logo

विश्वभरका बौद्ध धर्मावलम्बीहरुलाई लुम्विनीमा आकर्षित गर्न बिआईटिएम आयोजना गरिएको हो

सि.एन.पाण्डे,अध्यक्ष, नेपाल एशोशियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)

    2870   पटक पढिएको

गौतम बुद्धको जन्मस्थल लुम्विनीमा आगामी २०१९ जनवरी १० देखि १२ सम्म बुद्धिस्ट ईन्टरनेशनल ट्राभल मार्ट (बिआईटिएम) को आयोजना हुँदैछ । बुद्धिस्ट ईन्टरनेशनल ट्राभल मार्टको हालसम्मको तयारी, मार्टको उद्धेश्य तथा लुम्विनी क्षेत्रमा पर्यटन क्षेत्रको विकासको विषयमा केन्द्रित रहेर अर्थ र व्यापारले मार्टको इम्प्लिमेन्टिङ पार्टनर समेत रहेको संस्था नेपाल एशोशियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्ष सि.एन.पाण्डेसंग कुराकानी गरेको छ । प्रस्तुत छ–पाण्डेसंगको कुराकानीको सम्पादीत अंश :

० आगामी २०१९ जनवरी १० देखि १२ गतेसम्म आयोजना हुने बुद्धिस्ट ईन्टरनेशनल ट्राभल मार्ट (बिआईटिएम) को हालसम्मको तयारी कस्तो छ ?

बुद्धिस्ट ईन्टरनेशनल ट्राभल मार्टको सवै तयारी लगभग पुरा भएको छ । हालसम्मको सम्पूर्ण तयारीलाई हेर्दा विश्वका ३० मुुलुकका टुर अपरेटर, त्यहाँका राष्ट्रिय व्यवसायिक छाता संस्थका अध्यक्ष र पदाधिकारीहरु, अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका प्रतिनिधिहरु तथा व्लगरहरु गरि सय जनाको उपस्थति रहनेछ । उहाँहरुको कन्फर्मेशन समेत आईसकेको छ । त्यसवाहेक आगन्तुकहरुलाई आवश्यक सम्पूर्ण सेवा सुविधाको तयारी पनि पुरा भएको छ ।

० बुद्धिस्ट ईन्टरनेशनल ट्राभल मार्ट (बिआईटिएम) आयोजना गर्नुको मुख्य उद्देश्य के हो ?

अन्तर्राष्ट्रियस्तरमा नेपालको पर्यटन प्रवद्र्धन नै बुद्धिस्ट ईन्टरनेशनल ट्राभल मार्ट आयोजना गरिनुको मुख्य उद्देश्य हो । यो मार्ट लुम्बिनीमा नै गर्नुको कारण लुम्विनी गौतम बुद्धको जन्मस्थल हुनु त हो नै । त्यसबाहेक संसारभरका वौद्ध धर्माबलम्वीहरु आफ्नो गुरुको जन्मस्थलमा आएर पूण्य प्राप्त गर्न चाहन्छन । नेपाल सरकारले पनि लामो समयदेखि लुम्विनी क्षेत्रका विकासमा पहल गर्दै आएको छ । भैरहवामा रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आगामी १९ अगस्ट देखि हस्तान्तरण भएर आगामी सेप्टेम्बरदेखी व्यवसायिक रुपमा सञ्चालन हुँदैछ ।

यता सन् २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्यका साथ सरकारले नेपाल भ्रमण वर्ष घोषणा गरेको छ । यस्तो परीप्रेक्ष्यमा विश्वभरका बौद्ध धर्मावलम्बीहरुको ध्यान गौतम बुद्धको जन्मस्थल लुम्विनीमा आकर्षित गर्दै बौद्ध धर्मावलम्बीहरुको ठूलो संख्यालाई लुम्विनी ल्याउन सकियो भने ल्याउन सकियो भने त्यसले नेपालको पर्यटन क्षेत्रमा ठूलो योगदान गर्न सक्दछ भनेर यो मार्ट आयोजना गरिएको हो ।

० मार्टमा के–कस्ता गतिविधिहरु आयोजना हुने कार्यक्रम रहेको छ ?

