logo

फेक रेस्क्युमा संलग्नहरुमाथि कार्वाहीको तयारी

ठगी र अकुत सम्पत्ति आर्जनको मुद्दा चलाईने

    4421   पटक पढिएको

३० ज्येष्ठ  / अर्थ र व्यापार- नेपालको विभिन्न स्थानमा पदयात्रा तथा पर्वतारोहणमा जाने पर्यटकहरुको उद्धारको नाममा ठगी गर्नेहरुमाथिको कार्वाही अन्तिम चरणमा पुगेको जानकारी अर्थ र व्यापारलाई प्राप्त भएको छ । नेपाल घुम्न आउने पर्यटकलाई दूषित खाना दिई बिरामी बनाएर हेलिकप्टरमार्फत फर्जी उद्धार र उपचार गर्ने केही एजेन्सीले हेलिकप्टर कम्पनी तथा अस्पतालसँग मिलेर विदेशी बिमा कम्पनीबाट वर्षौंदेखि करोडौं रुपैयाँ असुल्ने धन्दा चलाएपछि संस्कृति,पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयले यस सम्बन्धमा अनुसन्धान गर्न आयोग गठन गरेको थियो ।

संस्कृति,पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायको संयोजकत्वमा गठित कार्यदलले दिएको सुझाव पर्यटन मन्त्रालयले थप अनुसन्धान र कार्वाहीका लागि प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय लगायत नेपाल प्रहरीको महानगरीय आयुक्त कार्यालय, राजस्व अनुसन्धान विभाग, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो, नागरिक उड्ड््यन प्राधिकरणलाई सम्बन्धित क्षेत्राधिकारभित्र पर्ने एजेन्सीलाई कारबाही गर्न निर्देशन दिएको थियो ।

पछिल्लो समय गत पुष महिनादेखि आयोगको सुझावमा केन्द्रित रहेर नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्युरो र सम्पति शुद्धिकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको जानकारी प्राप्त भएको छ । व्युरो र विभागले फर्जी बिरामी तथा बिल बनाई उद्धारमा संलग्न हुने कम्पनीहरुमा छापा मारेर र अन्य कागजात झिकाएर गरेको अनुसन्धानवाट  तीनवटा हेलिकोप्टर कम्पनी, चार वटा अस्पताल र आठ वटा ट्राभल / ट्रेकिङ र तीन रेस्क्यु कम्पनीलाई दोषी ठहरी गरि कार्वाहीको सिफारिस गरेको गृह मन्त्रालय स्रोतले अर्थ र व्यापारलाई वतायो । 

त्यसबाहेक आयोगको प्रतिवेदनमा उल्लेख गरिएका केहि हस्पिटल, ट्रेकिङ/ ट्राभलहरुले भने उन्मुक्ति पाएको बुझिएको छ । दोषिहरु माथि ठगी र अकुत सम्पत्ति आर्जनको मुद्दा चलाईने स्रोतले अर्थ र व्यापारलाई वतायो ।

पछिल्लो समय फेक रेस्क्युमा संलग्नहरुमाथि कार्वाही गर्ने अडान लिएका तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाको सरुवा र तत्कालिन पर्यटन मन्त्री रवन्द्र अधिकारीको निधन भएपश्चात फेक रेस्क्युमा संलग्नहरु माथिको अनुसन्धान प्रभावित हुन्छ कि भन्ने आशंका पर्यटन क्षेत्रमा व्याप्त थियो । तर व्युरो र विभागको अनुसन्धानले कार्वाहीको अन्तिम चरणमा पुगेको अनुसन्धानमा संलग्न एक अधिकारीले अर्थ र व्यापारलाई वताए ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।