logo

संसदीय छानबिन समितिमा निवर्तमान अर्थमन्त्री शर्माले दिए तीनघण्टाको बयान

    1019   पटक पढिएको

५ साउन/अर्थ र व्यापार – संसदीय विशेष छानबिन समितिले निवर्तमा अर्थमन्त्री जनार्दन शर्मासँग बिहीबार बिहान करिब तिन घण्टा बयान लिएको छ । बिहान साढे ८ बजेदेखि साढे ११ बजेसम्म समितिले शर्मासँग बयान लिएको थियो । चालु आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक हुने अघिल्लो दिन गत १४ जेठको राती अर्थमन्त्रालयमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको भन्ने आरोपका विषयमा शर्मासँग संसदीय विशेष छानबिन समितिले बयान लिएको हो ।
संघीय संसद् सचिवालयमा बयानपछि बाहिरिने क्रममा शर्माले पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै समितिले सोधेको जवाफ आफुले दिएको बताए । उनले भने, ’उहाँहरूले सोधेका प्रश्नको जवाफ दिएको छु, बाँकी कुरा उहाँहरूले भन्नुहुनेछ।’
समितिका एक सदस्यका अनुसार बयानका क्रममा शर्माले बजेट निर्माणका क्रममा बाहिरका मान्छे प्रवेश नगरेको बताएका थिए । बयानका क्रममा शर्माले भने, ‘बाहिरको मान्छे पस्ने कुनै सम्भावना छैन, पसेको भए थाहा भइहाल्थ्यो नि । त्यहाँ सुरक्षाकर्मी हुन्छन् । सीसीटीभी फुटेज कहिलेसम्म रहन्छ ? के हुन्छ त्यो बारे मलाइ केही जानकारी हुँदैन ।’
यसअघि गत मंगलबार समितिले बजेट निर्माणमा संलग्न अर्थमन्त्रालयका सचिव मधुकुमार मरासिनी सहित विभिन्न १० जनासँग छलफल गरिसकेको छ । समितिले छलफलकमा सहभागी गराई बयान लिईसकेकाहरुमा अर्थसचिव मरासिनी र अर्थमन्त्रालयका राजश्व सचिव कृष्णहरि पुष्कर, राजस्व व्यवस्थापन महाशाखा प्रमुख भुपाल बराल, बजेट तथा कार्यक्रम महाशाखा प्रमुख चक्रबहादुर बुढा, प्रशासन महाशाखा प्रमुख केदार शर्मा, भन्सार विभागका महानिर्देशक कमल भट्टराई, आन्तरिक राजश्व विभागका महानिर्देशक रितेशकुमार शाक्य, सूचना प्रविधि हेर्ने उपसचिव ठेकु श्रेष्ठ, राजश्व व्यवस्थापन महाशाखाका उपसचिवहरू सरद निरौला र गोपाल खत्रीसँग बयान लिईसकेको समितिले जनाएको छ । बयानको क्रममा उनीहरु मध्ये अधिकाँशले यस बारेमा आफुहरुलाई जानकारी नभएको भनेर अर्थमन्त्रालयको बचाउ गरेका थिए ।
संसदीय विशेष छानबिन समितिमा सांसदहरु लक्ष्मणलाल कर्ण, खगराज अधिकारी, देवप्रसाद गुरुङ, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, विमला विक, शक्ति बस्नेत, सरलाकुमारी यादव, सिताराम महतो, सुरेन्द्र यादव र मानबहादुर विश्वकर्मा सदस्य छन् ।
समितिले बुधबार पूर्व अर्थसचिव रामेश्वर खनाल, शान्तराज सुवेदी र शिशिर ढुंगानासँग पनि छलफल गरेको थियो । उनीहरुसँग बयान लिनुभन्दा अघि समितिले अर्थमन्त्रालय पुगेर सिसिटभी फुटेज प्रकरणको बारेमा जानकारी लिएको थियो । समितिले अर्थ मन्त्रालयमा प्राप्त सीसीटीभी फुटेज रिकभरीका लागि नेपाल प्रहरीको फरेन्सिक ल्याबमा पठाएको छ । सो ल्यावको रिर्पोट के आउँछ हेर्न बाँकी छ ।
समितिले बुधबार नै सो प्रकरणबारे समाचार लेख्ने सञ्चार गृहका पत्रकारहरुसँग पनि छलफल गरेको थियो । समितिले अन्नपूर्ण पोष्टका पत्रकारहरूसँग छलफल गरेको समितिका सचिव सुरेन्द्र अर्यालले जानकारी दिए । संघीय संसद सचिवालयमा भएको पत्रकारसँगको छलफलमा सो समाचार कुन आधारमा लेखिएको हो भनेर सोधिएको थियो । समितिका एक सांसदले छलफलमा सहभागी पत्रकारहरुले समाचारको स्रोत समितिलाई दिन नमानेको बताए । स्रोत खुलाउन सकिन्न भनेका पत्रकारले जे छ पत्रिकामा छ र हाम्रो स्रोतप्रति हामी विश्वस्त छौं भन्ने जवाफ दिएको उनले जानकारी दिए ।
यसअघि बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई अर्थमन्त्रालयभित्र बोलाएर करको दर हेरफेरको आरोप लागेपछि सभामुख सापकोटाले गत २२ असारमा ११ सदस्यीय संसदीय विशेष छानबिन समिति गठन गरेका थिए । सोही दिन शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएका थिए । त्यतिबेला समितिलाई काम सुरु गरेको मितिबाट १० दिनको समय तोकिएको थियो । गत २८ असारदेखि काम सुरु गरेको समितिको कार्यकाल बिहीबारबाट सकिदैछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।