logo

नाट्टा निर्वाचनका लागी अच्यूत गुरागाँई समुहको प्रतिवद्धता सार्वजनिक

    1820   पटक पढिएको

२५ पुष / अर्थ र व्यापार- आगामी माघ ३ गते हुने नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा) निर्वाचनका लागी अध्यक्षका उम्मेद्वार अच्यूत गुरागार्इं समुहले शुक्रवार उम्मेद्वार परिचयात्मक कार्यक्रम गरि आफ्नो प्रतिवद्धता सार्वजनिक गरेको छ । 

पत्रकार सम्मेलनमा नाट्टाका अध्यक्षका प्रत्यासी उम्मेद्वार अच्यूत गुरागार्इंले आफु एक पटकका लागि नाट्टाको अध्यक्षका प्रत्यासी भएको भन्दै सम्पूर्ण पर्यटन बिज्ञ तथा ट्राभल ट्रेडलाई एकपटक आफ्नो व्यावसायिक टीमलाई नाट्टाको नेतृत्व  दिलाईदिन अनुरोध गरे । कार्यक्रममा गुरागाईं समुहको १३ बुँदे प्रतिवद्धतापत्र समेत सार्वजनिक गरियो ।

कार्यक्रममा नाट्टाका पूर्व अध्यक्ष भोलाबिक्रम थापा, धु्रबनारायण श्रेष्ठ, बरिष्ठ पर्यटन व्यवसायी बिक्रम पाँडेकाजीले अच्यूत गुरागार्इं नाट्टा नेतृत्वको लागि सक्षम व्यक्ति भएको वताए ।

गुरागार्इं समुहको बरिष्ठ उपाध्यक्षमा हेमराज बास्तोला (तारा), उपाध्यक्षमा यज्ञमुर्ति आचार्य, महासचिवमा राकेश धमला, सचिवमा गोबिन्द दाहाल, कोषाध्यक्षमा कुमारमणि थपलिया र सह–कोषाध्यक्षमा पासाङ दावा शेर्पा रहेका छन । यस्तै कार्यसमिति सदस्यहरुमा परशुराम घिमिरे, नमराज भेटुवाल र रमेश थापा रहेका छन ।

कार्यक्रममा नाट्टाका अध्यक्ष अध्यक्ष सीएन पाण्डे, नेपाल पर्वतारोहण संघका पूर्व अध्यक्ष आङछिरिङ शेर्पा, नाट्टाका पूर्व अध्यक्ष अर्जुुन शर्मा, टानका पूर्व अध्यक्षद्धय दिपक महत र रमेश धमला, टानका अध्यक्ष खुमबहादुर सुबेदी, बरिष्ठ पर्यटन व्यवसायी गणेश सिंखडा लगायतको उपस्थिति रहेको थियो ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।