logo

प्रकाशकीय : विकास र समृद्धिका लागी पत्रकारिता

    1046   पटक पढिएको

मुलुकको अर्थतन्त्र कुनै न कुनै रुपमा लामो समयदेखि समस्यामा छ । नेपाल राष्ट्र बैंक र सरकारी निकायहरुले मुलुकको अर्थतन्त्रमा कुनै समस्या नरहेको वताए पनि यथार्थमा त्यस्तो देखिँदैन । बाह्य क्षेत्रमा सुधार देखिए पनि आन्तरिकतर्फ देशभित्रको औद्योगिक र व्यवसायिक वातावरण भने सुस्त छ । बजारमा चहलपहल छैन, निजी क्षेत्रको मनोबल बढ्न सकेको छैन् ।

अर्कोतिर सन् २०१९ को अन्त्यतिर वाट विश्वभर फैलिएको कोरोना भाईरस र त्यसवाट उत्पन्न असहज परिस्थितिका कारण देशको अर्थतन्त्रमा देखिएको संकटको असर पनि केहि कायमै छ, यसतर्फ भने सुधारका केहि स्पष्ट संकेतहरु देखिएका छन् । मुलुकको पर्यटन क्षेत्र करिव–करिव पुरानै लयमा मात्र फर्किएको छैन, सुधारको बाटोमा अगाडी बढेको छ ।

जनताको चाहना राजनितिक स्थिरता, विकास र समृद्धि रहेपनि देशले अझै सहि दिशा समाउन सकेको छैन । अझै पनि देशको मुख्य प्राथमिकता आर्थिक एजेण्डाहरु बन्न सकेको छैन । सरकारले निजी क्षेत्र, व्यवसायी, नागरिक र आम युवाहरुमा आशा जगाउन सकेको छैन् । दैनिक रुपमा ठूलो संख्यामा नेपाली युवाहरु बैदेशिक रोजगारीमा जाने क्रम झन् बढ्दो छ । तिनै नेपालीहरुले पठाएको रेमिटेन्सले नै देश चल्नुपर्ने अवस्था छ । पछिल्लो समय युवा पलायन यसरी बढेको छ कि यहि अवस्था रहे देशमा युवा जनशक्तिको चरम अभाव हुनेछ, जसको प्रत्यक्ष असर मुलुकको विकासमा पर्नेछ ।

त्यसो त देशको अर्थतन्त्रमा देखिएका समस्याहरुको समाधानका लागी केहि पहलहरु पक्कै भएका छन् । हालै मात्र सरकारले आगामी आर्थिक वर्षको लागी निति तथा कार्यक्रम र बजेट पनि सार्वजनिक गरेको छ । आगामी दिनमा अर्थतन्त्रलाई चलायमान गराउन सरकार र सम्बन्धित निकायहरुले उचित रणनितिहरु लिनेछन भन्ने आशा भने गर्न सकिन्छ । यसका लागी अर्थतन्त्रमा समस्या नै छैन भनेर होईन कि, समस्या कहाँ छ भन्ने सहि पहिचान गरेर समाधानका उचित रणनितिहरु बनाउनु आवश्यक छ ।

अर्थतन्त्रका लागी गत वर्ष त्यति अनुकुल नरहेको अवस्थामा पनि प्वाईन्ट मिडिया प्रा.लि द्धारा प्रकाशित/सञ्चालित अनलाईन Arthabyapar.com ले दश वर्ष पुरा गर्दै एघारौं वर्षमा प्रवेश गरेको छ । यस दश वर्षको अनुभवले हामीलाई अझ वढि जिम्मेवार, सत्य र निष्पक्ष समाचार र विचार सम्प्रेषणका लागी थप जिम्मेवारीबोध भएको छ । यसका साथै हामीले अर्थ र व्यापार साप्ताहिक पनि सञ्चालन गर्दै आएका छौं । समृद्धि बहस कार्यक्रम मार्फत मुलुकको अर्थराजनीतिक क्षेत्रमा बहस पनि हामीले सञ्चालन गर्दै आईरहेका छौं । समय, प्रविधि र पाठकहरुको चाहनामा आएको परिवर्तनलाई मनन गर्दै हामीले अब हाम्रो यात्रालाई डिजिटल तर्फ अझ प्रभावकारी ढंगले अगाडी बढाउने प्रण गरेका छौं । अवको नेपालको आर्थिक पत्रकारिता मुलुकको समृद्धिका लागी हुनेछ र हुनुपर्छ भन्नेमा हामी स्पष्ट छौं ।

Arthabyapar.com ले एघार वर्ष प्रवेश गरेको अवसरमा हामी हाम्रा सम्पूर्ण पत्रकार, कर्मचारी तथा वितरण विभागका सम्पूर्ण सहकर्मीहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौं । त्यसका साथै हाम्रा आदरणीय पाठकवर्ग, विज्ञापनदाता तथा शुभचिन्तकहरुलाई पनि हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।

Arthabyapar.com को एघार वर्ष प्रवेशको अवसरमा Arthabyapar.com ले आगामी दिनमा पस्कने सामग्रीहरुलाई अझ परिष्कृत र विश्लेषणात्मक बनाउने जिम्मेवारीवोध पनि हामीलाई भएको छ । त्यसका साथै मुलुकको आर्थिक विकास र समृद्धिका लागी अर्थतन्त्रमैत्री वातावरण निर्माण, लगानीमैत्री वातावरण निर्माण, समयानुकुल निति निर्माण तर्जुमा गर्ने वातावरण निर्माण गर्ने तथा मुलुकमा भएका सम्भावनाहरुको उजागर गर्दै विकृति र विसंगतिहरुको पर्दाफास गर्न Arthabyapar.com पत्रकारिताकै माध्यमवाट सदैव लागिरहने प्रतिवद्धता पुनः व्यक्त गर्दछौं । त्यसका साथै आम जनताका सरोकारका विषय लाई पनि हामी विगत जस्तै सदैव उठाईरहने छौं ।
-प्वाईन्ट मिडिया प्रा.लि.

 

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।