logo

विनोद चौधरी संसारकै १९२९ औं धनी व्यक्ति, चौधरीले एकवर्षमै १० करोड डलर बढाए

    1224   पटक पढिएको

२४ चैत/अर्थ र व्यापार – नेपालका एक मात्र डलर अर्बपति विनोद चौधरी संसारकै उत्कृष्ट १९२९औं धनी व्यक्ति बनेका छन् । एक वर्षको अवधिमा चौधरीको सम्पत्ति १० करोड डलरले वृद्धि भएर डेढ अर्ब डलर पुगेको छ ।
सन् २०२२ मा गएराति सार्वजनिक विश्वका अर्बपतिको सूचीमा चौधरी १९२९औं नम्बरमा परेका हुन् । यसअघि उनी सन् २०२१ मा विश्वभरका धनि व्यक्तिहरु मध्ये २१४१ औं स्थानमा थिए ।
फोबर्सले सार्वजनिक गरेको सूचीमा चौधरीको कुल सम्पत्ति डेढ अर्ब डलर रहेको उल्लेख छ । उनको सीजी कर्पोरेट ग्लोबल, नबिल बैंक, सीजी फुड्स, होटल क्षेत्र लगायतमा लगानी रहेको भनिएको छ । ६६ वर्षीय चौधरीको वाइवाइ चाउचाउ मुख्य ब्रान्ड रहेको फोबर्सले उल्लेख गरेको छ । वाइवाइको उत्पादन नेपालमा मात्र नभई हाल भारत, सर्विया, बंगलादेशसम्म फैलिएको छ । इजिप्टमा पनि वाइवाइ चाउचाउ उत्पादनको प्रक्रियामा छ ।
यसैगरि, चौधरीको होटलमा पनि ठुलो लगानी रहेको छ । भारतको ताज होटल चेनमा समेत उनको लगानी छ । कोरोना विश्व महामारिको चपेटामा पनि संसारकै डलर अर्बपछिको यो लिस्टमा पर्न सफल बिनोद चौधरीका छोराहरु निर्वाण चौधरीले नेपालमा व्यवसायमा सक्रिय रहेको, राहुल र वरुण नेपालबाहिर सीजी ग्रुपको कम्पनी सञ्चालन गरिरहेको फोबर्सले जनाएको छ ।
फोबर्सले सार्वजनिक गरेको संसारभरका सबै भन्दा धनी व्यक्तिहरुको सुची अनुसार चौधरी कुल डेढ अर्ब डलरसहित सो स्थानमा रहन सफल भएका हुन् । एक वर्षको अवधिमा चौधरीको सम्पत्ति समेत १० करोड डलरले वृद्धि भएको फोबर्सले आफ्नो प्रतिवेदनमा समेटेको छ । फोबर्स म्याग्जिनका अनुसार गत वर्ष उनको सम्पत्ति १.४ अर्ब डलर रहेको थियो ।
चौधरी दक्षिण एसियामा भारतीय अर्बपतिबाहेक एक मात्र अर्बपति हुन् । सार्क क्षेत्रका अन्य मुलुकका कुनै पनि व्यक्ति फोबर्सको अर्बपतिको सूचीमा छैनन् । सन् २०१९ मा १३४९औं स्थानमा रहेका उनको सम्पत्ति कोभिड–१९ महामारीकालमा भने केही घटेको थियो । यसलाई चौधरीले सुधार गर्न सफल भएका छन् ।
फोबर्सको अर्बपतिको सूचीमा पहिलो नम्बरमा अमेरिकी अर्बपति एलन मक्स छन् । उनको सम्पत्ति २१९ अर्ब डलर रहेको छ । उनी अटोमोबाइल क्षेत्रसँग सम्बन्धित छन् । दोस्रो नम्बरमा अमेरिकी अर्बपति जेफ बेजोस रहेका छन् । अर्बपतिहरुको सूचीमा सबैभन्दा धेरै अमेरिकी, दोस्रोमा चीन र तेस्रो स्थानमा भारतीय नागरिक रहेको सो म्याग्जिनले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।