logo

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

एजुकेशन र एड्भेञ्चर हबको रुपमा लोकप्रिय हुँदै

    1348   पटक पढिएको

४ माघ / अर्थ र व्यापार– चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा गोरखाको बुट्टार र चितवनको कुरिनघाटमा त्रिशुली नदी किनारमा अबस्थित छ ।

विदेशी पर्यटकलाई मात्र नभएर आन्तरिक एवं पारिवारिक वातावरणमा रमाउने स्वदेशी र विदेशी पर्यटकलाई सम्पूर्ण सेवा दिने उदेस्यले रिभरफन बिच रिसोर्टमा अहिले लगानी थपेर वाटर पार्क, जिपलाईन (वयस्क र वच्चाहरुका लागी), स्विमिङ पुल, वोटानिकल गार्डेन समेत निर्माण गरिएको छ । जसले गर्दा रिसोर्ट वाटर बेस्ड एड्भेञ्चरका लागी उत्कृष्ठ गन्तव्य बनेको विश्वास आँफुहरुको रहेको रिसोर्टका प्रबन्ध निर्देशक शंकर अधिकारीले वताए ।

त्यसका साथै रिभरफन बिच रिसोर्टमा ¥याफ्टीङ, स्काईरोप साईक्लिङ, क्यानो पे वाक र क्लाईम्बिङ वाल मार्फत साहसिक गतिविधि रमाउन र त्यसको आनन्द समेत लिन सकिन्छ ।

पछिल्लो समय रिसोर्ट परिसरमै रिभरफ्रन्ट रेष्टुरेण्ट समेत सञ्चालनमा ल्याएको रिसोर्टले लगानी थपेर आकर्षक वाटरपार्क, कन्फरेन्स हल, विभिन्न प्रकारका कोठा विस्तार लगायत अन्य पूर्वाधार निर्माणको काम समेत सम्पन्न गरिसकेको छ । अहिले रिसोर्ट स्कुल, कलेजका विद्यार्थीहरुका लागी भ्रमण गन्तव्य देखि पारिवारिक, कर्पोरेट तथा सभा सम्मेलनका लागी समेत उपयुक्त गन्तव्यका रुपमा विकास भएको प्रबन्ध निर्देशक अधिकारीले वताए ।

सेवाग्राहीलाई कम शुल्कमा स्तरीय सेवा प्रदान गर्ने उदेश्य आँफुहरुको रहेको उनले वताए । करिव ५० रोपनी क्षेत्रफलमा निर्माण भएको रिसोर्टमा हरियाली वातावरणको समेत अनुभव गर्न सकिन्छ ।

उत्कृष्ठ गन्तव्यका रुपमा विकास गर्न रिसोर्टमा एड्भेञ्चर र हस्पिटालिटिको फ्युजन गरिएको प्रबन्ध निर्देशक अधिकारीले वताए । त्यसका साथै नेपाली स्वादको अर्गानिक खाना पस्किने समेत उनले वताए । रिसोर्टमा डिलक्स रुम ४० वटा तथा १ सय भन्दा वढि क्याम्पीङ टेन्टको समेत सुविधा रहेको छ । रिसोर्टको दैनिक पाँच सय जना सम्मलाई सेवा दिन सक्ने क्षमता रहेको छ ।

पछिल्लो समय रिसोर्ट विदेशी मात्र नभएर आन्तरिक पर्यटकको समेत एकदमै आकर्षक गन्तव्यका रुपमा विकास भएको रिसोर्ट निर्देशक राजन सिम्खडाले वताए । सन् २०१२ मा पूर्वाधार निर्माणको काम थालनी भएको यस रिसोर्टमा अहिलेसम्म करिब ४५ करोड रुपैयाँ लगानी भइसकेको सिम्खडाले बताए । विगतका वर्षहरुको तुलनामा अहिले पाहुँनाको चाप निकै बढ्न थालेको समेत सिम्खडाले वताए ।

रिभरफन बीच रिसोर्ट हुँदै गोरखाको गण्डकी गाउँपालिका जोड्ने त्रिशुली नदीमाथि जीपलाइनमा अहिले आन्तरिक पर्यटक पनि निकै रमाउन थालेको सिम्खडाले जानकारी दिए । विदेशी खानाको पारखीहरुदेखि नेपाली थकाली खाना मन पराउने आन्तरिक र बाह्य दुवै पर्यटकलाई उच्चस्तरको स्वाद, सेवा र सत्कार दिने आँफुहरुको चाहना भएकाले अहिले यो रिसोर्ट आन्तरिक एवं वाह्य पर्यटकको रोजाईमा परेको प्रवन्ध निर्देशक अधिकारीले बताए ।

रिसोर्टका प्रबन्ध निर्देशक शंकर अधिकारीले अहिले पारिवारिक वातावरणमा रमाउनेहरुका लागि पनि रिसोर्ट निकै लोकप्रिय भईरहेको दावी गरे । उनले निकट भविष्यमा रिसोर्टमा एटिभि राईड पनि सञ्चालनमा ल्याईने समेत वताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।