logo

नेपालीको आय बढेर प्रतिव्यक्ति १३८१ डलर पुग्यो, देसको अर्थतन्त्रको आकार ५.८४ प्रतिशतले बढ्ने अनुमान

    1805   पटक पढिएको

१५ जेठ/अर्थ र व्यापार – चालु आर्थिक वर्ष २०७८/७९ मा नेपालीको प्रति व्यक्ति आयमा बृद्धि भएर प्रति व्यक्ति आय १३८१ डलर भएको छ । अर्थमन्त्री जनार्दन शर्माले शनिबार प्रतिनिधिसभामा पेश गरेको चालु आर्थिक वर्ष २०७८/७९ को आर्थिक सर्वेक्षण अनुसार नेपालीको आय एक वर्षमा १०.८ प्रतिशतले बढेको देखिएको हो ।
यस आर्थिक सर्वेक्षण अनुसार अब प्रत्येक नेपालीको आय १ हजार ३८१ डलर पुगेको छ । यसअघि आर्थिक वर्ष २०७७/७८ मा नेपालीको प्रतिवयक्ति आय जम्मा १ हजार २४६ डलर मात्र रहेको थियो ।
यसैगरि, चालु आर्थिक वर्षमा देसको सार्वजनिक संस्थानको नाफा ४५ दशमलब ४२ प्रतिशतले घटेको छ । यस अवधीमा २२ वटा संस्थान नाफा रहेका छन भने १९ वटा सार्वजनिक संस्थान घाटामा रहेका छन । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा सार्वजनिक संस्थानको खुद नाफा घटेको सो सर्वेक्षणमा उल्लेख छ ।
आगामी आर्थिक वर्ष २०७९/८० का लागि विनियोजित नयाँ बजेट सार्वजनिक हुने अघिल्लो दिन शनिबार सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०७६/७७ को तुलनामा सार्वजनिक संस्थानको खुद नाफामा ४५ दशमलब ४२ प्रतिशतले घटेर आर्थिक वर्ष २०७७/७८ तुलनामा २६ अर्ब ३५ करोड ८८ लाख रुपैयाँ पुगेको छ ।
यस अवधीमा कुल सञ्चालन आय भने अघिल्लो वर्षको तुलनामा केही बढेको छ । अघिल्लो आर्थिक वर्ष कुल सञ्चालन आय ४ खर्ब २८ अर्ब ७१ करोड ३४ लाख रहेकोमा आर्थिक वर्ष २०७७/७८ मा १ दशमलब ५१ प्रतिशतले वृद्धि भई ४ खर्ब ३५ अर्ब १७ करोड ३९ लाख रुपैयाँ पुगेको छ ।
सार्वजनिक संस्थानहरुबाट गत आर्थिक वर्षमा जम्मा ६ अर्ब ७२ करोड १४ लाख लाभांश प्राप्त भएको थियो । यो रकम अघिल्लो वर्षको तुलनामा ५२ दशमलब ३३ प्रतिशतले कम हो । यसैगरि, आर्थिक वर्ष २०७७/७८ मा पनि विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारिको संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि चालिएका कदमबाट समग्र अर्थतन्त्र नै प्रभावित हुन गएको अवस्थाका कारण सार्वजनिक संस्थानको कार्यसम्पादनमा समेत केही संकुचन आएता पनि सार्वजनिक संस्थानको समग्र वित्तीय स्थिति भने सन्तोषजनक रहेको सो सर्वेक्षणमा उल्लेख गरिएको छ ।
यस आर्थिक सर्वेक्षण अनुसार आर्थिक वर्ष २०७७/७८ मा सञ्चित नाफा गत आर्थिक वर्षको तुलनामा ३ दशमलब ३५ प्रतिशतले वृद्धिभई १ खर्ब १३ अर्ब ५६ करोड ५९ लाख पुगेको उल्लेख गरिएको छ । यसैगरी,संस्थानहरुको सञ्चित नोक्सानी गत आर्थिक वर्षको तुलनामा ३६ दशमलब ३६ प्रतिशतले घटेर २१ अर्ब ७८ करोड ६६ लाख रुपैयाँ बराबर कायम भएको औंल्याईएको छ ।
यस सर्वेक्षण अनुसार हाल संचालनमा रहेका मध्ये २२ वटा संस्थान नाफा र १९ संस्थान घाटामा रहेका छन् । अन्य बाँकीको कारोबार शून्य रहेको देखिएको छ । हाल जनकपुर चुरोट कारखाना बन्द छ भने विद्युत् उत्पादन कम्पनी र राष्ट्रिय प्रसारण ग्रिड कम्पनीको व्यवसाय सुरुवाती अवस्थामा नै रहेका छन् ।
यसैगरि,घाटामा संचालन भइरहेका संस्थानमध्ये नेपाल ओरियन्ड म्याग्नासाईट प्रालि, बुटवल धागो कारखानाको व्यावसायिक कारोबार भएको छैन भने नेपाल रेल्वे कम्पनीको व्यवसाय सञ्चालनको प्रक्रियामा रहेको यस आर्थिक सर्वेक्षणमा उल्लेख गरिएको छ ।
यस सर्वेक्षणले हाल नेपालको अर्थतन्त्रको आकार बढेर ४८ खर्ब ५१ अर्ब रुपैयाँ पुगेको देखाएको छ । सो सर्बेक्षण अनुसार चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्रको आकार ५दशमलब ८४ प्रतिशतले बढ्ने प्रक्षेपण गरिएको छ । यस आर्थिक सर्वेक्षण अनुसार यस वर्ष कोरोना महामारी कम भएको र उर्जा क्षेत्रको विस्तार उत्साहप्रद रहेका कारण अर्थतन्त्रको आकार ५ दशमलब ८४ प्रतिशतले बढ्न लागेको अनुमान गरिएको हो । गत आर्थिक वर्षमा अर्थतन्त्रको विस्तार ४.२५ प्रतिशत रहेको थियो । यो तथ्यांक केन्द्रीय तथ्यांक विभागले यसअघि सार्वजनिक गरेको प्रक्षेपणमा आधारित रहेको देखिएको छ ।
यसैगरि,आव २०७८/०७९ को कुल ग्रार्हस्थ्य उत्पादन (उपभोक्ताको मूल्यमा) ४८ खर्ब ५१ अर्ब ६२ करोड रुपैयाँको भएको छ । जसमा बागमती प्रदेशको अंश सबैभन्दा बढी ३६.९ प्रतिशत र कर्णाली प्रदेशको अंश सबैभन्दा कम ४.१ प्रतिशत रहने अनुमान गरिएको सो आर्थिक सर्वेक्षणमा उल्लेख छ ।
यसैगरि, चालु आवको पहिलो ८ महिना गत फागुनसम्म २३ हजार ३६२ मूल्य अभिवृद्धि कर (भ्याट)को करदाता थप भएका छन् । यो सँगै नेपालमा मूल्य अभिवृद्धि कर तिर्ने करदाताको संख्या ३ लाख १४ हजार ७६ पुगेको छ ।
शनिबार सार्वजनिक भएको आर्थिक सर्वेक्षण पछि आइतबार सरकारले आगामी आवको नयाँ बजेट सार्वजनिक गर्दै छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुभन्दा अघि नै आर्थिक सर्वेक्षण पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ । सोही अनुसार अर्थमन्त्री शर्माले आइतबार संघिय संसदको संयुक्त बैठकमा आगामी आवको नयाँ बजेट पेश गर्ने छन् । गणतन्त्र दिवसको दिन पारेर नै नयाँ बजेट पेश गर्ने गरी संविधानमा नै व्यवस्था गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।