logo

गणपूरक संख्या नपुगेपछि अर्थ समितिको बैठक स्थगित, सांसदले सोधे – भत्ता पाउँछौं कि पाउँदैनौं ?

    1253   पटक पढिएको

१९ कार्तिक / अर्थ र व्यापार

सामान्यता कुनै काम गरेपछि त्यसको पारिश्रमिक पाइन्छ । यो आम नियम हो । तर, संघीय संसदको एक समितिको आजको बैठक नै नबसी सांसदले भक्ता वा पारिश्रमिक मागे भन्ने सुन्दा तपाईलाई कस्तो लाग्छ ? तपाईको उत्तर सहजै आउँछ, यो भन्दा नालायकी अरु के हुन सक्छ । यो सरासर गैरकानूनी हो जानकारहरु यसै भन्छन् ।

जुन गलत र नाजायज लाग्छ, मंगलबार भने संसदीय समितिमा त्यस्तै भएको छ । संसदको महत्वपूर्ण समितिको रुपमा अर्थ समितिलाई लिइन्छ । देशको आर्थिक विषयसँग सम्बन्धित विषयमा बहस छलफल गर्ने उक्त समितिको बैठकमा गणपूरक नै नपुगेर बैठक नबसेपनि सांसदहरुले भक्ता दिनुपर्ने माग गरेका थिए ।

काम नै नगरी पारिश्रमिक वा भक्ता देऊ भन्न सामान्य नागरिकले त पाउँदैन भने कानून बनाउने निकायका प्रतिनिधि जो जनताबाट निर्वा्चित भएका छन् उनैले मागेर आफ्नै बेइज्जत गरेका छन् ।

समितिको बैठक सांसदहरुको गणपूरक संख्या नपुगेपछि स्थगन भयो । समितिको आजको बैठकको कार्यसूचीमा नागरिक लगानी कोषको ऐन संशोधन गर्न बनेको विधेयकमा विषयमा छलफल गर्न बोलाइएको थियो । समितिले सोमबार ११ बजे सांसदहरुलाई बैठकमा बोलाएको थियो ।

सामान्यतया कुनैपनि बैठक बस्ने निणर्य समितिले गरिसकेपछि केही समस्या भएमा वा गणपूरक संख्या नपुगेमा उक्त बैठक बस्ने वा नबस्ने भन्ने निर्याय बढीमा आधा घण्टामा गरिन्छ । दुई दर्जन बढी सदस्य भएको उक्त समितिमा मात्रै ८ जना सांसद उपस्थित भएका थिए । सामान्यता आधा घण्टामा स्थगित गर्नुपर्ने बैठक गणपूरक संस्या नपुगेपछि १२ः१४ बजे मात्रै स्थगित भयो ।

सांसदहरु महत्वपूर्ण विषयमा छलफल गर्न नै सहभागी नहुनु आफैमा बिडम्वना नै हो । जनताले जे कामका लागि पठाएका हुन सोही काम छाड्न् लापरवाहीको पराकाष्ठा त हुँदै हो । त्यसमाथि समितिको सचिवालयले अघिल्लो दिन नै बैठक तय गरेकाले गणपूरक संख्या नपुग्नु अर्को लाजमर्दो विषय आफैमा हो ।

नागरिक लगानी कोषको ऐन संशोधन गर्न बनेको विधयकमा छलफल गर्न ८ सांसद मात्र बैठकमा उपस्थित रहेको समिति सभापति कृष्ण दाहाल आफै गनेर बसेका थिए ।

महत्वपूर्ण विषयमा छलफल हुन नसकेर बैठक स्थगन भएपनि सांसद भने विषय तिर भन्दा भक्ता तिर ध्यान दिइरहेको समितिमा देखियो । एक सांसदले त मुखै फोरेर भने ‘ माननीय सभापति ज्यू बैठकको भक्ता पाइन्छ कि पाइदैन ? ’ बैठक स्थगित हुने निश्चत भएपछि बैठकमा उपस्थीत सांसदहरु मोती दुगड र हिरा गुरुङले बैठकमा सहभागी त भयौ हाम्रो के हुन्छ ? भन्दै सभापति दाहाललाई प्रश्न गरिरहेका थिए ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।