logo

ओडी कर्जामा थप कडाई, पहिले लिएको ओडी समेत बन्द गर्न बैंकको दबाब

    1521   पटक पढिएको

१४ बैशाख/अर्थ र व्यापार – बैंक तथा वित्तीय संस्थाहरुले आफ्ना ऋणीलाई ओभर ड्राफ्ट (ओडी) कर्जाको सुविधा बन्द गर्न दबाब दिन थालेका छन् । नेपाल राष्ट्र बैंकले ओडी कर्जा सुविधा बन्द गर्न आन्तरिक रुपमा निर्देशन दिएको भन्दै अहिले विभिन्न बैंकहरुले उद्योगी व्यवसायीलाई यसअघि लिएको ओडी कर्जा सुविधा सबेत बन्द गर्न दबाब दिन थालेको सम्बन्धीत व्यवसायीहरुले बताएका छन ।
उनीहरुका अनुसार हाल विभिन्न बैंकले ५० लाख रुपैयाँसम्मको व्यक्तिगत ओडी र व्यवसायीक ओडी दिँदै आएको छ । तर, त्यसरी दिएको ओडी दुरुपयोग भएको निष्कर्ष सहित राष्ट्र बैंकले अंकुश लगाउन लागेको हो । सोही अनुरुप हाल बैंकहरुले पनि आफ्ना ग्राहकलाई ओडी खाता बन्द गर्न दबाब दिन थालेको एक व्यवसायीले जानकारी दिए ।

केही दिनयता बैंकहरुले यसअघि लिएको ओडी कर्जा सुविधा बन्द गर्न भन्दै फोन गर्न थालेको जानकारि गराउँदै एक उद्योगीले भने, ‘अहिले बैंकहरुले राष्ट्र बैंकको निर्देशन भन्दै दैनिकजसो फोन गरेर यसअघि चलाएका ओडी सुविधा भुक्तानी गरेर सो कर्जा खातानै बन्द गर्न दबाब दिईरहेका छन् ।’
तर, त्यसरी बैंकहरुले राष्ट्र बैंकको निर्देशन भन्दै उद्योगी व्यवसायीलाई यसअघि लिएको ओडी कर्जा सुविधा समेत बन्द गर्न लगाउँदा समस्या उत्पन्न हुने अन्य व्यवसायीले गुनासो गरेका छन । उद्योगी व्यवसायीले व्यवसायीक कार्यका लागि ओडी कर्जा लिएर लगानी गरेका हुने बताउँदै ती व्यवसायीले भने, ‘अहिले बैंकहरुले राष्ट्र बैंकको निर्देशन भन्दै त्यस्ता कर्जा तुरुन्त तिर्न दबाब दिँदैमा कसले तिर्न सक्छ र ?’ यो व्यवसायीकालागि निकै अन्यायपूर्ण र अव्यवहारिक काम हुने उनीहरुको भनाई छ ।
हाल विभिन्न बैंकहरुबाट ओडीमा दिएको कर्जा दुरुपयोग भएको निष्कर्ष सहित राष्ट्र बैंकले व्यक्तिगत ओडी कर्जाको सिमा घटाउँदै ५० लाख रुपैयाँमा झारेको थियो । तर, त्यसरी प्रदान गरिएको ओडी कर्जा समेत सही सदुपयोग नभएको भन्दै पछिल्लो समय यस्तो सुविधा नै बन्द गर्न लागेको सम्बन्धीत व्यवसायीले आफुलाई जानकारी भएको बताएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।