logo

टानको महासचिवमा दामोदर ढकालले उम्मेदवारी दिने, नितिगत विषयमा लविईङ गर्ने मुख्य एजेण्डा

    2763   पटक पढिएको

२९ श्रावण / अर्थ र व्यापार- ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल (टान) को आगामी भाद्र २० (सेप्टेम्वर ६) का दिन आयोजना हुने निर्वाचनमा मिसन नेपाल होलिडेज प्रा.लि.का प्रबन्ध निर्देशक तथा सफल युवा पर्यटन व्यवसायी दामोदर ढकालले महासचिव पदमा उम्मेदवारी दिने वताएका छन । “टानको अवस्था गतिशिल देखिँदैन, यसप्रति व्यवसायीहरुको विश्वास घट्दै गएको छ, त्यसलाई उकास्न नै मैले टानको महासचिव पदमा उम्मेदवारी दिने सोच वनाएको हुँ”–महासचिव पदका आकांक्षी ढकालले अर्थ र व्यापारलाई वताए ।

विं.सं. २०५३ सालवाट नेपालको पर्यटन व्यवसायमा प्रवेश गरेका ढकालले स्नातक सम्मको अध्ययन पुरा गरेका छन । टानले हाल ठूला र साना दुवै थरिका पदयात्रा पर्यटन व्यवसायीहरुको आवश्यकता र चाहना अनुसार सरकारसंग लविईङ र व्यवसायको हितका पक्षमा काम गर्न आवश्यक रहेको त्यसका लागी आँफु सक्षम रहेको उनले वताए । आँफुलाई पदयात्रा पर्यटन क्षेत्रका अग्रज,पूर्वअध्यक्षहरु र समकालिन र युवा व्यवसायीहरुले समेत टानमा गएर व्यवसाय र व्यवसायीको पक्षमा काम गर्न सुझाव दिएको उनले वताए ।

“यसभन्दा अघिल्लो निर्वाचनमा पनि धेरै साथीहरुले टानमा जान सुझाव दिनुभएको थियो तर अन्य आकांक्षी साथीहरुलाई मैले छोडेको थिएँ”–त्यसैले पनि यसपटक टानमा गएर व्यवसाय र व्यवसायीको हितमा काम गर्ने सोच वनाएको उनले वताए । 

के छन त एजेण्डा ?

टानको महासचिव पदका आकांक्षी ढकालले टिम्सलाई एकद्वार प्रणालीवाट लागु गर्न सके धेरै समस्यको समाधान हुने वताउँछन । टिम्सका सम्बन्धमा आवश्यक लविईङ र विशेष पहलले मात्र यो समस्या समाधान हुने उनको बुझाई छ । यसअघिका कतिपय कार्यसमितिमा अध्यक्ष,पदाधिकारी र सदस्यहरु विचमा नै मत बाझिएका कारण पनि समस्या समाधा हुन नसकेको उनको बुझाई छ । अवको कार्यकालमा त्यस्तो हुन नहुने उनको अपेक्षा छ । 

“टान सचिवालय लथालिङ हिसावले चलेको जस्तो देखिन्छ,त्यसको सहि व्यवस्थापन पनि आजको प्रमुख जिम्मेवारी हो”–त्यसलाई व्यवस्थापन गर्न सक्षम छु भन्ने लाग्छ,ढकालले भने ।

नेपालको पदयात्रा पर्यटन क्षेत्र मौलिक किसिमको व्यवसाय रहेको ढकालको बुझाई छ । सरकारले ल्याउने कतिपय अव्यवहारिक निति,नियम यो क्षेत्रका लागी उपयुक्त नहुने भएकोले सरकारसंग आवश्यक लविईङमा टान नेतृत्वले ध्यान दिनुपर्ने उनले वताए ।“हालै मात्र आएको पोर्टरले पनि प्यान विल दिनुपर्ने जस्ता विषय व्यवाहारिक रुपमा सम्भव छैन,यसमा टानले सरकारलाई यस व्यवसायको प्रकृति र विशेषतावारेमा बुझाउन आवश्यक छ”–यसका लागी पहल गर्नुपर्छ भन्ने उनलाई लाग्छ ।
त्यसवाहेक नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न टानले ल्याउनुपर्ने र सरकारलाई दिनुपर्ने आवश्यक सुझाव र समन्वयका लागी पनि आँफु उपयुक्त पात्र रहेको ढकालले वताए ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।