logo

गभर्नर निलम्बनको निर्णय तत्काल कार्यन्वयन नगर्न सर्वोच्चको अल्पकालिन अन्तरिम आदेश

    936   पटक पढिएको

६ बैशाख /अर्थ र व्यापार – सर्वोच्च अदालतले गभर्नर निलम्बनको पत्रचार तत्काल कार्यान्वयन नगर्न अल्पकालिन अन्तरिम आदेश दिएको छ । सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई तत्कालका लागि निलम्बन नगरी सरकारका नाममा कारण देखाउ आदेश दिएको हो ।
मन्त्री परिषदले गत २५ चैतमा निर्णय गर्दै गभर्नर अधिकारीलाई छानबीन गर्ने निर्णय गरेको थियो । सरकारले छानबीनको निर्णय गर्दै समिति पनि गठन गरेपछि निलम्बित गभर्नर अधिकारीले आइतबार सार्वोच्चमा रिट दायर गरेका थिए ।
उनको रिट सोमबार दर्ता भएको थियो भने मंगलबार सुवाई भएको हो । मंगलबारको सुनुवाइमा पनि सर्वोच्चले अल्पकालिन अन्तरिम आदेश जारी गर्दै सरकारलाई निलम्बन गर्नु पर्ने काम माग गरेको सर्वोच्च अदालतले जनाएको छ । सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले सो जानकारी गराए ।
पौडेलका अनुसार दुबै पक्षलाई छलफलका लागि आगामी १३ बैशाखमा बोलाइएको छ ।
सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले अल्पकालिन अन्तरिम आदेश सहित छलफलका लागि दुबै पक्षलाइ बोलाउने निर्णय गरेको हो । आफूमाथि गरिएको कारबाही बदर गरी आफु गभर्नरकै जिम्मेवारीमा फर्किन अन्तरिम आदेश माग गर्दै गभर्नर अधिकारी सर्वोच्च पुगेका थिए ।
सरकारले आफूलाई गरेको निलम्बन कानुन विपरीत भएको तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई विपक्षी बनाएर अधिकारीले रिट दायर गरेका थिए । सरकारले अधिकारीलाई राष्ट्र बैंकभित्रका अतिगोप्य सूचना चुहाएको, राष्ट्र बैंकको उद्देश्य हासिलका लागि गर्नु पर्ने काम गर्न कार्यक्षमताको अभाव भएको, व्यवस्थापकीय जिम्मेवारी पूरा गर्न नसकेको आरोप लगाउदै छनबीन गर्ने निर्णय गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।