logo

सिभिल बैंकद्वारा शेयरधनीलाई ४.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव

    859   पटक पढिएको

५ फागुन /अर्थ र व्यापार - सिभिल बैंकले गत आर्थिक वर्ष २०७४र७५ को नाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ । बैंक सञ्चालक समितिको फागुन ३ गते बसेको २६४ औं बैंठकले आर्थिक वर्ष २०७४र७५ को नाफाबाट ४.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

सिभिल बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाइ चुक्ता पूँजी ७ अर्ब २५ करोड ९३ लाख रुपैयाँको ४.०५ प्रतिशतका दरले हुन आउने २९ करोड ४० लाख दुई हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत तथा बैंकको आगामी साधारण सभाले अनुमोदन गरेपछि मात्र शेयरधनीले पाउनेछन् ।

सिभिल बैंकको गत जेठ २१ गते सम्पन्न बैंक सञ्चालक समितिको २४८ औं बैंठकले आर्थिक वर्ष २०७३र७४ को खुद नाफाबाट शेयरधनीलाइ १०.२५ प्रतिशत बोनस (७४ करोड ४० लाख रुपैयाँ) तथा बोनसमा लाग्ने कर प्रयोजनका लागि ०.५४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।
सो बोनस साधारण सभाबाट पारित हुन बाँकी नै रहेको छ । बोनस पूँजीकरण पश्चात बैंकको चुक्ता पूँजी आठ अर्ब ३३ लाख ९० हजार रुपैयाँ कायम हुनेछ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैकले ३५ करोड ९७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको प्रतिशेयर आम्दानी ९ रुपैयाँ एक पैसा छ भने प्रतिशेयर नेटवर्थ १३३ रुपैयाँ ९३ पैसा छ ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।