logo

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

अहिलेसम्म मृत्यु हुनेहरूको संख्या १३ पुग्यो

    22   पटक पढिएको



२३ भदौ/अर्थ र व्यापार – जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप हिंसात्मक भई सोमबारको प्रदर्शन उग्र बनेसँगै सरकारले काठमाडौं महानगरपालिका भित्रका विभिन्न स्थानमा कफ्र्यू लगाएको छ । यस्तो अवस्थामा विद्यालयका विद्यार्थीहरुलाई तत्काल नछोड्न जिल्ला प्रशासन कार्यालयले यस्तो आग्रह गरेको हो ।
कफ्र्यू लगाएपछि विद्यालयमा रहेका विद्यार्थीलाई केही समय विद्यालयमा राख्न भनिएको छ । अवस्था हेरेर विद्यालयका बसलाई निकाल्ने व्यवस्था मिलाउने काठमाडौंका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताए ।
‘अहिले हामीले विद्यालयका बसलाई हिँड्न अनुमति दिएका छैनौं । केही समयपछि अवस्था हेरेर विद्यालयबाट निक्लिनको लागि समय दिन्छौं,’ रिजालले भने ।
यसैगरी, विभिन्न कार्यालयहरुमा गएका कर्मचारीहरुलाई पनि तत्काल कार्यालय भन्दा बाहिर नआउन भनिएको छ। अवस्था हेरेर उनीहरुलाई घर घरसम्म पुग्ने व्यवस्था मिलाउने जानकारी रिजालले दिए । सोमबार बिहान ९ बजेबाट जेनजी पुस्ताले गरेको प्रर्दशनलाई नियन्त्रणमा लिन प्रसाशनले कफ्र्यू जारी गरेको छ ।
प्रहरीको गोली लागेर केही मानिस घाइतेसमेत भएका छन् । अहिलेसम्म सो प्रदर्शनमा मृत्यु हुनेहरूको संख्या १३ पुगेको छ । एकसय भन्दा बढी घाइते भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।