logo

विनोद चौधरी संसारकै १९२९ औं धनी व्यक्ति, चौधरीले एकवर्षमै १० करोड डलर बढाए

    1867   पटक पढिएको

२४ चैत/अर्थ र व्यापार – नेपालका एक मात्र डलर अर्बपति विनोद चौधरी संसारकै उत्कृष्ट १९२९औं धनी व्यक्ति बनेका छन् । एक वर्षको अवधिमा चौधरीको सम्पत्ति १० करोड डलरले वृद्धि भएर डेढ अर्ब डलर पुगेको छ ।
सन् २०२२ मा गएराति सार्वजनिक विश्वका अर्बपतिको सूचीमा चौधरी १९२९औं नम्बरमा परेका हुन् । यसअघि उनी सन् २०२१ मा विश्वभरका धनि व्यक्तिहरु मध्ये २१४१ औं स्थानमा थिए ।
फोबर्सले सार्वजनिक गरेको सूचीमा चौधरीको कुल सम्पत्ति डेढ अर्ब डलर रहेको उल्लेख छ । उनको सीजी कर्पोरेट ग्लोबल, नबिल बैंक, सीजी फुड्स, होटल क्षेत्र लगायतमा लगानी रहेको भनिएको छ । ६६ वर्षीय चौधरीको वाइवाइ चाउचाउ मुख्य ब्रान्ड रहेको फोबर्सले उल्लेख गरेको छ । वाइवाइको उत्पादन नेपालमा मात्र नभई हाल भारत, सर्विया, बंगलादेशसम्म फैलिएको छ । इजिप्टमा पनि वाइवाइ चाउचाउ उत्पादनको प्रक्रियामा छ ।
यसैगरि, चौधरीको होटलमा पनि ठुलो लगानी रहेको छ । भारतको ताज होटल चेनमा समेत उनको लगानी छ । कोरोना विश्व महामारिको चपेटामा पनि संसारकै डलर अर्बपछिको यो लिस्टमा पर्न सफल बिनोद चौधरीका छोराहरु निर्वाण चौधरीले नेपालमा व्यवसायमा सक्रिय रहेको, राहुल र वरुण नेपालबाहिर सीजी ग्रुपको कम्पनी सञ्चालन गरिरहेको फोबर्सले जनाएको छ ।
फोबर्सले सार्वजनिक गरेको संसारभरका सबै भन्दा धनी व्यक्तिहरुको सुची अनुसार चौधरी कुल डेढ अर्ब डलरसहित सो स्थानमा रहन सफल भएका हुन् । एक वर्षको अवधिमा चौधरीको सम्पत्ति समेत १० करोड डलरले वृद्धि भएको फोबर्सले आफ्नो प्रतिवेदनमा समेटेको छ । फोबर्स म्याग्जिनका अनुसार गत वर्ष उनको सम्पत्ति १.४ अर्ब डलर रहेको थियो ।
चौधरी दक्षिण एसियामा भारतीय अर्बपतिबाहेक एक मात्र अर्बपति हुन् । सार्क क्षेत्रका अन्य मुलुकका कुनै पनि व्यक्ति फोबर्सको अर्बपतिको सूचीमा छैनन् । सन् २०१९ मा १३४९औं स्थानमा रहेका उनको सम्पत्ति कोभिड–१९ महामारीकालमा भने केही घटेको थियो । यसलाई चौधरीले सुधार गर्न सफल भएका छन् ।
फोबर्सको अर्बपतिको सूचीमा पहिलो नम्बरमा अमेरिकी अर्बपति एलन मक्स छन् । उनको सम्पत्ति २१९ अर्ब डलर रहेको छ । उनी अटोमोबाइल क्षेत्रसँग सम्बन्धित छन् । दोस्रो नम्बरमा अमेरिकी अर्बपति जेफ बेजोस रहेका छन् । अर्बपतिहरुको सूचीमा सबैभन्दा धेरै अमेरिकी, दोस्रोमा चीन र तेस्रो स्थानमा भारतीय नागरिक रहेको सो म्याग्जिनले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।