logo

वीरगञ्ज नाकाबाट सवा खर्बको आयात हुँदा निर्यात ७६ अर्ब मात्रै, ४५ अर्ब १५ करोड व्यापार घाटा  

    1735   पटक पढिएको

७ पुस/अर्थ र व्यापार– वीरगञ्ज नाकाबाट चालू आर्थिक वर्ष २०७७/७८ को पहिलो ५ महीनामा भारतबाट १ खर्ब २१ अर्ब रुपैयाँ बराबरको आयात भएको छ । यो अवधिमा ७६ अर्ब ३३ करोड रुपैयाँ बराबरको निर्यात भएको छ।

वीरगञ्ज भन्सार कार्यलयको तथ्यांक अनुसार चालू वर्षको पहिलो ५ महीनामा वीरगञ्ज नाकाबाट भएको भारतसितको व्यापारमा मात्रै ४५ अर्ब १५ करोड रुपैयाँ व्यापारघाटा भएकोे छ । भारतबाट आयात हुनेमा वस्तुमा सवारीसाधन, इन्धन र औद्योगिक कच्चा पदार्थ मुख्य रहेका छन् ।

वीरगञ्ज भन्सार अधिकृत रमेश सुकमनीले कोरोना महामरीका कारण पछिल्लो समयमा अधिकांश आयातित वस्तुको परिमाण घटेको बताए ।

नेपालबाट भारत निकासी हुने मुख्य वस्तुको शीर्ष स्थानमा भटमासको प्रशोधित तेल रहेको छ । अघिल्लो वर्षसम्म पाम आयल भएकोमा भारतले आयात रोकेपछि स्वदेशी तेल उद्योगले भटमासको प्रशोधित तेल निकासी बढाएको हो । वीरगञ्ज नाकाबाट बारा पर्सा औद्योगिक कोरिडोरका  १४ ओटा उद्योगले तेल निकासी गर्छन् ।

चालू आवको पहिलो ५ महीनामा वीरगञ्ज नाकाबाट मात्रै ९ अर्ब १० करोड रुपैयाँ मूल्य बराबरको ६ करोड ३१ लाख किलो भटमासको प्रशोधित तेल भारत निकासी भएको छ ।

गत आवको पहिलो ५ महिनाको तुलनामा चालू वर्षको सोही अवधिमा निकासी भएको भटमासको तेल मूल्यका आधारमा ३७९ प्रतिशत बढी भएको वीरगञ्ज भन्सारले बताएको छ । 

नेपालबाट भारततर्फ निकासी हुने वस्तुमा उनी गलैंचा कार्पेट र पिना, आयुर्वेदिक औषधि, स्पोर्टस सुज, स्टीलका भाँडाकुँडा, कागजका बाकस, जुस, कपडा, दन्तमञ्जन, च्यावनप्रास, सेन्थेटिक यार्न,सीआर सीटलगायतका वस्तु मुख्य रहेका छन् । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।