logo

चौतारी लघुवित्तद्वारा राष्ट्रिय स्तरको संस्था बनाउन नियमावली संशोधन गर्ने तयारी

    1139   पटक पढिएको

९ फागुन/ अर्थ र व्यापार  - चौतारी लघुवित्त वित्तीय संस्थाले मर्जर वा एक्वीजिशनमा जान र कार्यक्षेत्रलाई वृद्धि गरी राष्ट्रिय स्तरको बनाउने तयारी थालेको छ । लघुवित्तले हालै मात्र साधारण शेयर निष्काशन गरि बाँडफाँड गरेको थियो । लघुवित्तले उपयुक्त संस्थाको पहिचान गरि मर्जर तथा एक्वीजिशनमा जाने प्रस्ताव कम्पनीको आगामी तेस्रो साधारण सभामा लैजाने भएको छ ।

लघुवित्त सञ्चालक समितिको फागुन ८ गते बसेको ६९ औं बैंठकले लघुवित्तको तेस्रो वार्षिक साधारण सभाको विशेष प्रस्तावहरूमा उपयुक्त अन्य लघुवित्त संस्थाहरुसंग एक आपसमा गाभ्नेरगाभिने तथा प्राप्ती र समाहित हुने मुख्य एजेण्डा रहेको छ । जसका प्रयोजनको लागि उपयुक्त संस्थाको पहिचान गरि मर्जर रएक्वीजिशनमा जान राष्ट्र बैंकमा सैद्धान्तिक स्वीकृतिको लागि निवेदन दिने, सम्पत्ती तथा दायित्वको मूल्याङ्कन गर्न परामर्शदाता, मूल्याङ्कनकर्ता, लेखापरिक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने लगायत अन्य आवश्यक कार्यहरु गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव गरेको छ । 

यसैगरि यस्तै हाल कायम रहेको १५ जिल्ला कार्य क्षेत्रलाई वृद्धि गरी राष्ट्रिय स्तरको लघुवित्त संस्था बनाउन कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने समेत तयारी गरेको छ । साधारण सभाबाट हाल रित्त रहेको २ जना सचालक को मनोनयन समेत गर्नेछ । यस्तै लघुवित्तले आर्थिक वर्ष २०७४र७५ को वार्षिक प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदन सहित २०७५ असार मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाब छलफल गरी पारित गर्नेछ । आर्थिक वर्ष २०७५र७६ को लागि लेखा परिक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक समेत तोक्ने तयारी गरेको छ ।

लघुवित्तको चैत १६ गते बिहान ११ बजे, आप्रपाली कटेज एण्ड रेष्टुरन्ट, सुख्खानगर बुटवलमा साधारण सभा आह्वान गरिएको छ । लघुवित्तले साधारण सभा प्रयोजनको लागि फागुन २१ गते देखि चैत्र १६ गते सम्म बुक क्लोज गर्ने जनाएको छ । त्यस अनुसार फागुन २८ गते सम्म कायम शेयरधनी साधारण सभामा सहभागि हुन सक्नेछन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।