logo

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

अहिलेसम्म मृत्यु हुनेहरूको संख्या १३ पुग्यो

    929   पटक पढिएको



२३ भदौ/अर्थ र व्यापार – जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप हिंसात्मक भई सोमबारको प्रदर्शन उग्र बनेसँगै सरकारले काठमाडौं महानगरपालिका भित्रका विभिन्न स्थानमा कफ्र्यू लगाएको छ । यस्तो अवस्थामा विद्यालयका विद्यार्थीहरुलाई तत्काल नछोड्न जिल्ला प्रशासन कार्यालयले यस्तो आग्रह गरेको हो ।
कफ्र्यू लगाएपछि विद्यालयमा रहेका विद्यार्थीलाई केही समय विद्यालयमा राख्न भनिएको छ । अवस्था हेरेर विद्यालयका बसलाई निकाल्ने व्यवस्था मिलाउने काठमाडौंका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताए ।
‘अहिले हामीले विद्यालयका बसलाई हिँड्न अनुमति दिएका छैनौं । केही समयपछि अवस्था हेरेर विद्यालयबाट निक्लिनको लागि समय दिन्छौं,’ रिजालले भने ।
यसैगरी, विभिन्न कार्यालयहरुमा गएका कर्मचारीहरुलाई पनि तत्काल कार्यालय भन्दा बाहिर नआउन भनिएको छ। अवस्था हेरेर उनीहरुलाई घर घरसम्म पुग्ने व्यवस्था मिलाउने जानकारी रिजालले दिए । सोमबार बिहान ९ बजेबाट जेनजी पुस्ताले गरेको प्रर्दशनलाई नियन्त्रणमा लिन प्रसाशनले कफ्र्यू जारी गरेको छ ।
प्रहरीको गोली लागेर केही मानिस घाइतेसमेत भएका छन् । अहिलेसम्म सो प्रदर्शनमा मृत्यु हुनेहरूको संख्या १३ पुगेको छ । एकसय भन्दा बढी घाइते भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।