logo

प्रकाशकीय : विकास र समृद्धिका लागी पत्रकारिता

    1419   पटक पढिएको

मुलुकको अर्थतन्त्र कुनै न कुनै रुपमा लामो समयदेखि समस्यामा छ । नेपाल राष्ट्र बैंक र सरकारी निकायहरुले मुलुकको अर्थतन्त्रमा कुनै समस्या नरहेको वताए पनि यथार्थमा त्यस्तो देखिँदैन । बाह्य क्षेत्रमा सुधार देखिए पनि आन्तरिकतर्फ देशभित्रको औद्योगिक र व्यवसायिक वातावरण भने सुस्त छ । बजारमा चहलपहल छैन, निजी क्षेत्रको मनोबल बढ्न सकेको छैन् ।

अर्कोतिर सन् २०१९ को अन्त्यतिर वाट विश्वभर फैलिएको कोरोना भाईरस र त्यसवाट उत्पन्न असहज परिस्थितिका कारण देशको अर्थतन्त्रमा देखिएको संकटको असर पनि केहि कायमै छ, यसतर्फ भने सुधारका केहि स्पष्ट संकेतहरु देखिएका छन् । मुलुकको पर्यटन क्षेत्र करिव–करिव पुरानै लयमा मात्र फर्किएको छैन, सुधारको बाटोमा अगाडी बढेको छ ।

जनताको चाहना राजनितिक स्थिरता, विकास र समृद्धि रहेपनि देशले अझै सहि दिशा समाउन सकेको छैन । अझै पनि देशको मुख्य प्राथमिकता आर्थिक एजेण्डाहरु बन्न सकेको छैन । सरकारले निजी क्षेत्र, व्यवसायी, नागरिक र आम युवाहरुमा आशा जगाउन सकेको छैन् । दैनिक रुपमा ठूलो संख्यामा नेपाली युवाहरु बैदेशिक रोजगारीमा जाने क्रम झन् बढ्दो छ । तिनै नेपालीहरुले पठाएको रेमिटेन्सले नै देश चल्नुपर्ने अवस्था छ । पछिल्लो समय युवा पलायन यसरी बढेको छ कि यहि अवस्था रहे देशमा युवा जनशक्तिको चरम अभाव हुनेछ, जसको प्रत्यक्ष असर मुलुकको विकासमा पर्नेछ ।

त्यसो त देशको अर्थतन्त्रमा देखिएका समस्याहरुको समाधानका लागी केहि पहलहरु पक्कै भएका छन् । हालै मात्र सरकारले आगामी आर्थिक वर्षको लागी निति तथा कार्यक्रम र बजेट पनि सार्वजनिक गरेको छ । आगामी दिनमा अर्थतन्त्रलाई चलायमान गराउन सरकार र सम्बन्धित निकायहरुले उचित रणनितिहरु लिनेछन भन्ने आशा भने गर्न सकिन्छ । यसका लागी अर्थतन्त्रमा समस्या नै छैन भनेर होईन कि, समस्या कहाँ छ भन्ने सहि पहिचान गरेर समाधानका उचित रणनितिहरु बनाउनु आवश्यक छ ।

अर्थतन्त्रका लागी गत वर्ष त्यति अनुकुल नरहेको अवस्थामा पनि प्वाईन्ट मिडिया प्रा.लि द्धारा प्रकाशित/सञ्चालित अनलाईन Arthabyapar.com ले दश वर्ष पुरा गर्दै एघारौं वर्षमा प्रवेश गरेको छ । यस दश वर्षको अनुभवले हामीलाई अझ वढि जिम्मेवार, सत्य र निष्पक्ष समाचार र विचार सम्प्रेषणका लागी थप जिम्मेवारीबोध भएको छ । यसका साथै हामीले अर्थ र व्यापार साप्ताहिक पनि सञ्चालन गर्दै आएका छौं । समृद्धि बहस कार्यक्रम मार्फत मुलुकको अर्थराजनीतिक क्षेत्रमा बहस पनि हामीले सञ्चालन गर्दै आईरहेका छौं । समय, प्रविधि र पाठकहरुको चाहनामा आएको परिवर्तनलाई मनन गर्दै हामीले अब हाम्रो यात्रालाई डिजिटल तर्फ अझ प्रभावकारी ढंगले अगाडी बढाउने प्रण गरेका छौं । अवको नेपालको आर्थिक पत्रकारिता मुलुकको समृद्धिका लागी हुनेछ र हुनुपर्छ भन्नेमा हामी स्पष्ट छौं ।

Arthabyapar.com ले एघार वर्ष प्रवेश गरेको अवसरमा हामी हाम्रा सम्पूर्ण पत्रकार, कर्मचारी तथा वितरण विभागका सम्पूर्ण सहकर्मीहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौं । त्यसका साथै हाम्रा आदरणीय पाठकवर्ग, विज्ञापनदाता तथा शुभचिन्तकहरुलाई पनि हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।

Arthabyapar.com को एघार वर्ष प्रवेशको अवसरमा Arthabyapar.com ले आगामी दिनमा पस्कने सामग्रीहरुलाई अझ परिष्कृत र विश्लेषणात्मक बनाउने जिम्मेवारीवोध पनि हामीलाई भएको छ । त्यसका साथै मुलुकको आर्थिक विकास र समृद्धिका लागी अर्थतन्त्रमैत्री वातावरण निर्माण, लगानीमैत्री वातावरण निर्माण, समयानुकुल निति निर्माण तर्जुमा गर्ने वातावरण निर्माण गर्ने तथा मुलुकमा भएका सम्भावनाहरुको उजागर गर्दै विकृति र विसंगतिहरुको पर्दाफास गर्न Arthabyapar.com पत्रकारिताकै माध्यमवाट सदैव लागिरहने प्रतिवद्धता पुनः व्यक्त गर्दछौं । त्यसका साथै आम जनताका सरोकारका विषय लाई पनि हामी विगत जस्तै सदैव उठाईरहने छौं ।
-प्वाईन्ट मिडिया प्रा.लि.

 

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।