logo

आज सवा १६ खर्बको बजेट ल्याउँदै सरकार

३० अर्ब रुपैयाँ निर्वाचनका लागि छुट्याईँदै

    1497   पटक पढिएको

१५ ज्येष्ठ / अर्थ र व्यापार- अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८÷७९ को लागी सवा १६ खर्ब रुपैयाँको बजेट ल्याउने भएका छन ्। आज ४ बजे सार्वजनिक हुने बजेट अध्यादेशमा राष्ट्रपति विद्यादेवी भण्डारीले लालमोहर लगाइसकेकी छन् । आजै दिउँसो ११ बजे बसेको मन्त्रिपरिषद्को बैठकले बजेट पारित गरेपछि राष्ट्रपतिले लालमोहर लगाएकी हुन् । 

गत आर्थिक वर्षको भन्दा यसपालीको बजेट डेढ खर्ब रुपैयाँले बढी हुने छ । सरकारले यसपाली कोभिड नियन्त्रणका लागि आवश्यक पूर्वाधारका साथै खोपको व्यवस्था गर्न ठूलो बजेट छुट्याउँदैछ । केही विकास कार्यक्रमहरु स्थगन गरिएर त्यो बजेट यतातिर लगाउन लागेको हो । यसबाहेक सरकारले ३० अर्ब रुपैयाँ निर्वाचनका लागि छुट्याउँदैछ । निरन्तर चलिरहेको परियोजनाहरुले पनि बजेट पाउँदैछन् । त्यही कारण यसपाली सरकारको बजेट बढेर सवा १६ खर्ब रुपैयाँ पुगेको अर्थका अधिकारीहरुले बताएका छन ।

पोहोर सरकारले १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट ल्याएको थियो । यसपाली सरकारले बजेट ठूलो बनाएसँगै आन्तरिक र बाह्य ऋणका साथै राजश्वको लक्ष्य पनि फराकिलो राखेको छ ।

सरकारले यसपाली राजश्व २१ प्रतिशतले बढ्ने लक्ष्य राखेको छ । पोहोर ८ खर्ब ८९ अर्ब ९२ करोड रुपैयाँ राजस्व लक्ष्य राखेको थियो । वैदेशिक अनुदान ६० अर्ब ५२ करोड रुपैयाँ राखेको थियो । यसबाट अपुग हुने ५ खर्ब २४ अर्ब ५० करोड रुपैयाँमध्ये २ खर्ब ९९ अर्ब ५० करोड वैदेशिक ऋण र २ खर्ब २५ अर्ब आन्तरिक ऋणबाट उठाउने लक्ष्य राखेको थियो ।

यस वर्ष आन्तरिक ऋण २ खर्ब ४० अर्ब रुपैया ँभन्दा बढि उठाइने छ भने वैदेशिक ऋण साढे ३ खर्ब उठाउने लक्ष्य छ । सरकारले अनुदान पनि केही बढी आशा गरेको छ । अर्थमन्त्रीका रूपमा पौडेलको यो दोस्रो बजेट हो । पाँच वर्षअघि उनले १० खर्ब ४८ अर्ब ९२ करोड १३ लाख ५४ हजार रुपैयाँको बजेट ल्याएका थिए । केपी ओली पहिलो पटक प्रधानमन्त्री हुँदा यो बजेट ल्याइएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।