व्युरो र विभागले फर्जी बिरामी तथा बिल बनाई उद्धारमा संलग्न हुने कम्पनीहरुमा छापा मारेर र अन्य कागजात झिकाएर गरेको अनुसन्धानवाट  तीनवटा हेलिकोप्टर कम्पनी, चार वटा अस्पताल र आठ वटा ट्राभल / ट्रेकिङ र तीन रेस्क्यु कम्पनीलाई दोषी ठहरी गरि कार्वाहीको सिफारिस गरेको गृह मन्त्रालय स्रोतले अर्थ र व्यापारलाई वतायो । 

त्यसबाहेक आयोगको प्रतिवेदनमा उल्लेख गरिएका केहि हस्पिटल, ट्रेकिङ/ ट्राभलहरुले भने उन्मुक्ति पाएको बुझिएको छ । दोषिहरु माथि ठगी र अकुत सम्पत्ति आर्जनको मुद्दा चलाईने स्रोतले अर्थ र व्यापारलाई वतायो ।

पछिल्लो समय फेक रेस्क्युमा संलग्नहरुमाथि कार्वाही गर्ने अडान लिएका तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाको सरुवा र तत्कालिन पर्यटन मन्त्री रवन्द्र अधिकारीको निधन भएपश्चात फेक रेस्क्युमा संलग्नहरु माथिको अनुसन्धान प्रभावित हुन्छ कि भन्ने आशंका पर्यटन क्षेत्रमा व्याप्त थियो । तर व्युरो र विभागको अनुसन्धानले कार्वाहीको अन्तिम चरणमा पुगेको अनुसन्धानमा संलग्न एक अधिकारीले अर्थ र व्यापारलाई वताए ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।