logo

डेपुटी गभर्नर श्रेष्ठमाथि सम्पति शुद्धिकरणतर्फबाट पनि छानबिन 

    1165   पटक पढिएको

२० कात्तिक / अर्थ र व्यापार

सम्पति शुद्धिकरण अनुसन्धान विभागको सिफारिसमा सरकारले डेपुटी गभर्नर शिवराज श्रेष्ठमाथि छानबिन गर्न बनाएको समितिले काम सुरु गरेको छ । समितिले सम्पति शुद्धिकरण विभागसँग पनि सहकार्य गरेर अनुसन्धान थालेको हो ।अब श्रेष्ठमाथि ’कालो धन’ बारे पनि छानिबन हुनेछ । 

श्रेष्ठ डेपुटी गभर्नर भएको केही महिनादेखि नै उनी विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग र विभागमा उजुरी पर्दै आएको थियो । खासगरी राष्ट्र बैंकभित्रैका कर्मचारीहरुले उनी माथि उजुरबाजुर गर्दै आएका थिए ।

उजुरीका बारेमा छलफल गर्न बेलाबखत अख्तियारले श्रेष्ठलाई बोलाउने गरेको थियो । तर, अख्तियारले उनी बारेमा थप अनुसन्धान भने गरेको थिएन ।

सम्पति शुद्धिकरणले भने उजुरीको खात लागेपछि अनुसन्धान थालेको थियो। स्रोतहरुका अनुसार, अर्थमन्त्री डा. युवराज खतिवडाको चाहनामा अहिले विभागले श्रेष्ठमाथि अनुसन्धान थालेको हो ।
विभाग अर्थमन्त्रालयबाट सरेर प्रधानमन्त्री कार्यालय अन्तर्गत पुगेको छ । अर्थमन्त्रीको चाहनामा विभागले प्रधानमन्त्री कार्यालयमा छानबिनका लागि अनुरोध गरेको थियो। सम्पति शुद्धिकरण बाहेकका आरोपको ठेली भने अर्थमन्त्री खतिवडाले मन्त्रिपरिषद् पुर्याएका थिए । त्यसैका आधारमा मन्त्रीपरीषद्ले राष्ट्र बैंकलाई छानबिन गर्न भनेपछि संचालक श्रीराम पौडेलको संयोजकत्वमा रामजी रेग्मी र सुवोध कुमार कर्णको समिति बनाइएको छ ।

सरकारले श्रेष्ठमाथि सम्पति शुद्धिकरणबाहेक अन्य तीन आरोप लगाएको छ। पदीय आचरण अनुकुल काम नगरेको, बैंक तथा मुलुकको वित्तीय प्रणालीलाई प्रभावित पार्ने काम गरेको र फर्जी कागज तयार पारी अनधिकृत सुविधा लिएको आरोप लगाइएको छ। श्रेष्ठले भने आफूलाई आगामी गभर्नर बन्न नदिने षड्यन्त्र भएको बताएका छन्।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।