logo

सरकारले ल्यायो १८ खर्ब ६० अर्ब ३० करोड बजेट

राजस्वको लक्ष्य १२ खर्ब ६० अर्ब, मदिरा र सुर्तिजन्य पदार्थमा अन्तशुल्क बृद्धि

    1155   पटक पढिएको

१५ जेठ/अर्थ र व्यापार – सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ कालागि कुल १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री वर्षमान पुनले मंगलबार संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षका लागि सो आकारको बजेट सार्वजनिक गरेका हुन् ।
यो चालु आवको तुलनामा ६.२ प्रतिशतले धेरै हो । यो संशोधित बजेट भन्दा २१.५६ प्रतिशत धेरै हो । चालु आर्थिक वर्षकालागि सरकारले १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट विनियोजन गरेको थियो ।
अर्थमन्त्री पुनले कुल विनियोजित बजेटमा ११ खर्ब ४० अर्ब ६६ करोड चालु र ३ खर्ब ५२ अर्ब ३५ करोड पुँजीगत खर्चको विनियोजन गरेका छन् । ३ खर्ब ६७ अर्ब १८ करोड वित्तीय व्यवस्थाका लागि विनियोजन गरिएको जनाएका छन्।
नेपालमा पुँजीगतभन्दा वित्तीय व्यवस्थामा धेरै विनियोजन भएको छ । ऋणको साँवा तथा ब्याज भुक्तानीको दायित्व बढ्दै गएपछि सरकारले वित्तीय व्यवस्थामा धेरै विनियोजन गरेको हो। खर्च जुटाउनका लागि सरकारले कुल १२ खर्ब ६० अर्ब ३० करोड राजस्व उठाउने लक्ष्य राखेको छ ।
यसैगरी, ५२ अर्ब ३३ करोड वैदेशिक अनुदानबाट व्यवस्था गर्ने अनुमान गरिएको छ । आगामी वर्ष २ खर्ब १७ अर्ब वैदेशिक ऋण परिचालन गर्ने लक्ष्य लिएको सरकारले ३ खर्ब ३० अर्ब आन्तरिक ऋण उठाउने लक्ष्य लिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।