logo

बैंकर्स संघको माग संबोधन गर्दै राष्ट्र बैंकद्वारा नगदरहित तरलता उपलब्ध गराउने घोषणा

    1325   पटक पढिएको

८ फागुन /अर्थ र व्यापार - बैंकर्स संघले पटक पटक राख्दै आएको माग संबोधन गर्दै नेपाल राष्ट्र बैंकले नगद नभए पनि तरलता उपलब्ध गराउने नयाँ घोषणा गरेको छ । पहिलो पटक कार्यान्वयन गर्न लागिएकाले यसको मूल्य १० अर्ब रुपैयाँ बराबरको निर्धारण गरिएको छ । राष्ट्र बैंकले पुनर्कर्जामार्फत यस्तो ब्यवस्था गर्न लागेको होे । 

अहिले केन्द्रीय बैंकको पुनर्कर्जा कोषमा २० अर्ब रुपैयाँ हाराहारी रकम छ । यसलाई ३५ अर्ब पुर्याउन घोषणा ६ महिनाअघि गरिए पनि पैसा अभाबले बढाउन सकिएको थियो । गत आर्थिक बर्षको नाफाबाट ११ अर्ब रुपैयाँ पुनर्कर्जा कोषमा थपेर ३१ अर्ब रुपैयाँ पुगेको थियो । बैंकरहरुले नगद रहित (रिजर्भ नभए पनि हुने) भएर पनि राष्ट्र बैंकले पुनर्कर्जा उपलब्ध गराउन सक्ने भन्दै त्यसको रकम बढाउन माग गर्दै आएका थिए । नगदरहित पुनर्कर्जा उपलब्ध गराउनु भनेको पनि एक खालको मुद्रा बिस्तार गर्नु नै हो । त्यसैले पैसाको मूल्य घटेर मूल्य बृद्धि दर बढ्ने हो कि भन्ने चिन्ता केन्द्रीय बैंकको थियो । त्यही भएर अहिले उसले थोरै रकमको नगदरहित पुनर्कर्जा कोष सञ्चालन गर्न लागेको हो ।

बैंकर र ब्यवसायीले पुनर्कर्जा कोषको रकम २०० अर्ब रुपैयाँ पुर्याउन माग गर्दै आएका थिए । बैंकर संघका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाले राष्ट्र बैंकले पैसै नभए पनि पुनर्कर्जाको रकम बढाउन सक्ने भन्दै तत्कालिन अवस्थामा तरलता प्रवाह गर्न यस्तो खालको पुनर्कर्जाको बिकल्प रोज्न सुझाब दिएका थिए ।
बैंकरका अनुसार अहिले बल्लतल्ल सुरु भएकाले यसलाई आवश्यकता अनुसार बढाउँदै लैजान सुझाब दिएका छन् । राष्ट्र बैंक भने नगदमा आधारित नभइ सुरु गरिएको पुनर्कर्जाका कारण बजारमा तरलता उपलब्ध भएर आयात प्रोत्साहित हुनेमा चिन्तित देखिएको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।