logo

दर्जनौं व्यवसायी र बैंकर्सहरु विभूषित

    1170   पटक पढिएको

४ बैशाख/अर्थ र व्यापार – सरकारले यसपाली धेरै उद्योगी/व्यवसायी र बैंकर्सहरुलाई विभूषित गरेको छ । नववर्षको दिन राष्ट्रपति विद्यादेवी भण्डारीले गत बिहीबार काठमाडौको शितलनिवासस्थित राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा विभिन्न उद्योगी व्यवसायी र बैंकर्सहरुलाई विभूषित गर्दै अलंकार र पदक वितरण गरेकी हुन् ।
नेपाल सरकार, मन्त्रिपरिषद्ले गत ३ असोजमा ‘संविधान दिवस– २०७८’ को अवसरमा विभिन्न क्षेत्रमा संलग्न व्यवसायी र बैंकर्सहरुको नाम छनोटमा पारेर उनीहरुलाई विभूषण र पदक प्रदान गर्ने घोषणा गरेको थियो । संविधान दिवसको अवसरमा सरकारले विभिन्न मानपदवी, अलंकार र पदकबाट उनीहरुलाई सम्मान गर्ने निर्णय गरेको थियो ।
सोही निणर्य अनुसार नाम छनोटमा परेका व्यवसायी तथा बैंकसंहरु अहिले विभिन्न पदक र अलंकारबाट विभूषित भएका हुन । राष्ट्रपति भण्डारीले सुकीर्तिमय राष्ट्रदीपबाट गैर आवासिय नेपाली संघ (एनआरएन) का संस्थापक अध्यक्ष तथा नबिल बैंकका अध्यक्ष डा. उपेन्द्र महतो, प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचन, नेपाल चेम्बर अफ कमर्शका पूर्व अध्यक्ष सुरेन्द्रबीर मालाकार र कैलाशचन्द्र गोयललाई विभूषित गरेकी हुन् ।
यसैगरि, राष्ट्रपति भण्डारीले सुप्रवल जनसेवाश्री पदकबाट उद्योगी व्यवसायी तथा पंचकन्या ग्रुपका उपाध्यक्ष धुर्वकुमार श्रेष्ठ, नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, व्यवसायी राजेन्द्र खेतान, नेपाल उद्योग परिसंघका अध्यक्ष बिष्णु अग्रवाल, उद्योगी व्यवसायी शिवरतन सारदा, उद्योगी व्यवसायी साहिल अग्रवाललाई विभूषित गरेकी हुन् ।
त्यसैगरि, बीमा क्षेत्रबाट भने शिखर इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिप प्रकाश पाण्डे र एनएलजी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्तलाई उनीहरुले बीमा क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै प्रवल जनसेवाश्री पदक प्रदान गरिएको थियो । सरकारले यसपालीको संविधान दिवसका अवसरमा बिभिन्न क्षेत्रमा योगदान गर्न ९ सय ३ जनालाई विभिन्न मानपदवी र अलंकारबाट बिभुषण गर्ने निर्णय गरेको थियो ।
सोही निणर्य अनुसार नाम छनोटमा परेका विभिन्न व्यवसायीहरु मध्ये निर्माण व्यवसायी रमेश शर्मा, सनराइज बैंकका अध्यक्ष मोतीलाल दुगड, न्यौपाने समूहका अध्यक्ष विष्णुप्रसाद न्यौपाने लगायतका व्यवसायी पनि विभूषित भएका छन् । यसैगरि, सरकारले अन्य व्यवसायी तथा बैंकर्सहरु चिन्तामणि न्यौपाने, हुमनाथ कोइराला, सौरभ दुगड,अर्जुनमान सैंजु, गोविन्द गोयन्का, नारायण अग्रवाल, कुञ्ज अग्रवाल, अम्बिकाप्रसाद पौडेल, संजयकुमार खेतान, राजु ढकाल, गोकुल भण्डारी, देवकृष्ण मुण्दडा, कमलकिशोर मालपानी, रविना देशराज श्रेष्ठ लगायतलाई पनि विभूषित गरेको थियो ।
त्यसैगरि, सरकारबाट विभूषित हुने अन्य व्यवसायीहरुमा राधेश्याम हलुवाई, दीलप्रकाश भट्ट, चन्द्रप्रसाद ढकाल, अम्मरबहादुर बानियाँ, सागर थापा, प्रेमकण्ठ श्रेष्ठ, चुन्नप्रसाद पौडेल, नरिश्वर शर्मा, सुनिलबल्लभ पन्त, बद्री गुरागाँई, सौरभ दुगड, चिन्तामणी न्यौपाने नारायण बजाज, राजेन्द्र मल्ल, कमलकिशोर मालापनी, यादवसिंह कार्की, विनोद ज्ञावाली लगायत रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।