logo

गुणस्तरका हिसावले कन्ट्रोल अन्तर्राष्ट्रिय स्तरको छ

सुबोध कोईराला, प्रबन्ध निर्देशक, फुजिमा आयल कम्पनी प्रा.लि

    1967   पटक पढिएको

० नेपाली बजारमा कन्ट्रोल ब्राण्डको लुब्रिकेन्ट कस्तो विशेषताका कारण उपभोक्ताको रोजाईमा परेको हो ?

कन्ट्रोल फुजिमा आयल कम्पनीद्वारा उत्पादित नेपालकै एक लोकप्रिय ब्राण्ड हो । कन्ट्रोल नेपालमा सर्वाधिक लोकप्रिय र सर्वाधिक विक्रि हुने ब्राण्ड हो । फुजिमा आयलले आफ्नो २५ वर्षको लगानीमा स्थापित गरेको ब्राण्ड कन्ट्रोल हो । नेपाली ब्राण्ड पनि स्तरिय हुन्छ भन्ने एउटा उदाहरण पनि कन्ट्रोल हो । गुणस्तरका हिसावले पनि यो अन्तर्राष्ट्रिय स्तरको छ भने तुलनात्मक रुपमा मुल्यका हिसावले पनि यो प्रतिस्पर्धी छ । भारत र बहुराष्ट्रिय कम्पनी वाट उत्पादित ब्राण्डहरुको प्रतिस्पर्धी ब्राण्ड कन्टोल हो । त्यसैकारण कन्ट्रोल उपभोक्ताहरुको रोजाईमा परेको हो ।

० नेपालमा लुब्रिकेन्टहरुको वार्षिक वजार र यसमा नेपाली उत्पादनहरुको बजार हिस्सा कस्तो छ ?

नेपालमा हाल सात वटा लुब्रिकेन्ट कम्पनीहरु छन । नेपालको लुब्रिकेन्ट वजारमा नेपाली कम्पनीहरुको उत्पादनले तीस प्रतिशत बजार हिस्सा ओगटेका छन भने सत्तरी प्रतिशत वजार विदेशी कम्पनीहरुका उत्पादनहरुले ओगटेका छन । तर पनि नेपाली कम्पनीहरुको वजार हिस्सा वार्षिक रुपमा १५–२० प्रतिशतको वृद्धि हुँदैछ । तर लुब्रिकेन्टहरुको वार्षिक बजारमा कति उपभोग हुन्छ र यसको कारोवार कति हुन्छ भन्ने विषयमा अध्ययन अनुसन्धान नै हुन सकेको छैन ।

० नेपाली लुब्रिकेन्टहरुले अहिले विदेशी लुब्रिकेन्टहरु संग प्रतिस्पर्धा गर्नु परिरहेको छ । विदेशी कम्पनीहरुसंग प्रतिस्पर्धा गर्न कस्ता समस्या छन ?

सवैभन्दा पहिले त आम उपभोक्ताहरुमा नेपाली उत्पादन भन्दा विदेशी उत्पादन राम्रो हुन्छ भन्ने सोच छ । त्यो नै मुख्य चुनौति हो । अर्को कुरा नेपालमा आउने लुब्रिकेन्ट र त्यसको कच्चा पदार्थको भन्सार दरमा न्युन अन्तर छ । कच्चा पदार्थको भन्सार दर १५ प्रतिशत र तयारी लुब्रिकेन्टको भन्सार दर ३० प्रतिशत हुँदा हाम्रो उत्पादन लागतका कारण मुल्यमा प्रतिस्पर्धा गर्न गाह्रो छ  । हामीले सकेसम्म मुल्यलाई प्रतिस्पर्धी बनाउन पहल गराईरहेका छौं । बाध्यतावश हामीले उहाँहरु भन्दा कम नै नाफा राखेर भए पनि मुल्यमा प्रतिस्पर्धी हुनु परेको अवस्था छ ।

० नेपालको लुब्रिकेन्ट बजारमा फुजिमा आयलका अन्य उत्पादनहरु के–के छन र तिनीहरुको प्रबद्र्धन कसरी गरिरहनु भएको छ ? 

हाल फुजिमा आयलको तीनवटा ब्राण्डहरु छन । एउटा कन्ट्रोल, दोस्रो प्रिमियम स्तरको म्याजिक प्लस ब्राण्ड र तेस्रो ब्राण्ड रोयल लुब्रिकेन्ट हो । रोयल लुब्रिकेन्ट कृषिमा आधारित औजार र विशेषगरी ट्याक्टरको लागी उत्पादन गरिएको हो । यसको वजार प्रवद्र्धनको लागी हामीले ब्राण्ड एम्बेसडरहरु नियुक्त गरेर प्रचार–प्रसार गरिरहेका छौं । यसको लागी कन्ट्रोलको ब्राण्ड एम्बेसडरमा शिवहरि पौडेल, म्याजिक प्लसको ब्राण्ड एम्बेसडरमा वर्षा सिवाकोटी र रोयलको ब्राण्ड एम्बेसडरमा राजेश हमाल लाई नियुक्त गरेका छौं । उहाँहरुको लोकप्रियताले कम्पनीको उत्पादनहरुको प्रचार प्रसारमा सहयोग पुगोस भन्ने चाहनाले उहाँहरुलाई ब्राण्ड एम्बेसडर नियुक्त गरिएको  हो ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।