logo

समृद्धि बहस मेगा टक शो आयोजना हुने

    1433   पटक पढिएको

९ असार / अर्थ र व्यापार- प्वाईन्ट मिडिया प्रा.लि.ले आगामी २८ असारमा समृद्धि बहस मेगा टक शो आयोजना गर्ने भएको छ । अर्थतन्त्रका विविध विषयमा सम्बन्धित सरोकारवाला, सरकारी निकाय, तथा निजी क्षेत्रको उपस्थितीमा बृहत छलफल गराउने उद्देश्यले मेगा टक शो आयोजना गर्न लागिएको प्वाईन्ट मिडियाका प्रवन्ध निर्देशक नविन काफ्लेले वताए ।

मेगा टक शो मा विभिन्न चारवटा सेसनमा विषय विज्ञ, सरकारी निकाय तथा निजी क्षेत्रका प्रतिष्ठित व्यवसायी र व्यवसायीक संस्थाका नेतृत्वकर्ताहरुले आ–आफ्ना धारणा राख्ने काफ्लेले वताए । ‘बजारमा देखिएको सुस्त आर्थिक गतिविधीलाई बढावा दिन, निजी क्षेत्रको मनोवल उकास्न तथा दीर्घकालिन रुपमा आवश्यक पर्ने नीतिगत सुधारका निम्ति यो कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने हाम्रो अपेक्षा छ’ प्रवन्ध निर्देशक काफ्लेले भने ।

त्यसैगरी, नेपालको अर्थतन्त्रका महत्वपूर्ण क्षेत्रहरु तथा समृद्धिका आधार क्षेत्रहरुको प्रवर्धन र ति क्षेत्रमा देखा परेका विविध समस्याहरुको समाधानका लागि प्रेरित गर्दै नयाँ–नयाँ सम्भावनाहरुको खोजी गर्न यो कार्यक्रमले महत्वपूर्ण सहयोग गर्ने अपेक्षा गरिएको उनले बताए । त्यसका साथै कतिपय क्षेत्रमा भएका सकारात्मक र उदाहरणीय कार्यहरुलाई समेत यस कार्यक्रमले प्रोत्साहन गर्ने अपेक्षा रहेको उनले वताए ।

प्वाईन्ट मिडियाले अर्थ र व्यापार साप्ताहिक, अर्थ व्यापार डटकम अनलाइन तथा समृद्धि बहस टेलिभिजन कार्यक्रम सञ्चालन गर्दै आईरहेको छ । यस कार्यक्रममा नेपाल सरकारका मन्त्रीहरु, विभिन्न दलका नेताहरु तथा सांसदहरु, उच्चपदस्थ सरकारी कर्मचारीहरु, निजी क्षेत्रका विभिन्न संघ संस्थाका नेतृत्वहरु, व्यवसायीक प्रतिष्ठानका प्रमुखहरु, बैंक वित्तिय संस्था तथा विमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरु, व्यवसायीहरु तथा संचारकर्मीहरुको सहभागिता रहने छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।