logo

वुद्ध एयरले वैशाखदेखि काठमाडौं–कोलकाता उडान गर्ने, पर्यटकलक्षित प्याकेज बेच्ने रणनिति

    1528   पटक पढिएको

२ माघ / अर्थ र व्यापार- बुद्ध एयरले आगामी वैशाखदेखि काठमाडौं–कोलकाता उडान गर्ने भएको छ । काठमाडौं–कोलकाता उडान वारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा कम्पनीका प्रवन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले काठमाडौं–कोलकाता उडानका लागी नेपालबाट उडान अनुमति पाइसकेको र भारततर्फ कहि दिनमा अनुमति पाउने वताए ।

कम्पनीको एटीआर–७२ विमान मार्फत साताको तीन उडान गर्नेछ । कोलकता उडानका लागि कम्पनीले विहानको स्लट मागेको बस्नेतले वताए  । यो रुटको उडान समय १ घण्टा ४० मिनेट हुन्छ । खर्च र घाटा न्यून गर्ने उद्देश्यले परीक्षण उडानका लागि एटिआर प्रयोगमा ल्याउन लागेको जानकारी दिँदै परीक्षण उडान सफल भएमा ठूलो विमान ल्याएर उडान थाल्ने बस्नेतले वताए ।

काठमाडौं–कोलकाता उडानका लागि बुद्ध एयरको भगिनी संस्था बुद्ध होलिडेजले केही सातामै अनलाइनमार्फत उडान सहितको विभिन्न तीर्थस्थल र पर्यटकीय गन्तब्य प्याकेज सार्वजनिक गर्ने प्रमुख कार्यकारी अधिकृत आस्था वस्नेतले बताइन् । हङकङ, थाइल्याण्ड, इण्डोनेसिया लगायतका मुलुकमा घुम्न जाने भारतीय र बंगाली पर्यटकलाई नेपालमा ल्याउने गरि प्याकेज बनाउने कम्पनीले जनाएको छ ।

बुद्ध एयरका प्रबन्ध निर्देशक बस्नेतले यो उडान सफल भएमा नेपालको पर्यटन क्षेत्रको लागी कोशेढुंगा सावित हुने वताए । बस्नेतले यो उडानले भारतिय पर्यटकलाई नेपाल आकर्षित गर्ने मात्र नभई उपचार वा अन्य प्रयोजनका लागी भारत जाने नेपालीहरुलाई पनि लक्षित गरिने वताए ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।