logo

उपत्यका विकास प्राधिकरण र सरकारबीच बाहिरी चक्रपथ निर्माणका बिषयमा मतभेद 

    1842   पटक पढिएको

१३ फागुन /अर्थ र व्यापार - उपत्यका विकास प्राधिकरण र सरकारबीच बाहिरी चक्रपथ निर्माणका क्रममा ढिलाईको बिषयमा मतभेद सुरुभएको छ । सरकारले बाहिरी चक्रपथ निर्माण कार्य एकैपटक सक्ने भनेको छ भने प्राधिकरणले भने खण्ड–खण्ड गरी निर्माण गर्ने योजना बनाएको छ । बजेट पनि कम छ ,त्यसैले जति बजेट छ सोहि अनुसार पूर्ण काम गर्ने प्राधिकरणको तयारी छ । प्राधिकरणले यस आर्थिक वर्षमा बाहिरी चक्रपथ निर्माणको लागि ८ करोड रकम छुटाएको छ । बजेट अनुसार अघि बढ्ने चाहेको प्राधिकरणले पहिलो खण्डमा बजेटले जति सकिन्छ त्यति सम्म मात्र कालोपत्रे सडक नै निर्माण गर्ने योजना रहेको छ । जसले गर्दा दोहोर्याएर काम गर्नु पर्ने अवस्था सिर्जना हुदैन ।

प्राधिकरणले सुरुमा चोभार देखि सतुगल सम्मको ६.२ किलोमिटर सडक पूर्ण रुपमा निर्माण गर्ने र अनि त्यसमा देखापर्ने आर्थिक तथा प्राविधिक लगायत सम्पूर्ण विषयमा जानकारी हुने प्राधिकरणको भनाई छ । पहिलो चरण निर्माण गर्दा मुआब्जा कति लाग्छ, निर्माण लागत तथा अन्य खर्च र मानवीय स्रोत साधन कति लाग्छ भन्ने विषयमा जानकारी हुने हुदाँ ,आयोजनाको निर्माण सम्पन्न कसरी गर्न सकिन्छ भन्ने खाका तयार गर्न सकिने प्राधिकरणको भनाई छ । तर सरकार भने बाहिरी चक्रपथ खण्ड– खण्ड रुपमा योजना सक्ने पक्षमा नहुदाँ समस्या देखापरेको छ ।

यस्तै प्राधिकरणले रेखाकंन अर्थात् ट्रयाक मात्र खोल्दा बजेट मात्र सकिने जनाएको छ । सरकारले बाहिरी चक्रपथ निर्माण एकैपटक सक्नु भन्ने निर्देशन दिने तर बजेट पनि नदिदाँ प्राधिकरण समस्यामा परेको छ । हाल प्राधिकरणसँग बाहिरी चक्रपथ निर्माणको लागि छुटाईएको ८ करोड रकमले चोभारदेखि संतुगलसम्म ट्रयाक खोली सडकको पर्खाल लगाउन सकिन्छ । कुल लम्बाई ७१.९३ कि.मि.हुने यस चक्रपथ सहरी विकास मन्त्रालयले निर्माण गर्ने भनिएपनि काम सुरु हुन सकेको छैन । चक्रपथ निर्माणको प्रथम चरणका रुपमा चोभार, गाम्चा र सतुङ्गल खण्डको ६.६ किलोमिटर रहेको छ ।

प्रथम चरणको निर्माण खण्डमा पर्ने उक्त स्थानमा करिब ८ हजार रोपनी क्षेत्रफल र करिब १४ हजार जग्गाधनि रहेका छन् । चक्रपथको कुल लम्बाई मध्ये काठमाडौँमा ३५.०८ किलोमिटर, ललितपुरमा १५.८० कि.मि. र भक्तपुरमा २१.०५ कि.मि. हुनेछ । चक्रपथ आयोजना जग्गा विकास (ल्यान्ड पुलिङ) प्रविधि र प्रक्रिया अपनाएर निर्माण गर्न लागिएको हो । बाहिरी चक्रपथमा ८ लेन सडक सहित साइकल लेन, हरियाली बेल्ट, फूटपाथ तथा अपाङमैत्री पेटीको समेत ब्यबस्था गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।