logo

यूएईका राजकुमारले उपहार दिएको सुनको लौरो प्रसाईंले सरकारलाई दिने भनेपछि...

    1054   पटक पढिएको


५असार/अर्थ र व्यापार – शनिबार संयुक्त अरब इमिरेट्स (यूएई) का राजकुमार जुमा अल मोक्तुमले नेकपा एमालेको केन्द्रीय सदस्य एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई एउटा अनौठो किसिमको उपहार दिए । सो उपहार थियो सुन जस्तै देखिने सुनौलो लौरो । युएईका राजकुमारले नेपालका एक सामान्य मेडिकल व्यवसायीलाई सुनको लौरो नै उपहार दिएपछि अहिले सामाजिक सञ्जाल लगायत सवत्र यो सुनको लौरो उपहारको विषयले निकै चर्चा पाएको छ ।
यस लौरो उपहारको विषयलाई लिएर ती राजकुमार र प्रसाईंको सम्बन्धसँगै सुनको लौरो उपहार दिनु पछाडिको कारण पनि धेरैले बुझ्ने प्रयास गरेका छन् । सुन जस्तै पंहेलो धातु देखिने लौरोको विषयमा अहिले धेरै चर्चा र चौतर्फि आलोचना पनि भइरहेको छ ।

धेरैले युएईका राजकुमार र प्रसाईंबीच व्यवसायिक सम्बन्ध पनि रहेको चर्चा गरेका छन् भने कतिपयले भन्सारसँग सम्बन्धित विषय पनि उल्लेख गरेका छन् । प्रसाइँले उपहार पाएको यो सुनको लौरो कति केजीको हो ? त्यसको मूल्य कति पर्छ ? भन्सार शुल्क तिरेको छ वा छैन ? लगायतका विषयहरु सामाजिक सञ्जालमा देखिनसक्नु छ ।
तर, व्यवसायी दुर्गा प्रसाईं भने त्यो लौरो सुनको हो वा होइन भन्ने विषयमा आफुै नै अन्योलमा छन् । ‘सुनको लौरो हो कि के हो पहेँलो देखिएको छ, उहाँले लौरो दिनुभएको छ, मैले सुनको हो कि के हो भनेर सोध्ने कुरा भएन’ प्रसाइँले भने ।
यसैगरि, उनले यो उपहार आएको लौरो अब आफ्ले सरकारलाई बुझाउने घोषणा गरेका छन् । ‘मैले गृहमन्त्रीलाई पनि भनिसकेको छु, राज्यलाई आवश्यक भए उपहार स्वरुप दिन्छु, मैले पनि उपहार पाएको हो, गृहमन्त्रीले मन्त्रिपरिषद् बैठकबाट निर्णय गरेर लैजान्छु भन्नुभयो, यसअघि कसैले पनि पाएका थिएनन, मैले पाएँ,’ प्रसाइँले भने ।
उनले यसअघि राजनीतिक दलका नेता तथा प्रधानमन्त्रीहरु कसैले पनि राज्यलाई उपहार नदिएको भन्दै आफूले पाएको लौरो सरकारलाई दिने घोषणा गरेका छन । यसैगरि, उनले युएईका राजकुमार आफ्नो बिजनेस पाटर्नर भएको पनि खुलाएका छन् ।

युएईका राजकुमार मोक्तुमले शनिबार श्री एयरलाइन्सको चार्टर्ड विमान मार्फत चन्द्रगढी विमानस्थल अवतरण गरेका थिए । राजकुमारलाई दुर्गा प्रसाईंले स्वागत गरेका थिए । सो स्वागतका क्रममा उनले सुन जस्तो देखिने लौरो प्रसाइँलाई हस्तान्तरण गरेका थिए ।
राजकुमार मोक्तुमले ल्याएको सुनको लौरो नेपालको भन्सारको रेकर्डमा भने नदेखिएको बुझिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका अनुसार भन्सारमा चेकजाँच गर्दा सो लौरो देखिएको छैन ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय प्रमुख महेश भट्टराईंले राजकुमारले ल्याएको भनिएको लौरो आफुहरुलाई जानकारी नभएको बताए । ‘सुन जस्तै लौरो हामीले पनि सामाजिक सञ्जालमा देख्यौं तर, हाम्रोमा कुनै रेकर्ड देखिएको छैन, यस विषयमा विस्तारै खुल्ला, ससुनकै हो भन्ने पनि यकिन छैन,’ उनले भने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।