logo

सुनको भाउ बढेर प्रतितोला १ लाख १७ हजार पुग्यो

    1016   पटक पढिएको


१२ कात्तिक/अर्थ र व्यापार – सुनको भाउ अकासियर शनिबार नयाँ रेकर्ड कायम गरेको छ । निरन्तर उकालो लागेको बहुमुल्य बस्तु छापावाल सुनको मूल्य शनिबार बढेर प्रतितोला १ लाख १७ हजार रुपैयाँ पुगेर अहिलेसम्मकै नयाँ रेकर्ड कायम गरेको हो ।
नेपाली बजारमा शनिबार मात्र १ हजार रुपैयाँले सुनको भाउ बढेको नेपाल सुन चाँदी व्यावसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार शनिबार प्रतितोला छापावाल सुनको मुल्य १ लाख १७ हजारमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुन प्रतितोला १ लाख १६ हजार ४५० रुपैयाँमा र चाँदी प्रतितोला १ हजार ४१५ रुपैयाँमा कारोबार भएको थियो ।
दसैं बिदापछि शुक्रबार खुलेको बजार मुल्य अनुसार प्रतितोला छापावाल सुनको मूल्य १ लाख १६ हजार रुपैयाँ रहेको थियो। शुक्रबारको तुलनामा शनिबार १ हजार रुपैयाँले भाउ बढेको महासंघले जनाएको छ । महासंघले जानकारी गराए अनुसार यसअघि असोज महिनाको सुरुवाती दिनमा भाउ बढेर १ लाख सातहजार रुपैयाँसम्म आइपुगेको सुन शनिबार अत्यधिक बढेर प्रतितोला १ लाख १७ हजार रुपैयाँ कायम भएको हो।
हाल विश्वभर नै सुनको माग बढिरहँदा नेपाली बजारमा पनि सुनको भाउ अत्यधिक बढेर यस्तो नयाँ रेकर्ड कायम गरेको हो । विशेषगरि गरगहनामा प्रयोग गरिने पहेंलो बहुमल्य बस्तु सुनमा नेपाली उपभोक्ताले धेरै खर्च गर्दै आएका छन ।
आर्थिक मन्दिका कारण हाल लगानीको अन्य आधार कमजोर हुदैं जाँदा सुनमा लगानी सुरक्षित मानिदै आएको सुन कारोबारमा संलग्न व्यवसायीहरुले बताउँदै आएका छन ।
नेपाली उपभोक्ताले विशेषगरि तिज, बिबाहको मौसम र लक्ष्मीपुजाको अवसरमा सुनका गरगहनामा लगानी गर्दै आएका छन । दसैं सकिएर अब तिहार आउन लागेको र विस्तारै मंसिरको बिबाहको मौसम पनि सुरु हुन लागेकाले अहिले बजारमा सुन कारोबार हुनेबेला यसरी अत्यधिक रुपमा बढेको सुनको बजार भाउले उपभोक्ता थप मारमा पर्ने सुन चाँदी व्यावसायी महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।