logo

गाडी उत्पादन गर्न कोरियाको मोट्रेक्स कम्पनीसँग वार्ता थाल्ने लगानी बोर्डको निर्णय

    1146   पटक पढिएको

२४ जेठ/अर्थ र व्यापार – लामो समयदेखि सबैको विशेष चासोको रुपमा रहेको नेपालमा सवारी साधानको एसेम्बल प्लान्ट राखेर गाडी उत्पादन गर्ने योजनालाई निरन्तरता दिन लगानी बोर्डले दक्षिण कोरियाको मोट्रेक्स कम्पनी लिमिटेडसँग वार्ता सुचारु गर्ने भएको छ ।
यसअघि कोरियन कम्पनी मोट्रेक्सले नेपालमा गाडी उत्पादन गर्ने सम्झौताको प्रयास गरेको थियो । सोही सम्झौता अनुसार नेपालमै गाडी उत्पादन गर्नका लागि मोट्रेक्सले बोर्डमा अनुमति दिएपनि सम्झौता हुन सकेको थिएन ।
सम्झौता अनुसार कम्पनीले रुपन्देहीको मोतीपुर औद्योगित क्षेत्रमा प्लान्ट राख्ने छ । यसका लागि एकसय बिघा जग्गा कम्पनीले पाउने छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको लगानी बोर्डको ५१ औं बैठकले कोरियाली कम्पनीसँग वार्ता जारी राख्ने निर्णय गरेको हो ।
यसअघि बोर्ड र कम्पनीबीच धेरैपटक वार्ता भएको थियो । मोट्रेक्सले मूल्य अभिवृद्धि कर (भ्याट) र अन्तःशुल्कका साथै अन्य सुविधाहरू मागेको छ । २०७६ सालको मंसिरमा मोट्रेक्सले प्लान्ट स्थापनाका लागि बोर्डसँग सम्झौतासमेत गरिसकेको छ । त्यसपछि कोरोना विश्व महामारिका कारण केही समय सम्पर्कमा नरहेको कम्पनीसँग बोर्डले पुनः सञ्चार सुरु गरेको हो ।
कर छुट दिएमा आउन सहज हुने मोट्रेक्सले बताउँदै आएको छ । मोट्रेक्सका लागि उपयुक्त ठाउँ मोतीपुर थियो तर पहिलो रोजाई लुम्बिनी स्पिनिङ मिल भएको ठाउँ परेको छ । यद्यपि प्लान्ट राख्ने स्थानको अझै तय भएको छैन । तर, मोट्रेक्सलाई रुपन्देहीको मोतीपुरमा प्लान्ट राख्न सरकारले आफैं जग्गा दिने सम्झौता गरिसकेको छ । यो स्थानमा राख्ने वा अन्य स्थानमा सार्ने छलफलको क्रममा रहेको छ । त्यसका अलवा मोट्रेक्स दर्तालगायतका काम पनि अघि बढेको उद्योग विभागले जनाएको छ ।
मोट्रेक्सले यसअघि नै नेगोसिएसन शुल्क तिरिसकेको र आफ्ना माग पूरा भएमा नेपालमा प्लान्ट राख्न तयार रहेको जानकारी गराएको छ । हाल मोट्रेक्सको एसेम्बलिङ प्लान्टका लागि लगानी उद्योग विभागमा पनि काम अगाडि बढिरहेको छ । मोट्रेक्सले २०७६ सालमै नेपालमा गाडी उत्पादनको लागि आवेदन दिएको थियो ।
लगानी बोर्ड बैठकले उसलाई मोटर उत्पादनको प्लान्ट राख्न दिने र १० अर्ब रुपैयाँ लगानी स्वीकृति गरेको थियो । बोर्डका अनुसार सो कम्पनीले नेपालमा न्यूनतम १५ अर्ब रुपैयाँसम्म लगानी गर्ने बताइएको छ । कम्पनीले नेपालमा चारपाङग्रे गाडी उत्पादन गर्ने जनाइएको छ ।
उद्योग विभागका अनुसार यसअघि नै २२ वटा उद्योग एसेम्बलिङ प्लान्ट राख्नका लागि दर्ता भइसकेका छन् । पछिल्लो समय बजेट प्रतिस्थापन विधेयकमा अर्थमन्त्री जनार्दन शर्माले एसेम्बल उद्योगलाई अन्तःशुल्कमा छुटको व्यवस्था गरेपछि उद्योगीहरू थप उत्साहित बनेका थिए ।
यसअघि गोल्छा समूहको हुलास मोटर्सले ‘मुस्ताङ’ ब्रान्डमा नेपालमै गाडी एसेम्बलिङ गरेको थियो । तर, सरकारी नीति सहयोगी नभएको बताउँदै हाल सो उद्योग बन्द भइसकेको अवस्था छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।