logo

नेपालीको आय बढेर प्रतिव्यक्ति १३८१ डलर पुग्यो, देसको अर्थतन्त्रको आकार ५.८४ प्रतिशतले बढ्ने अनुमान

    1483   पटक पढिएको

१५ जेठ/अर्थ र व्यापार – चालु आर्थिक वर्ष २०७८/७९ मा नेपालीको प्रति व्यक्ति आयमा बृद्धि भएर प्रति व्यक्ति आय १३८१ डलर भएको छ । अर्थमन्त्री जनार्दन शर्माले शनिबार प्रतिनिधिसभामा पेश गरेको चालु आर्थिक वर्ष २०७८/७९ को आर्थिक सर्वेक्षण अनुसार नेपालीको आय एक वर्षमा १०.८ प्रतिशतले बढेको देखिएको हो ।
यस आर्थिक सर्वेक्षण अनुसार अब प्रत्येक नेपालीको आय १ हजार ३८१ डलर पुगेको छ । यसअघि आर्थिक वर्ष २०७७/७८ मा नेपालीको प्रतिवयक्ति आय जम्मा १ हजार २४६ डलर मात्र रहेको थियो ।
यसैगरि, चालु आर्थिक वर्षमा देसको सार्वजनिक संस्थानको नाफा ४५ दशमलब ४२ प्रतिशतले घटेको छ । यस अवधीमा २२ वटा संस्थान नाफा रहेका छन भने १९ वटा सार्वजनिक संस्थान घाटामा रहेका छन । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा सार्वजनिक संस्थानको खुद नाफा घटेको सो सर्वेक्षणमा उल्लेख छ ।
आगामी आर्थिक वर्ष २०७९/८० का लागि विनियोजित नयाँ बजेट सार्वजनिक हुने अघिल्लो दिन शनिबार सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०७६/७७ को तुलनामा सार्वजनिक संस्थानको खुद नाफामा ४५ दशमलब ४२ प्रतिशतले घटेर आर्थिक वर्ष २०७७/७८ तुलनामा २६ अर्ब ३५ करोड ८८ लाख रुपैयाँ पुगेको छ ।
यस अवधीमा कुल सञ्चालन आय भने अघिल्लो वर्षको तुलनामा केही बढेको छ । अघिल्लो आर्थिक वर्ष कुल सञ्चालन आय ४ खर्ब २८ अर्ब ७१ करोड ३४ लाख रहेकोमा आर्थिक वर्ष २०७७/७८ मा १ दशमलब ५१ प्रतिशतले वृद्धि भई ४ खर्ब ३५ अर्ब १७ करोड ३९ लाख रुपैयाँ पुगेको छ ।
सार्वजनिक संस्थानहरुबाट गत आर्थिक वर्षमा जम्मा ६ अर्ब ७२ करोड १४ लाख लाभांश प्राप्त भएको थियो । यो रकम अघिल्लो वर्षको तुलनामा ५२ दशमलब ३३ प्रतिशतले कम हो । यसैगरि, आर्थिक वर्ष २०७७/७८ मा पनि विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारिको संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि चालिएका कदमबाट समग्र अर्थतन्त्र नै प्रभावित हुन गएको अवस्थाका कारण सार्वजनिक संस्थानको कार्यसम्पादनमा समेत केही संकुचन आएता पनि सार्वजनिक संस्थानको समग्र वित्तीय स्थिति भने सन्तोषजनक रहेको सो सर्वेक्षणमा उल्लेख गरिएको छ ।
यस आर्थिक सर्वेक्षण अनुसार आर्थिक वर्ष २०७७/७८ मा सञ्चित नाफा गत आर्थिक वर्षको तुलनामा ३ दशमलब ३५ प्रतिशतले वृद्धिभई १ खर्ब १३ अर्ब ५६ करोड ५९ लाख पुगेको उल्लेख गरिएको छ । यसैगरी,संस्थानहरुको सञ्चित नोक्सानी गत आर्थिक वर्षको तुलनामा ३६ दशमलब ३६ प्रतिशतले घटेर २१ अर्ब ७८ करोड ६६ लाख रुपैयाँ बराबर कायम भएको औंल्याईएको छ ।
यस सर्वेक्षण अनुसार हाल संचालनमा रहेका मध्ये २२ वटा संस्थान नाफा र १९ संस्थान घाटामा रहेका छन् । अन्य बाँकीको कारोबार शून्य रहेको देखिएको छ । हाल जनकपुर चुरोट कारखाना बन्द छ भने विद्युत् उत्पादन कम्पनी र राष्ट्रिय प्रसारण ग्रिड कम्पनीको व्यवसाय सुरुवाती अवस्थामा नै रहेका छन् ।
यसैगरि,घाटामा संचालन भइरहेका संस्थानमध्ये नेपाल ओरियन्ड म्याग्नासाईट प्रालि, बुटवल धागो कारखानाको व्यावसायिक कारोबार भएको छैन भने नेपाल रेल्वे कम्पनीको व्यवसाय सञ्चालनको प्रक्रियामा रहेको यस आर्थिक सर्वेक्षणमा उल्लेख गरिएको छ ।
यस सर्वेक्षणले हाल नेपालको अर्थतन्त्रको आकार बढेर ४८ खर्ब ५१ अर्ब रुपैयाँ पुगेको देखाएको छ । सो सर्बेक्षण अनुसार चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्रको आकार ५दशमलब ८४ प्रतिशतले बढ्ने प्रक्षेपण गरिएको छ । यस आर्थिक सर्वेक्षण अनुसार यस वर्ष कोरोना महामारी कम भएको र उर्जा क्षेत्रको विस्तार उत्साहप्रद रहेका कारण अर्थतन्त्रको आकार ५ दशमलब ८४ प्रतिशतले बढ्न लागेको अनुमान गरिएको हो । गत आर्थिक वर्षमा अर्थतन्त्रको विस्तार ४.२५ प्रतिशत रहेको थियो । यो तथ्यांक केन्द्रीय तथ्यांक विभागले यसअघि सार्वजनिक गरेको प्रक्षेपणमा आधारित रहेको देखिएको छ ।
यसैगरि,आव २०७८/०७९ को कुल ग्रार्हस्थ्य उत्पादन (उपभोक्ताको मूल्यमा) ४८ खर्ब ५१ अर्ब ६२ करोड रुपैयाँको भएको छ । जसमा बागमती प्रदेशको अंश सबैभन्दा बढी ३६.९ प्रतिशत र कर्णाली प्रदेशको अंश सबैभन्दा कम ४.१ प्रतिशत रहने अनुमान गरिएको सो आर्थिक सर्वेक्षणमा उल्लेख छ ।
यसैगरि, चालु आवको पहिलो ८ महिना गत फागुनसम्म २३ हजार ३६२ मूल्य अभिवृद्धि कर (भ्याट)को करदाता थप भएका छन् । यो सँगै नेपालमा मूल्य अभिवृद्धि कर तिर्ने करदाताको संख्या ३ लाख १४ हजार ७६ पुगेको छ ।
शनिबार सार्वजनिक भएको आर्थिक सर्वेक्षण पछि आइतबार सरकारले आगामी आवको नयाँ बजेट सार्वजनिक गर्दै छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुभन्दा अघि नै आर्थिक सर्वेक्षण पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ । सोही अनुसार अर्थमन्त्री शर्माले आइतबार संघिय संसदको संयुक्त बैठकमा आगामी आवको नयाँ बजेट पेश गर्ने छन् । गणतन्त्र दिवसको दिन पारेर नै नयाँ बजेट पेश गर्ने गरी संविधानमा नै व्यवस्था गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।