logo

डेपुटी गभर्नर श्रेष्ठमाथि सम्पति शुद्धिकरणतर्फबाट पनि छानबिन 

    1464   पटक पढिएको

२० कात्तिक / अर्थ र व्यापार

सम्पति शुद्धिकरण अनुसन्धान विभागको सिफारिसमा सरकारले डेपुटी गभर्नर शिवराज श्रेष्ठमाथि छानबिन गर्न बनाएको समितिले काम सुरु गरेको छ । समितिले सम्पति शुद्धिकरण विभागसँग पनि सहकार्य गरेर अनुसन्धान थालेको हो ।अब श्रेष्ठमाथि ’कालो धन’ बारे पनि छानिबन हुनेछ । 

श्रेष्ठ डेपुटी गभर्नर भएको केही महिनादेखि नै उनी विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग र विभागमा उजुरी पर्दै आएको थियो । खासगरी राष्ट्र बैंकभित्रैका कर्मचारीहरुले उनी माथि उजुरबाजुर गर्दै आएका थिए ।

उजुरीका बारेमा छलफल गर्न बेलाबखत अख्तियारले श्रेष्ठलाई बोलाउने गरेको थियो । तर, अख्तियारले उनी बारेमा थप अनुसन्धान भने गरेको थिएन ।

सम्पति शुद्धिकरणले भने उजुरीको खात लागेपछि अनुसन्धान थालेको थियो। स्रोतहरुका अनुसार, अर्थमन्त्री डा. युवराज खतिवडाको चाहनामा अहिले विभागले श्रेष्ठमाथि अनुसन्धान थालेको हो ।
विभाग अर्थमन्त्रालयबाट सरेर प्रधानमन्त्री कार्यालय अन्तर्गत पुगेको छ । अर्थमन्त्रीको चाहनामा विभागले प्रधानमन्त्री कार्यालयमा छानबिनका लागि अनुरोध गरेको थियो। सम्पति शुद्धिकरण बाहेकका आरोपको ठेली भने अर्थमन्त्री खतिवडाले मन्त्रिपरिषद् पुर्याएका थिए । त्यसैका आधारमा मन्त्रीपरीषद्ले राष्ट्र बैंकलाई छानबिन गर्न भनेपछि संचालक श्रीराम पौडेलको संयोजकत्वमा रामजी रेग्मी र सुवोध कुमार कर्णको समिति बनाइएको छ ।

सरकारले श्रेष्ठमाथि सम्पति शुद्धिकरणबाहेक अन्य तीन आरोप लगाएको छ। पदीय आचरण अनुकुल काम नगरेको, बैंक तथा मुलुकको वित्तीय प्रणालीलाई प्रभावित पार्ने काम गरेको र फर्जी कागज तयार पारी अनधिकृत सुविधा लिएको आरोप लगाइएको छ। श्रेष्ठले भने आफूलाई आगामी गभर्नर बन्न नदिने षड्यन्त्र भएको बताएका छन्।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।