जनवरी ११ तारिखको दिन उद्घाटन सत्रको कार्यक्रम हुनेछ । त्यससंगै दिउँसो अन्य छलफलका कार्यक्रमहरु रहनेछन । मार्टमा पर्यटन क्षेत्रका विभिन्न वक्ताहरुलाई पनि आमन्त्रण गरिएको छ । दोस्रो दिन बिटुबीको कार्यक्रम रहेको छ । 

मार्टमा सय भन्दा बढिको संख्यामा विदेशी पाहनुहरु आउनुहुनेछ । सवै वुद्धिस्ट मुलुकका टुर अपरेटरहरु, नेपालमा टुर अपरेट गर्ने टुर अपरेटरहरु, करिव ५० को संख्यामा सेलर र ७५ को संख्यामा रहेका वायरहरु विच समेत भेटघाट र विजनेश डिलको कार्यक्रम समेत रहेको छ । विश्व पर्यटन वजार कता जाँदैछ, नेपालले के–कसरी लाभ उठाउन सक्छ, लुम्बिनीलाई पर्यटन संग जोडेर कसरी नेपालको पर्यटन प्रवद्र्धन गर्ने, बुद्धिष्ट सर्किटलाई लुम्बिनी वाट सुरु गरेर कसरी यसलाई अन्तर्राष्ट्रियस्तरमा वजारीकरण गर्ने भन्ने विषयमा पनि छलफल हुनेछ । विश्वभरका टुर अपरेटरहरुलाई लुम्बिनीको महत्वका विषयमा जानकारी दिईनेछ । त्यसपछि यि सवै विषयलाई समेटेर प्रथम बिआईटिम घोषणापत्र जारी गरिनेछ ।

त्यो घोषणापत्रमा लुम्विनी क्षेत्रको विकासका लागी आवश्यक काम, वर्तमान नितीमा समायोजन गर्नुपर्ने विषयहरु, गुणस्तरीय पर्यटन विकासका लागी आवश्यक योजना, अन्तर्राष्ट्रिय पर्यटन वजार संग नेपालको वजारीकरणलाई कसरी जोड्ने भन्ने जस्ता विषयहरु समेटिनेछ ।

० लुम्बिनी क्षेत्रमा पर्यटकको आकर्षण वढाउन र त्यहाँ पर्यटकको बसाईं लम्व्याउन यो मार्टले के–कस्तो भुमिका खेल्न सक्छ ?

नेपालले लुम्बिनीलाई हालसम्म प्रवद्र्धन गर्न सकिरहेको छैन । त्यसैकारण काठमाडौं वाहिरको प्रमुख गन्तव्य लुम्विनी हो भनेर स्थापित गर्न पनि यो मार्ट लुम्विनीमा आयोजना गरिएको हो । त्यस क्षेत्रमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बाहेक अन्य ठूला–ठूला होटलहरु समेत निर्माण भईसकेका छन भने अन्य केही निर्माधाधिन अवस्थामा छन ।

हो, हालसम्म लुम्विनीमा पर्यटकहरुले केहि घण्टाको समय मात्र विताउने गरेका छन । पर्यटकको बसाईं लम्व्याउनका लागी लुम्विनी आसपासका अन्य क्षेत्र तथा त्यसवरपरका पहाडी जिल्लाहरुमा पाल्पा,अर्घाखाँची लगायतलाई समेत समेटेर हामी नयाँ भ्रमण तालिका समेत निर्माण गर्दैछौं । यसको विषयमा प्रदेश नम्बर ५ को नाट्टाले गृहकार्य गरिरहेको छ ।

० यो मार्टको आयोजनामा क–कस्को कस्तो भुमिका रहेको छ ? मार्ट सम्पन्न गर्न कति खर्च हुने अनुमान छ ?

बुद्धिस्ट ईन्टरनेशनल ट्राभल मार्ट (बिआईटिएम) को आयोजक समितिको अध्यक्ष संस्कृति,पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालय रहेको छ । त्यस्तै नेपाल पर्यटन वोर्ड अर्गनाईजिङ पार्टनर र नाट्टा यसको ईम्प्लिमेन्टिङ पार्टनर हो । निजी क्षेत्रका अन्य सवै संघ संस्थाहरु पनि यसको आयोजक समितिमा रहेका छन । 

मार्टमा करिव ३ करोड रुपैयाँ खर्च हुने अनुमान छ । यसमा नेपाल पर्यटन वोर्ड,नीजि क्षेत्रमा व्यवसायिक संघ–संस्थाहरु, नाट्टा, लुम्बिनी विकास कोष, विभिन्न एयरलाईन्सहरु तथा प्रायोजकहरुको सहयोगमा मार्टको आयोजना हुँदैछ ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।