logo

नाट्टा निर्वाचनका लागी अच्यूत गुरागाँई समुहको प्रतिवद्धता सार्वजनिक

    1457   पटक पढिएको

२५ पुष / अर्थ र व्यापार- आगामी माघ ३ गते हुने नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा) निर्वाचनका लागी अध्यक्षका उम्मेद्वार अच्यूत गुरागार्इं समुहले शुक्रवार उम्मेद्वार परिचयात्मक कार्यक्रम गरि आफ्नो प्रतिवद्धता सार्वजनिक गरेको छ । 

पत्रकार सम्मेलनमा नाट्टाका अध्यक्षका प्रत्यासी उम्मेद्वार अच्यूत गुरागार्इंले आफु एक पटकका लागि नाट्टाको अध्यक्षका प्रत्यासी भएको भन्दै सम्पूर्ण पर्यटन बिज्ञ तथा ट्राभल ट्रेडलाई एकपटक आफ्नो व्यावसायिक टीमलाई नाट्टाको नेतृत्व  दिलाईदिन अनुरोध गरे । कार्यक्रममा गुरागाईं समुहको १३ बुँदे प्रतिवद्धतापत्र समेत सार्वजनिक गरियो ।

कार्यक्रममा नाट्टाका पूर्व अध्यक्ष भोलाबिक्रम थापा, धु्रबनारायण श्रेष्ठ, बरिष्ठ पर्यटन व्यवसायी बिक्रम पाँडेकाजीले अच्यूत गुरागार्इं नाट्टा नेतृत्वको लागि सक्षम व्यक्ति भएको वताए ।

गुरागार्इं समुहको बरिष्ठ उपाध्यक्षमा हेमराज बास्तोला (तारा), उपाध्यक्षमा यज्ञमुर्ति आचार्य, महासचिवमा राकेश धमला, सचिवमा गोबिन्द दाहाल, कोषाध्यक्षमा कुमारमणि थपलिया र सह–कोषाध्यक्षमा पासाङ दावा शेर्पा रहेका छन । यस्तै कार्यसमिति सदस्यहरुमा परशुराम घिमिरे, नमराज भेटुवाल र रमेश थापा रहेका छन ।

कार्यक्रममा नाट्टाका अध्यक्ष अध्यक्ष सीएन पाण्डे, नेपाल पर्वतारोहण संघका पूर्व अध्यक्ष आङछिरिङ शेर्पा, नाट्टाका पूर्व अध्यक्ष अर्जुुन शर्मा, टानका पूर्व अध्यक्षद्धय दिपक महत र रमेश धमला, टानका अध्यक्ष खुमबहादुर सुबेदी, बरिष्ठ पर्यटन व्यवसायी गणेश सिंखडा लगायतको उपस्थिति रहेको थियो ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।