logo

गणपूरक संख्या नपुगेपछि अर्थ समितिको बैठक स्थगित, सांसदले सोधे – भत्ता पाउँछौं कि पाउँदैनौं ?

    1546   पटक पढिएको

१९ कार्तिक / अर्थ र व्यापार

सामान्यता कुनै काम गरेपछि त्यसको पारिश्रमिक पाइन्छ । यो आम नियम हो । तर, संघीय संसदको एक समितिको आजको बैठक नै नबसी सांसदले भक्ता वा पारिश्रमिक मागे भन्ने सुन्दा तपाईलाई कस्तो लाग्छ ? तपाईको उत्तर सहजै आउँछ, यो भन्दा नालायकी अरु के हुन सक्छ । यो सरासर गैरकानूनी हो जानकारहरु यसै भन्छन् ।

जुन गलत र नाजायज लाग्छ, मंगलबार भने संसदीय समितिमा त्यस्तै भएको छ । संसदको महत्वपूर्ण समितिको रुपमा अर्थ समितिलाई लिइन्छ । देशको आर्थिक विषयसँग सम्बन्धित विषयमा बहस छलफल गर्ने उक्त समितिको बैठकमा गणपूरक नै नपुगेर बैठक नबसेपनि सांसदहरुले भक्ता दिनुपर्ने माग गरेका थिए ।

काम नै नगरी पारिश्रमिक वा भक्ता देऊ भन्न सामान्य नागरिकले त पाउँदैन भने कानून बनाउने निकायका प्रतिनिधि जो जनताबाट निर्वा्चित भएका छन् उनैले मागेर आफ्नै बेइज्जत गरेका छन् ।

समितिको बैठक सांसदहरुको गणपूरक संख्या नपुगेपछि स्थगन भयो । समितिको आजको बैठकको कार्यसूचीमा नागरिक लगानी कोषको ऐन संशोधन गर्न बनेको विधेयकमा विषयमा छलफल गर्न बोलाइएको थियो । समितिले सोमबार ११ बजे सांसदहरुलाई बैठकमा बोलाएको थियो ।

सामान्यतया कुनैपनि बैठक बस्ने निणर्य समितिले गरिसकेपछि केही समस्या भएमा वा गणपूरक संख्या नपुगेमा उक्त बैठक बस्ने वा नबस्ने भन्ने निर्याय बढीमा आधा घण्टामा गरिन्छ । दुई दर्जन बढी सदस्य भएको उक्त समितिमा मात्रै ८ जना सांसद उपस्थित भएका थिए । सामान्यता आधा घण्टामा स्थगित गर्नुपर्ने बैठक गणपूरक संस्या नपुगेपछि १२ः१४ बजे मात्रै स्थगित भयो ।

सांसदहरु महत्वपूर्ण विषयमा छलफल गर्न नै सहभागी नहुनु आफैमा बिडम्वना नै हो । जनताले जे कामका लागि पठाएका हुन सोही काम छाड्न् लापरवाहीको पराकाष्ठा त हुँदै हो । त्यसमाथि समितिको सचिवालयले अघिल्लो दिन नै बैठक तय गरेकाले गणपूरक संख्या नपुग्नु अर्को लाजमर्दो विषय आफैमा हो ।

नागरिक लगानी कोषको ऐन संशोधन गर्न बनेको विधयकमा छलफल गर्न ८ सांसद मात्र बैठकमा उपस्थित रहेको समिति सभापति कृष्ण दाहाल आफै गनेर बसेका थिए ।

महत्वपूर्ण विषयमा छलफल हुन नसकेर बैठक स्थगन भएपनि सांसद भने विषय तिर भन्दा भक्ता तिर ध्यान दिइरहेको समितिमा देखियो । एक सांसदले त मुखै फोरेर भने ‘ माननीय सभापति ज्यू बैठकको भक्ता पाइन्छ कि पाइदैन ? ’ बैठक स्थगित हुने निश्चत भएपछि बैठकमा उपस्थीत सांसदहरु मोती दुगड र हिरा गुरुङले बैठकमा सहभागी त भयौ हाम्रो के हुन्छ ? भन्दै सभापति दाहाललाई प्रश्न गरिरहेका थिए ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।