logo

नवनियुक्त प्रधानमन्त्री ओलीले पहिलो दिनमै गठन गरे २२ सदस्यीय मन्त्रिपरिषद

    1421   पटक पढिएको


३१ असार/अर्थ र व्यापार – आफु प्रधानमन्त्री भएको पहिलो दिन सोमबार नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले २२ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको शपथ खुवाएका हुन् ।
२२ सदस्यीय मन्त्रिपरिषद्मा २० जना प्रत्यक्ष निर्वाचित सांसद छन । नवनियुक्त प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति पौडेलले २२ सदस्यीय मन्त्रिहरुलाई शपथ खुवाएका हुन्।
नवनियुक्त मन्त्रिहरुमा नेपाली कांग्रेसका १० जना , नेकपा एमालेका ९ जना, जसपाका २ जना र लोकतान्त्रिक समाजवादी पार्टीका एक जना रहेका छन । प्रधानमन्त्री ओली नेतृत्वको यस मन्त्रिपरिषद्मा नेपाली कांग्रेसका प्रकाशमान सिंह र नेकपा एमालेका विष्णु पौडेललाई उप प्रधानमन्त्री बनाइएको छ। सिंह र पौडेल यसअघि नै उपप्रधानमन्त्रीको अनुभव संहालिसकेका मन्त्रीहरु छन्।
काँग्रेशका सिंहले उपप्रधान तथा सहरी विकासमन्त्री र एमालेका पौडेलले उपप्रधान तथा अर्थ मन्त्रालयको जिम्मेवारी पाएका छन्। पौडेलले अर्थ मन्त्रालयको नेतृत्व पाएको यो चौथोपटक हो । नवगठित मन्त्रिपरिषद्मा एमालेका तर्फबाट पृथ्वी सुब्बा गुरुङले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय , देवेन्द्र दाहालले भौतिक पूर्वाधार तथा यातायात, विद्या भट्टराईले शिक्षा विज्ञान तथा प्रविधि, मानवीर राईले रक्षा, राजकुमार गुप्ताले संघीय मामिला तथा सामान्य प्रशासन, बलराम अधिकारीले भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय र दामोदर भण्डारीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी पाएका छन्।
नेकपा एमालेले मन्त्री बनाएकामध्ये दाहाल, भट्टराई, राई र गुप्ता नयाँ अनुहार हुन्। अधिकारी र भण्डारीले यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ नेतृत्वको सरकारमा सम्हालेको मन्त्रालयमा निरन्तरता पाएका हुन्।
यस्तै, नेपाली कांग्रेसका तर्फबाट रमेश लेखकले गृह, आरजु देउवा राणाले परराष्ट्र मन्त्रालय, बद्री पाण्डेले पर्यटन, प्रदीप पौडेलले स्वास्थ्य तथा जनसंख्या, अजय चौरसियाले कानुन, रामनाथ अधिकारीले कृषि तथा पशुपन्छी विकास, दीपक खड्काले ऊर्जा जलस्रोत तथा सिंचाइ, तेजुलाल चौधरीले युवा तथा खेलकुद र ऐनबहादुर शाहीले वन तथा वातावरण मन्त्रालयको नेतृत्व सम्हाल्ने अवसर पाएका छन्। राणा, पाण्डे, पौडेल, चौरसिया, अधिकारी र शाही पहिलोपटक मन्त्री भएका नयाँ अनुहार हुन्।

एमाले र कांग्रेसका तर्फबाट सरकारमा सहभागीमध्ये राणा र दाहाल बाहेक अरु सबै प्रत्यक्ष निर्वाचित सांसद हुन्। राणा समानुपातिक सांसद् हुन् भने दाहाल राष्ट्रिय सभाका सदस्य हुन्।
कांग्रेसले १० मन्त्रालय पाएकामा पाण्डे, पौडेल र अधिकारी शेखर कोइराला समूहका हुन्। सिंहसहित ६ जना संस्थापन पक्षका हुन् भने कांग्रेसले चौधरीलाई राष्ट्रपति पौडेलको कोटामा मन्त्री बनाएको हो ।
कानुन मन्त्रालयको नेतृत्व पाएका चौरसिया कांग्रेसको संस्थापनमा पनि भुटानी शरणार्थी प्रकणमा मुद्दा खेपिरहेका बालकृष्ण खाण निकट मानिन्छन्। जसपाका प्रदीप यादवले खानेपानी र नवलकिशोर साहले महिला बालबालिका तथा ज्येष्ठ नागरिक र लोकतान्त्रिक समाजवादी पार्टीका शरतसिंह भण्डारीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नेतृत्व पाएका छन्।
यादव र साह यसअघि प्रचण्ड नेतृत्वको सरकारमा पनि थिए। उनीहरुको मन्त्रालय भने फेरिएको छ । यस्तै भण्डारीले पुरानै मन्त्रालय पाएका छन् । गत २१ फागुनमा राजनीतिक समीकरण फेरिनुअघि उनी प्रचण्ड नेतृत्वको सरकारमा श्रममन्त्री थिए । यादव, साह र भण्डारी पनि प्रत्यक्ष निर्वाचित सांसद हुन्।

यस्तो छ नवनियुक्त मन्त्रीहरुको कार्यविभाजन
१. केपी शर्मा ओली, प्रधानमन्त्री
२. प्रकाशमान सिंह, उपप्रधान तथा सहरी विकास
३. विष्णु पौडेल, उपप्रधान तथा अर्थ
४. पृथ्वीसुब्बा गुरुङ, सञ्चार तथा सूचना मन्त्रालय
५. रमेश लेखक, गृह
६. शरतसिंह भण्डारी, श्रम तथा रोजगार
७. आरजु राणा देउवा, परराष्ट्र
८. नवलकिशोर साह सुडी, महिला बालबालिका
९. बलराम अधिकारी, भूमि व्यवस्था तथा सहकारी
१०. दामोदर भण्डारी, उद्योग वाणिज्य तथा आपूर्ति
११. देवेन्द्र दाहाल, भौतिक पूर्वाधार तथा यातायात
१२. तेजुलाल चौधरी, युवा तथा खेलकुद
१३. प्रदीप यादव, खानेपानी
१४. प्रदीप पौडेल, स्वास्थ्य
१५. अजय चौरसिया, कानुन न्याय तथा संसदीय मामिला
१६. बद्री प्रसाद पाण्डे, संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
१७. रामनाथ अधिकारी, कृषि
१८. विद्या भट्टराई, शिक्षा विज्ञान तथा प्रविधि
१९. मानवीर राई, रक्षा
२०. दीपक खड्का, जलस्रोत तथा ऊर्जा
२१. राजकुमार गुप्ता, संघीय मामिला तथा सामान्य
२२. ऐनबहादुर शाही ठकुरी, वन तथा वातावरण

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।