logo

चक्रपथको ‘ग्रिन बेल्टमा’ पार्क गरे पाँच हजार रुपैयाँ जरिबाना

    2005   पटक पढिएको

२२ असार / अर्थ र व्यापार – उपत्यकाको चक्रपथमा सवारी साधान चलाउँदै गर्दा जथाभावी छेउछाउतिर पार्क गर्नेहरुलाई ट्राफिक प्रहरीले पाँचहजार रुपैयाँसम्म जरिबाना तिराउन सक्छन् । यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी र अन्य सरोकारवाला निकायहरुको सयुक्त संयन्त्रले चक्रपथको आसपासमा हुने जथाभावी पार्किङलाई नियन्त्रण गर्ने निर्णय गरेको छ । 

जथाभावी पार्क गर्दा ट्राफिक व्यवस्थापनमा कठिनाई आएको भन्दै त्यसलाई निरुत्साहित गर्न सचेतनादेखि जरिबानासम्मका उपाया अपनाउने निर्णय गरिएको छ । यसका लागि पहिलो चरणमा चक्रपथको ग्रिन बेल्टमा सवारी साधन पार्किङ्ग निषेध गर्ने त्यसरी निषेध गरिएको ठाउँमा कसैले पार्क गरे पाँचहजार रुपैयाँसम्म जरिबाना तिराउने हो ।

असार २५ गतेदेखि लागू हुने यो व्यवस्थामा हाल कायम त्यस्तो ग्रिन बेल्टका साथै सडक विस्तारले मेटाएको ठाउँमा पनि पार्किङ निषेध गरिने छ । असार २५ सम्म निषेधको सुचना टाँस गर्ने, जनचेतना फैलाउने जस्ता कार्यक्रम गरिने र त्यसपछि पनि कसैले पार्किङ गरे जरिबाना तिराइने छ ।

चक्रपथको छेउछाउँमा रुख रोपिएको क्षेत्र नै ग्रिन बेल्ट हो । मुख्य सडलाई छोडेरे रुख रोपेको क्षेत्र नै ग्रिन बेल्ट हो । मुख्य सडक र रुखको बीचमा जसले पनि सवारी पार्क गर्ने प्रवृत्ति बढेपछि सरोकारवालाहरुले सयुक्त टोलीले त्यसलाई निषेध गर्ने निर्णय गरिएको हो । रुख रोपिएको क्षेत्र र सडक वा फुटपाथ र रुख रोपिएको क्षेत्र बीचको खाली ठाउँ पार्किङ निषेधको क्षेत्र कायम हुने र त्यस्तो ठाउँमा कसैले पनि पार्किङ गर्न नपाइने भएको छ ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।