logo

अदालतले चार वटा नामी सुन पसललाई गर्यो जरीवाना

    2321   पटक पढिएको

२७ असार / अर्थ र व्यापार – चितवनमा बिक्री भइरहेको सुन कम गुणस्तरको रहेको पुष्टि भएको छ । जिल्लामा लोकप्रिय भनिएका सुनचाँदी पसलले कम गुणस्तरको सुन बिक्री गरेको चितवन जिल्ला अदालतको फैसलाले पुष्टी भएको हो।

चार वर्षअघि गरिएको अनुगमनका क्रममा सुनचाँदीको नमुना लिइएका पसलहरुको सुनचाँदी कम गुणस्तरका फेला परेका थिए । वाणिज्य विभागको टोलीले गरेको अनुसन्धानका आधारमा अदालतमा मुद्दा दायर भएको थियो । यो मुद्दामा अदालतले सुनचाँदी पसलले कम गुणस्तरको सुन बिक्री गरेको भन्दै जरीवानाको फैसला गरेको थियो ।

ज्योती सुनचाँदी पसल, लोकमान एण्ड सन्स, जयमाँ सुनचाँदी पसल र माँ जानकी सुनचाँदी पसलले कम गुणस्तरको सुन बिक्री गरेको भन्दै जरीवाना गरिएको छ ।

जगदम्बा सुनचाँदी पसल र बराली गहना सप्लायर्सको मुद्दा टुगिंएको छैन् ।  जीवन ज्योति सुनचाँदी पसललाई ५५ हजार, लोकमान एण्ड सन्सलाई ६५ हजार जरिवाना, जय सन्तोषी माँ सुनचाँदी पसललाई ७० हजार जरिवाना र सबैभन्दा धेरै माँ जानकी ज्वेलर्सलाई एक लाख रूपैयाँ जरिवाना गरिएको छ ।

उपभोक्ता संरक्षण ऐन–२०५४ र नियमावली–२०५६ मा व्यवस्था भए अनुसार यस ऐनको दफा १० खण्ड ‘क’ विपरीत कुनै पनि व्यवसायीले कम गुणस्तरका सामान किनबेच गरेमा तीन वर्षसम्म कैद वा पचास हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुन सक्ने उल्लेख छ । 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।