logo

सरकारी निर्णय विपरित पुनः चार्टर फ्लाईटलाई अनुमति, यात्रु संग दोब्बर भाडा असुली

    1684   पटक पढिएको

२ श्रावण / अर्थ र व्यापार- विदेशमा रहेर समस्यामा परेका नेपाली र नेपालमा रहेका विदेशी नागरिकहरुलाई आफ्नो देश फर्काउन सरकारले केहि एयरलाईन्सहरुलाई अनुमति दिने निर्णय गरेपश्चात पुनः आफ्नै निर्णय विरुद्ध थप एयरलाईन्सहरुलाई चार्टर अनुमति प्रदान गरेको छ । 

यसअघि सिसिएमसिले १५ देखि २२ जुलाई सम्म नेपाल वायुसेवा निगम,हिमालयन एयरलाईन्स,एयर अरेविया,फ्लाई दुर्व,जजिरा–२ र मालिन्दो एयरलाईन्सलाई अनुमति दिएको भएपनि यसविचमा नेपाल नागरिक उड्ड्यन प्राधिकरणले आफ्नै निर्णय विपरित बिहिवार टर्किस एयरलाईन्स र कतार एयरवेजलाई पुनः अनुमति प्रदान गरेको हो । प्राधिकरणले बिहिवार आफ्नै निर्णय विपरित जुलाई १८ तारिखका लागी चार्टर अनुमति प्रदान गरेको हो ।

 

यसअघि चार्टर उडानका नाममा ट्राभल एजेन्सि सञ्चालक र एयरलाईन्सका नेपाल प्रतिनिधिहरुको मिलोमतोमा अत्यन्तै बढि शुल्क उठाएकोमा व्यापक विरोध भएपछि  पर्यटन, सस्कृति तथा नागरिक उड्ड्यमन्त्री योगेश भट्टराईले उद्दारका क्रममा कुनै पनि ट्राभल एजेन्सीले अस्वभाविक भाडा लिएको पाइएमा लाइसेन्स खारेज गर्ने बताएका थिए ।

पछिल्लो समय सरकारले विदेशमा अलपत्र परेका श्रमिकहरुको सन्दर्भमा बाहेक अन्य चार्टर फ्लाईटहरु गर्न नदिने निर्णय गरेको भए पनि केहि एयरलाईन्सहरुले चार्टर फ्लाईटको अनुमति पाउन सफल भएका छन । “विदेशी एयरलाईन्सका नेपाल प्रतिनिधि र केहि ट्राभल एजेन्सि सञ्चालकहरुले परराष्ट्र मन्त्रालय र दुतावासहरुको दुरुपयोग गर्दै चार्टर फ्लाईटको अनुमति दिन सफल भएका छन, यसमा उनीहरु दोब्बर भन्दा बढि भाडा असुल अझै पनि गरिरहेका छन”–एक ट्राभल एजेन्सिका सञ्चालकले अर्थ र व्यापारलाई वताए ।

नेपालका ट्राभल एजेन्सि सञ्चालकहरुले चार्टर फ्लाईटको नाममा विदेशी एयरलाईन्सका नेपाल प्रतिनिधि र केहि ट्राभल एजेन्सि सञ्चालकहरुको मिलोमतोमा यात्रुहरुलाई दोब्बर–तेब्बर भाडा असुली ठगि गरिएको भन्दै पर्यटन मन्त्रालयको ध्यानाकर्षण गराएपनि यसमा सुनुवाई हुन सकेको छैन । सामान्यतया टु वे को भाडा ८ सय देखि १२ सय डलर रहेकोमा हाल ट्राभल एजेन्सिहरुले यसमा दोब्बर भाडा असुली रहेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।