logo

आजदेखि काठमाडौं उपत्यकासहित देशैभर सहुलियत पसल सञ्चालनमा आउने

    1936   पटक पढिएको


१५ असोज/अर्थ र व्यापार– सरकारले दसैंतिहार र छठलाई लक्षित गर्दै काठमाडौं उपत्यकामा सहुलियत पसल सञ्चालनमा ल्याउने भएको छ ।  

खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनले सहुलियत पसल संचालन गर्दै अत्यावश्यक खाद्य वस्तु बजार भाउ भन्दा २० रुपैयाँसम्म सस्तोमा बिक्री गर्ने भएको छ ।

सहुलियत पसल उपत्यकासहित देशभरका ४९ स्थानबाट सहुलियत छुटमा अत्यावश्यक खाद्यान्न बिक्री गरिनेछ ।

उपत्यकाभित्र कालिमाटी, सिंहदरबार, सतुगंल, कोटेश्वर, टेकु, ललितपुर, थापाथली, नख्खु, प्रयागपोखरी र जावलाखेलमा सहुलियत पसल संचालन हुनेछ । 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले वर्षेनी खाद्य कम्पनी र साल्ट ट्रेडिङलाइ सहुलियत पसल संचालनका लागि अनुदान दिने गर्छ । 

सहुलियत पसलमा उपभोक्ताले बजार भाउ भन्दा करिब २० रुपैंयाले सस्तोमा चिनी किन्न सक्नेछन् । बजारमा अहिले चिनी प्रति किलो ९० रुपैयाँमा बिक्री भइरहेको छ । सुहलिएत पसलबाट प्रति किलो ७० रुपैयाँमा किन्न पाइनेछ । 

बजारमा नुन किलोको २२ रुपैयाँमा बिक्री भइरहेको छ । सहुलियत पसलमा नुन किलोको १८ रुपैयाँमा तोकिएको छ । 

सहुलियत पसलमा दाल, चामल, केराउ फापरमा किलोमा पाँच रुपैयाँ छुट पाईने छ । खाद्यले बिक्री गर्ने खसी र च्याङग्रा समेत प्रतिकिलो १० रुपैयाँ छुट दिने निर्णय भएको छ ।

खाद्यले उपत्यकामा तीन हजार खसी र च्याङग्रा ल्याएर बिक्री गर्दैछ । 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।