logo

दसैं तिहार नजिकिएसँगै रेमिट्यान्स भित्रिने क्रम बढ्यो, देसमा रित्तिएको ढुकुटी भर्न सहयोग हुने

    1088   पटक पढिएको

१७ भदौ/अर्थ र व्यापार – दसैं, तिहार र छठपर्व नजिकिएसँगै रेमिट्यान्स भित्रिने क्रम बढेको छ । चालु आर्थिक वर्ष २०७९/०८० सुरु भएसँगै रेमिट्यान्समा सुधार देखिएको थियो । चालु आर्थिक वर्षको वितेका दुई महिना साउन र भदौमा रेमिट्यान्स आप्रवाहमा सुधार देखिएको हो ।
विश्व महामारीका रुपमा फैलिएको कोरोना महामारीका कारण केही शिथिल बनेको रेमिट्यान्स चालु आवको गत साउन र भदौ महिनामा भने सुधार आएको रेमिट्यान्स कारोबारमा संलग्न व्यवसायीहरुले बताएका छन ।
गत आवको मध्येसम्म घटेको रेमिट्यान्स आप्रवाह असार मसान्तसम्म भने बढेको थियो । गत आर्थिक वर्ष २०७८÷०७९ मा रेमिट्यान्स आप्रवाह ४.८ प्रतिशतवृद्धि भएर १००७ अर्ब ३१ करोड पुगेको थियो । चालु आर्थिक वर्ष सुरु भएसँगै बढेको रेमिट्यान्सले अर्थतन्त्र सुधार उन्मुख रहेको सम्बन्धीत सरोकारवालाहरु एवं व्यवसायीले बताएका छन ।
आयातमुखी अर्थतन्त्र र रेमिट्यान्समा आएको गिरावटले अर्थतन्त्र संकटमा पर्न सक्ने आँकलन गरिएकोमा असार मसान्त र साउनको तथ्यांकले विस्तारै सुधार भएको उनीहरुको भनाई छ ।
रेमिट्यान्स घट्दा अर्थतन्त्रमा विभिन्न समस्या देखिने जोखिम बढेको भन्दै सबैले चिन्ता व्यक्त गरेका थिए । रेमिट्यान्स घटेपछि अर्थतन्त्रमा समस्या पर्न सक्ने भन्दै सरकार समेत अडराएको थियो ।
यसअघि अर्थविदहरुले पनि रेमिट्यान्स आप्रवाह घट्दाको असर समग्र अर्थतन्त्रमा पर्न थालेको भन्दै चिन्ता व्यक्त गर्दै आएका थिए । नेपाली मुद्रा विप्रेषक संघको सचिवालय प्रमुख श्याम पौडेलले साउन लागेपछि रेमिट्यान्स बढिरहेको बताए ।
कोरोना महामारीको प्रभाव कम परेको र चाडपर्वमा घरपरिवारका लागि खर्च पठाउने भएकोले रेमिट्यान्स बढेको उनको भनाइ छ । उनले रेमिट्यान्स बढ्दै गएपछि अर्थतन्त्रमा समेत सुधारको संकेत देखिएको बताए ।
हाल विदेश जानेहरुको संख्या बढ्दो छ, कोरोना महामारीको प्रभाव कम हुँदै गएको छ, गैर–कानुनी च्यानल घटेर कानुनी च्यानलबाट रेमिट्यान्स आउन थाल्यो, त्यसैले चाडपर्वमा रेमिट्यान्स बढ्ने संकेत देखिएको जानकारि गराउँदे उनले भने, ‘रेमिट्यान्स बढ्दै गएपछि अर्थतन्त्रमा सुधारको संकेत देखिएको छ, रेमिट्यान्स आप्रवाह बढ्दै गएपछि अर्थतन्त्रमा समस्यामा पर्ने अवस्था हुँदैन् ।’
रेमिट्यान्स बढाउनका लागि राष्ट्र बैंक र सरकारले चनाखो भएर काम गरेपछि रेमिट्यान्स बढेको उनको दावी छ । बाह्य रेमिट्यान्स बढेपनि आन्तरिक रेमिट्यान्स कारोबार भने घटेको व्यवसायी पौडेलले बताए । राष्ट्र बैंकले गरेको कडाइका कारण आन्तरिक रेमिट्यान्स कारोबार घटेर घाटा भएको उनको भनाई छ ।
नेपाली मुद्रा विप्रेषक संघका उपाध्यक्ष रितेश मित्तलले चाडपर्वको समयमा रेमिट्यान्सको आप्रवाह बढ्ने बताए । उनले हरेक वर्ष दशैंको एक महिना अघिबाट रेमिट्यान्स बढ्ने गरेको स्मरणगर्दै विदेश जानेको संख्या पनि बढेकोले रेमिट्यान्स बढ्ने अपेक्षा गरिएको बताए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।