logo

निर्वाचनपछि पक्ष–विपक्ष सकियो, 'अब एकजुट भएर निजी क्षेत्रको आवाज उठाउँछौं’: चन्द्र ढकाल

    1696   पटक पढिएको

१४ मंसिर/अर्थ र व्यापार– नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्वाचित भएका छन्।

महासंघको शनिबार भएको ५४औं वार्षिक साधारणसभाबाट ढकाल निर्वाचित भएका हुन् । ढकालका प्रतिस्पर्धी किशोरकुमार प्रधान थिए ।

महासंघको वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएपछि संञ्चारकर्मीहरुसंग कुरा गर्दै ढकालले निर्वाचनपछि पक्ष–विपक्ष सकिएको बताएका छन् ।

ढकालले आफुले पहिलानै १३ गते (शनिबार) निर्वाचनपछि पक्ष–विपक्षको अन्त्य हुने भनेको भन्दै अब सकैजना एकजुट भएर निजी क्षेत्रको आवाज उठाउने बताए । उनले आफ्नो अध्यक्ष शेखर गोल्छा नै भएको बताए ।

ढकालले व्यवसायिक गतिविधि बढाएर मुलुकको आर्थिक समृद्धितर्फ लाग्ने धारणा राखे । उनले आफूले उठाएको २५ बुँदे कार्यक्रम ‘भिजन २०२५’ लाई समेत अगाडि बढाउँदै ती मुद्दा समाधानका लागि सरकारका निकायसँग एडभोकेसी गर्ने पनि बताए ।

ढकालले सबै क्षेत्रको प्रतिनिधित्व गर्दै आफू निर्वाचनमा होमिएको बताउँदै सबैको मुद्दालाई साकार बनाउन लाग्ने समेत प्रतिबद्धता जनाए । उनले आफ्ना प्रतिस्पर्धी किशोरकुमार प्रधानलाई संकेत गर्दै आदरणीय किशोर दाइ र मैले दिउँसो सँगसँगै भोट मागेका थियौं। अब मत परिणाम मेरो पक्षमा आए पनि हामी एकै ठाउँमा रहेर काम गर्ने बताए ।

महासंघको ५४औं वार्षिक साधारणसभामा ढकाल र प्रधान समूह दुई प्यानल बनाएर निर्वाचनमा होमिएका थिए। वरिष्ठ उपाध्यक्षमा शेखर गोल्छाले प्रधान समूहलाई समर्थन गरेका थिए ।

गोल्छा आइतबारदेखि स्वतः अध्यक्ष भइसकेका छन् । शेखर गोल्छापछि महासंघको नेतृत्व अब ढकालले गर्ने निश्चित भएको छ ।

आइतबार बिहानका राति सार्वजनिक भएको मतपरिणाम अनुसार विजयी भएका ढकालले एसोसिएटमा ५२२, वस्तुगतमा ५९ तथा जिल्ला नगरमा ५२ मत पाएका छन् ।

उनका प्रतिस्पर्धी प्रधानले भने एसोसिएटमा ३७५, वस्तुगतमा ३९ र जिल्ला– नगरमा ५३ मत पाए ।
महासंघ चुनावमा वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्षसहित कुल ६३ पदका लागि १२७ उम्मेदवार चुनावी मैदानमा थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।