logo

गाडी उत्पादन गर्न कोरियाको मोट्रेक्स कम्पनीसँग वार्ता थाल्ने लगानी बोर्डको निर्णय

    1513   पटक पढिएको

२४ जेठ/अर्थ र व्यापार – लामो समयदेखि सबैको विशेष चासोको रुपमा रहेको नेपालमा सवारी साधानको एसेम्बल प्लान्ट राखेर गाडी उत्पादन गर्ने योजनालाई निरन्तरता दिन लगानी बोर्डले दक्षिण कोरियाको मोट्रेक्स कम्पनी लिमिटेडसँग वार्ता सुचारु गर्ने भएको छ ।
यसअघि कोरियन कम्पनी मोट्रेक्सले नेपालमा गाडी उत्पादन गर्ने सम्झौताको प्रयास गरेको थियो । सोही सम्झौता अनुसार नेपालमै गाडी उत्पादन गर्नका लागि मोट्रेक्सले बोर्डमा अनुमति दिएपनि सम्झौता हुन सकेको थिएन ।
सम्झौता अनुसार कम्पनीले रुपन्देहीको मोतीपुर औद्योगित क्षेत्रमा प्लान्ट राख्ने छ । यसका लागि एकसय बिघा जग्गा कम्पनीले पाउने छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको लगानी बोर्डको ५१ औं बैठकले कोरियाली कम्पनीसँग वार्ता जारी राख्ने निर्णय गरेको हो ।
यसअघि बोर्ड र कम्पनीबीच धेरैपटक वार्ता भएको थियो । मोट्रेक्सले मूल्य अभिवृद्धि कर (भ्याट) र अन्तःशुल्कका साथै अन्य सुविधाहरू मागेको छ । २०७६ सालको मंसिरमा मोट्रेक्सले प्लान्ट स्थापनाका लागि बोर्डसँग सम्झौतासमेत गरिसकेको छ । त्यसपछि कोरोना विश्व महामारिका कारण केही समय सम्पर्कमा नरहेको कम्पनीसँग बोर्डले पुनः सञ्चार सुरु गरेको हो ।
कर छुट दिएमा आउन सहज हुने मोट्रेक्सले बताउँदै आएको छ । मोट्रेक्सका लागि उपयुक्त ठाउँ मोतीपुर थियो तर पहिलो रोजाई लुम्बिनी स्पिनिङ मिल भएको ठाउँ परेको छ । यद्यपि प्लान्ट राख्ने स्थानको अझै तय भएको छैन । तर, मोट्रेक्सलाई रुपन्देहीको मोतीपुरमा प्लान्ट राख्न सरकारले आफैं जग्गा दिने सम्झौता गरिसकेको छ । यो स्थानमा राख्ने वा अन्य स्थानमा सार्ने छलफलको क्रममा रहेको छ । त्यसका अलवा मोट्रेक्स दर्तालगायतका काम पनि अघि बढेको उद्योग विभागले जनाएको छ ।
मोट्रेक्सले यसअघि नै नेगोसिएसन शुल्क तिरिसकेको र आफ्ना माग पूरा भएमा नेपालमा प्लान्ट राख्न तयार रहेको जानकारी गराएको छ । हाल मोट्रेक्सको एसेम्बलिङ प्लान्टका लागि लगानी उद्योग विभागमा पनि काम अगाडि बढिरहेको छ । मोट्रेक्सले २०७६ सालमै नेपालमा गाडी उत्पादनको लागि आवेदन दिएको थियो ।
लगानी बोर्ड बैठकले उसलाई मोटर उत्पादनको प्लान्ट राख्न दिने र १० अर्ब रुपैयाँ लगानी स्वीकृति गरेको थियो । बोर्डका अनुसार सो कम्पनीले नेपालमा न्यूनतम १५ अर्ब रुपैयाँसम्म लगानी गर्ने बताइएको छ । कम्पनीले नेपालमा चारपाङग्रे गाडी उत्पादन गर्ने जनाइएको छ ।
उद्योग विभागका अनुसार यसअघि नै २२ वटा उद्योग एसेम्बलिङ प्लान्ट राख्नका लागि दर्ता भइसकेका छन् । पछिल्लो समय बजेट प्रतिस्थापन विधेयकमा अर्थमन्त्री जनार्दन शर्माले एसेम्बल उद्योगलाई अन्तःशुल्कमा छुटको व्यवस्था गरेपछि उद्योगीहरू थप उत्साहित बनेका थिए ।
यसअघि गोल्छा समूहको हुलास मोटर्सले ‘मुस्ताङ’ ब्रान्डमा नेपालमै गाडी एसेम्बलिङ गरेको थियो । तर, सरकारी नीति सहयोगी नभएको बताउँदै हाल सो उद्योग बन्द भइसकेको अवस्था छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।