logo

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

एजुकेशन र एड्भेञ्चर हबको रुपमा लोकप्रिय हुँदै

    1934   पटक पढिएको

४ माघ / अर्थ र व्यापार– चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा गोरखाको बुट्टार र चितवनको कुरिनघाटमा त्रिशुली नदी किनारमा अबस्थित छ ।

विदेशी पर्यटकलाई मात्र नभएर आन्तरिक एवं पारिवारिक वातावरणमा रमाउने स्वदेशी र विदेशी पर्यटकलाई सम्पूर्ण सेवा दिने उदेस्यले रिभरफन बिच रिसोर्टमा अहिले लगानी थपेर वाटर पार्क, जिपलाईन (वयस्क र वच्चाहरुका लागी), स्विमिङ पुल, वोटानिकल गार्डेन समेत निर्माण गरिएको छ । जसले गर्दा रिसोर्ट वाटर बेस्ड एड्भेञ्चरका लागी उत्कृष्ठ गन्तव्य बनेको विश्वास आँफुहरुको रहेको रिसोर्टका प्रबन्ध निर्देशक शंकर अधिकारीले वताए ।

त्यसका साथै रिभरफन बिच रिसोर्टमा ¥याफ्टीङ, स्काईरोप साईक्लिङ, क्यानो पे वाक र क्लाईम्बिङ वाल मार्फत साहसिक गतिविधि रमाउन र त्यसको आनन्द समेत लिन सकिन्छ ।

पछिल्लो समय रिसोर्ट परिसरमै रिभरफ्रन्ट रेष्टुरेण्ट समेत सञ्चालनमा ल्याएको रिसोर्टले लगानी थपेर आकर्षक वाटरपार्क, कन्फरेन्स हल, विभिन्न प्रकारका कोठा विस्तार लगायत अन्य पूर्वाधार निर्माणको काम समेत सम्पन्न गरिसकेको छ । अहिले रिसोर्ट स्कुल, कलेजका विद्यार्थीहरुका लागी भ्रमण गन्तव्य देखि पारिवारिक, कर्पोरेट तथा सभा सम्मेलनका लागी समेत उपयुक्त गन्तव्यका रुपमा विकास भएको प्रबन्ध निर्देशक अधिकारीले वताए ।

सेवाग्राहीलाई कम शुल्कमा स्तरीय सेवा प्रदान गर्ने उदेश्य आँफुहरुको रहेको उनले वताए । करिव ५० रोपनी क्षेत्रफलमा निर्माण भएको रिसोर्टमा हरियाली वातावरणको समेत अनुभव गर्न सकिन्छ ।

उत्कृष्ठ गन्तव्यका रुपमा विकास गर्न रिसोर्टमा एड्भेञ्चर र हस्पिटालिटिको फ्युजन गरिएको प्रबन्ध निर्देशक अधिकारीले वताए । त्यसका साथै नेपाली स्वादको अर्गानिक खाना पस्किने समेत उनले वताए । रिसोर्टमा डिलक्स रुम ४० वटा तथा १ सय भन्दा वढि क्याम्पीङ टेन्टको समेत सुविधा रहेको छ । रिसोर्टको दैनिक पाँच सय जना सम्मलाई सेवा दिन सक्ने क्षमता रहेको छ ।

पछिल्लो समय रिसोर्ट विदेशी मात्र नभएर आन्तरिक पर्यटकको समेत एकदमै आकर्षक गन्तव्यका रुपमा विकास भएको रिसोर्ट निर्देशक राजन सिम्खडाले वताए । सन् २०१२ मा पूर्वाधार निर्माणको काम थालनी भएको यस रिसोर्टमा अहिलेसम्म करिब ४५ करोड रुपैयाँ लगानी भइसकेको सिम्खडाले बताए । विगतका वर्षहरुको तुलनामा अहिले पाहुँनाको चाप निकै बढ्न थालेको समेत सिम्खडाले वताए ।

रिभरफन बीच रिसोर्ट हुँदै गोरखाको गण्डकी गाउँपालिका जोड्ने त्रिशुली नदीमाथि जीपलाइनमा अहिले आन्तरिक पर्यटक पनि निकै रमाउन थालेको सिम्खडाले जानकारी दिए । विदेशी खानाको पारखीहरुदेखि नेपाली थकाली खाना मन पराउने आन्तरिक र बाह्य दुवै पर्यटकलाई उच्चस्तरको स्वाद, सेवा र सत्कार दिने आँफुहरुको चाहना भएकाले अहिले यो रिसोर्ट आन्तरिक एवं वाह्य पर्यटकको रोजाईमा परेको प्रवन्ध निर्देशक अधिकारीले बताए ।

रिसोर्टका प्रबन्ध निर्देशक शंकर अधिकारीले अहिले पारिवारिक वातावरणमा रमाउनेहरुका लागि पनि रिसोर्ट निकै लोकप्रिय भईरहेको दावी गरे । उनले निकट भविष्यमा रिसोर्टमा एटिभि राईड पनि सञ्चालनमा ल्याईने समेत वताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।