logo

अर्थमन्त्रीमाथि निलम्बित गभर्नको आरोप

कालोधन छुटाउन पटक पटक दबाब, स्वायत्त निकायमाथिको ठाडो हस्तक्षेप

    1150   पटक पढिएको

६ बैशाख/अर्थ र व्यापार – नेपाल राष्ट्र बैंकका निलम्बित गभर्नर महाप्रसाद अधिकारीले अर्थमन्त्री जनार्दन शर्मा माथि राष्ट्र बैंकजस्तो स्वायत्त निकायलाई ठाडो हस्तक्षेप गरी कालोधन छुटाउन पटक पटक दबाब दिएको आरोप लगाएका छन् । अधिकारीले सरकार विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्दै यस्तो आरोप लगाएका हुन् ।
अर्थमन्त्री शर्माले सम्पत्ति शुद्धिकरण सम्बन्धी छानविनमा परेको र छानविनको क्रममा रहेको एक व्यक्तिको खाता फुकुवा गरिदिन अर्थमन्त्री स्वयमलेनै आफुलाई पटक पटक दबाब दिएको उल्लेख गरेका छन् ।
यसैगरि, सो सम्बन्धमा छानविनको क्रममा रहेको संकास्पद रकम फुकुवा गर्न मिल्दैन भनी आफुले पटक पटक अडान लिँदै आएको तर, मन्त्री शर्माले सम्पत्ति शुद्धिकरण विभाग र केन्द्रिय अनुसन्धान व्यूरोले छानविन गरिरहेको सो रकमको सम्बधमा सम्बन्धित व्यक्तिको निवेदन लिई के कति कारणले रोकिएको र खाता खुलाउन तोक आदेश लगाई खोलाउन अनुरोध गरेको समेत अधिकारीले उल्लेख गरेका छन् ।
हाल सर्वोच्च अदालमा विचराधिन रहेको अवस्थमा मन्त्री स्वयमले पटक पटक उक्त खाता खुलाउन निर्देशन दिनुले न्यायिक निरुपणको अनादेख गरिनुका साथै अदालत माथि समेत अविस्वास गरेको अधिकारीको ठहर छ ।
यसैगरि, राष्ट्र बैंक अर्थ मन्त्रालय मातहत वा अर्थमन्त्रीको निर्देशन पालना गर्ने निकाय नभई स्वायत्त संस्था रहेको उल्लेख गरेको छन् । राष्ट्र बैंक ऐन अनुसार नेपाल सरकारबाट आफु ५ बर्षको लागि नियुक्त भएको र सोही अबधिसम्मका लागि काम गर्न पाउनुपर्ने बताएका छन् ।
उनले आफुमाथि बनाईएको जाँचबुझ समिति समेत अवैधानिक रहेको उल्लेख गरेका छन् । सो समिति आफुलाई जसरी पनि पदमुक्त गर्ने गरी गठन गरिएको र अर्थमन्त्रीको स्वार्थमा गठन भएको भन्दै उक्त समिति बदर गर्न समेत माग गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।