logo

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिराले लियो पहिलो उडान अनुमति

    1026   पटक पढिएको

८ वैशाख/अर्थ र व्यापार – भर्खर निर्माण सम्पन्न भएको देसकै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कुवेती वायुसेवा कम्पनी जजिरा एयरवेजले पहिलो उडान भर्ने अनुमति लिएको छ ।
आगामी २ जेठका दिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने योजना सरकारको छ । सोही दिनबाट कुवेती वायुसेवा कम्पनी जजिराले नियमित उडान सुरु गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
प्रधिकरणका महानिर्देशक प्रदीप अधिकारीले यस्तो जानकारी गराएका हुन । उनले जानकारि गराए अनुसार जजिराले पहिलो चरणमा साताको तीन दिन उडान भर्ने गरी अनुमति लिएको छ । जजिरा एयरवेजको विमान कुवेतबाट सोमबार, बुधबार र शुक्रबार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आउने छ ।
अहिलेसम्म विदेशी वायुसेवा कम्पनीले यस विमानस्थलमा पहिलोपटक अन्तर्राष्ट्रिय उडान सुरु गर्ने निश्चित भएपनि मुलुकको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले भने अझै पनि यो विमानस्थलबाट उडान थाल्ने विषयमा कुने निणर्य गर्न सकेको छैन ।
नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट राष्ट्रिय ध्वजाबाहक निगमको विमान उडाउने विषय अहिले पनि अध्ययनकै चरणमा रहेको बताए । हालसम्म कुनै पनि गन्तव्य तय नभइसकेको बताउँदै अधिकारीले भने, ‘ भैरहवाबाट विमान त उडाउने हो, तर, अहिले हामी कुन गन्तव्यमा उपयुक्त होला भनेर अध्ययन गरिरहेका छौं ।’
यो विमानस्थलमा विदेशी वायुसेवाले उडान भर्ने तालिका नै बनाईसकेको बेला अभलै देसको राष्ट्रिय ध्वजाबहाक निगमले यो विमानस्थलबाट सम्भावित गन्तव्यको समेत पहिचान गर्न सकेको छैन । निगमले अब विमान उडायो भने गौतमबुद्ध विमानस्थलबाट पहिलो उडान कहाँ हुन्छ ? भन्ने बारेमा अहिलेसम्म कुनै निणर्य नै नगरिकन अध्ययन गर्दै र्छौं भनेर मात्र बसिरहेको अवस्था छ ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पनि ग्राउण्ड ह्याण्डिलिङको जिम्मा निगमले नै पाएको छ । सोहीकारण अन्य विदेशी कम्पनी आकर्षित नभएसम्म विमानस्थलको उडान व्यवस्था सञ्चालन जारी राख्न समेत निगमले आफ्नो विमानको उडान सुरु गर्ने जिम्मेवारी थपिएको सम्बन्धीत सरोकारवालाहरुको भनाई छ । उनीहरुले अब निगमले छिटै निणर्य गर्नुपर्ने धारणा राखेका छन ।
नेपालबाट अन्तर्राष्ट्रिय उडान भरिरहेको अर्को स्वदेशी वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले समेत अहिलेसम्म गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने गरी कुनै योजना सार्वजनिक गरिसकेको छैन । पोखरा क्षेत्रीय विमानस्थल बनेपछि आक्रामक रुपमा अन्तर्राष्ट्रिय उडानको योजना बनाइएको बुद्ध एयरले पनि भैरहवाबाट भने अन्तर्राष्ट्रिय उडान नगर्ने यसअघि नै जानकारि गराईसकेको थियो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार वायुसेवा कम्पनीहरुले उडानका लागि चासो दिइरहेका भएपनि जजिरा बाहेक अन्य वायुसेवा कम्पनीहरुले भने निवेदन दिइसकेका छैनन् । कतिपय मुलुकका वायुसेवा कम्पनी आउन चाहेको अवस्थामा पनि हवाई सेवा सम्झौता नवीकरण गर्नुपर्ने हुन्छ । सोहीकारण विमानस्थलले बिस्तारै मार्केट लिने प्राधिकरणको अनुमान छ ।
प्राधिकरणका अनुसार यो विमानस्थलबाट बौद्धमार्गी यात्रु बढीहुने मुलुकमा सहजै वायुसेवा कम्पनी आकर्षित हुने अनुमान गरिएको छ । जसमा थाइल्याण्डदेखि भियतनामसम्मका मुलुकका एयरलाइन्स हुनेछन् । अर्कोतर्फ वैदेशिक रोजगारीमा खाडी मुलुकका जाने नेपालीलाई लक्षित गरी थप अन्य एयरलाइन्सहरु आउने अपेक्षा गरिएको प्राधिकरणले जनाएको छ । जसका लागि सरकारले यस्ता लक्षित क्षेत्रसँग सम्बन्धित कामहरु भैरहवामा विस्तार गर्नुपर्ने हुन्छ ।

नयाँ धावनमार्गबाट आन्तरिक उडान सुरु
निर्माण सम्पन्न भएको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा विमानको उडान÷अवतरण सुरु भएको छ । एयरोथाई कम्पनीबाट विमानस्थलको क्यालिब्रेसन उडान भइसकेपछि यसको रिर्पोट नेपाल नागरिक उड्डयन प्राधिकरणले आफ्नो प्रणालीमा प्रकाशित गरेको थियो । सोही रिर्पोटका आधारमा उडान÷अवतरणसँग सम्बन्धित प्रणालीहरु नयाँ धावनमार्गमा आधारित भएर वायुसेवा कम्पनीहरुले आफ्नो वायुयानमा अपलोड गर्छन् । यस्तो समयावधी ४२ दिनको राखिएको हुन्छ ।
सोही अनुसार नयाँ धावनमार्ग बिहीबारदेखि सञ्चालनमा आएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणका महानिर्देशक अधिकारीले यस्तो जानकारी गराएका हुन । नयाँ सिस्टमले अब पुरानो धावनमार्गलाई नचिन्ने बताउँदै उनले भने, ‘सोही अनुसार बिहीबारदेखि स्वभाविक रुपमा नयाँ धावनमार्ग प्रयोगमा ल्याइएको हो ।’ अब यो विमानस्थलमा आन्तरिक तथा बाह्य सबै प्रकारका विमानले उडान तथा अवतरण गर्न सक्छन् ।
बिहीबारदेखि सुरु भएको पहिलो उडानमा यति एयरलाइन्सको विमान बिहानै नयाँ धावनमार्गबाट काठमाडौंका लागि उडेको थियो । धावनमार्ग सञ्चालनमा ल्याएसँगै नयाँ विमानस्थलका सबै प्रणाली सक्रिय बनेका छन् । यो विमानस्थल आयोजना सन् २०१४ मा निर्माण सुरु भएको थियो । राष्ट्रिय गौरवका आयोजना मध्ये यो विमानस्थल सबैभन्दा छिटो सम्पन्न हुने आयोजना बनेको प्राधिकरणको दावी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।