logo

आफ्नो चीन भ्रमणमा हिल्सा सडक प्राथामिकतामा : प्रधानमन्त्री प्रचण्ड

    1057   पटक पढिएको


४ भदौ/अर्थ र व्यापार – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी महिना हुने आफ्नो चीन भ्रमणमा सुर्खेत–हिल्सा सडक निर्माणलाई प्राथमिकता दिने बताएका छन् ।
कर्णाली प्रदेश स्थापना दिवसको अवसरमा वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन । उनले आफ्नो चीन भ्रमण उपलब्धीमूलक हुने आशा गरेको पनि बताए ।
‘हिल्सा–सुर्खेत सडक निर्माणबारे मेरो अब हुन लागेको चीन भ्रमणमा प्राथामिकतामा पनि छ । मलाई विश्वास छ, यसपटक हामी यसमा ठूलो फड्को हान्ने छौं । अहिले यतिनै भने ’ उनले भने ।
प्रधानमन्त्री दाहालले भेरी, कर्णाली करिडोर लगायतका ठूला सडक परियोजना संघीय सरकारको प्राथमिकतामा रहेको बताए । ‘प्रदेशको मेरुदण्डका रुपमा रहेका कर्णाली, भेरी कोरिडोर, कर्णाली राजमार्ग, राप्ती लोकमार्ग लगायतका महत्वपूर्ण सडक निर्माणमा मेरो ध्यान गएको छ’ उनले भने ।
प्रधानमन्त्री दाहालले कर्णालीका कच्ची र कमजोर सडकले दुर्घटनाको जोखिम बढेकोेबारे आफू जानकार रहेको भन्दै यहाँको सडक पूर्वाधार विकासमा संघीय सरकारले विशेष जोड दिने बताए ।
‘बेरोजगारी र अभावले हजारौं युवा मुग्लान पसिरहेको अनुभूति पनि छ । उपचार नपाउँदा गर्भवतीको अकालमा ज्यान जाने गरेको भयावह स्थिति पनि अनुभूति गरेको छु’ उनले भने, ‘कर्णालीको अभाव, गरिवी र भूगोलमा म बसेकोे छु । कर्णालीको विकास केन्द्रको प्राथामिकतामा छ, मेरो प्रथामिकतामा छ ।’
प्रधानमन्त्री प्रचण्डले कर्णालीमा परिवर्तन महसुस हुने गरी काम गर्ने पनि बताए । कार्यक्रममा नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले भेरी करिडोर र कर्णाली करिडोरलाई प्राथमिकता दिन प्रधानमन्त्री दाहालसँग आग्रह गरे ।
भेरी र कर्णाली करिडोरलाई सरकारले राष्ट्रिय गौरवको आयोजना राखेर निर्माण गरिदिए पुग्ने बताउँदै उनले भने, ‘यहाँ आउँदा कर्णाली तपाईंहरुको प्रथामिकतामा पर्छ होला तर सिंहदरबार पुगेपछि कर्णाली केन्द्रको प्राथामिकतामा पर्दैन ।’
कर्णालीका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही र जीवनबहादुर शाहीले पनि सुर्खेत–हिल्सा सडक निर्माणलाई प्राथमिकता दिन प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।