logo

बल्खुमा सुरुभयो भिडन्त, दुर्गा प्रसाईं समूह र युवा संघका प्रदर्शनकर्ताबीच ढुंगा हानाहान

    807   पटक पढिएको


७ मंसिर/अर्थ र व्यापार – बिहीबार काठमाडौंमा प्रदर्शनरत युवा संघका कार्यकर्ता र मेडिकल व्यवसायी दुर्गा प्रसाईं समूहबीच बल्खुमा ढुंगा हानाहान भएको छ ।
मोटरसाइकल ¥याली गर्दै बल्खु पुगेका युवा संघका कार्यकर्तासँग प्रसाईं समूहको झडप भएको हो।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले युवा संघलाई काठमाडौंको तीनकुनेमा प्रदर्शन गर्न भनेको छ। तर, करिब ३० जना युवा संघका कार्यकर्ता बाइक ¥याली गर्दै बल्खुमा पुगेपछि झडपको अवस्था आएको हो।
युवा संघका कार्यकर्ताले सडकमा आउजाउ गरिरहेका सर्वसाधारणमाथि पनि ढुंगा हान्ने र हातपात समेत गरेका छन्। कालिमाटीबाट बल्खु हुँदै तीनकुने आउन लागेको युवा संघको बाइक र्‍यालीमाथि बल्खुमा ढुंगा प्रहार भएपछि झडप भएको हो ।
प्रसाईं समूहको तोडफोडबाट बल्खु आसपासका केही संरचनामा क्षति पुगेको छ। यो भिडन्तलाई मध्यनजर गर्दै सुरक्षाकर्मीले त्यहाँको स्थिति नियन्त्रणमा लिएको छ।
बल्खु क्षेत्रमा थप सुरक्षाकर्मी केन्द्रित गरिएको छ। बल्खुमा विभिन्न ठाउँबाट जुलुससहित प्रदर्शनकारी आइरहेका छन्।
प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति बचाऊ अभियान’को ¥यालीमा गणतन्त्र र संघीयताविरोधी चर्का नारा लागेको छ । ¥यालीमा सहभागीले ‘गणतन्त्र खारेज गर, नारायणहिटी खाली गर’जस्ता लारा लगाएका छन्। उनीहरूले हिन्दू राष्ट्र कायम गर भन्नेजस्ता नारा पनि लगाएका छन्। 

दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानले बल्खुमा प्रदर्शनको तयारी गरिरहेको छ । त्यही बेला युवासंघको र्‍याली बल्खुमा पुगेको थियो । युवा संघले भने तीनकुनेमा प्रदर्शन गर्दै छ । ढुंगामुढाबाट बल्खु आसपासमा केही संरचनामा क्षति पुगेको छ भने केही बाइक र गाडीमा पनि क्षति पुगेको छ । अहिले सुरक्षाकर्मीले त्यहाँको स्थिति नियन्त्रणमा लिएको छ । बल्खु क्षेत्रमा थप सुरक्षाकर्मी केन्द्रित गरिएको छ । दवै समुहबीचको सो झडपबाट दर्जर्नो सवारी साधनमा समेत क्षति भएको छ ।  

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।