logo

नाट्टाको बरिष्ठ उपाध्यक्षमा प्रमोद दाहालको उम्मेदवारी, पर्यटन ऐनलाई समय सापेक्ष बनाउन पहल गर्ने प्रतिवद्धता

    1566   पटक पढिएको

१५ चैत्र / अर्थ र व्यापार- पर्यटन क्षेत्रकै पुरानो संस्था नेपाल एशोशियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को नयाँ नेतृत्व चयनका लागी आगामी १७ चैत्रमा निर्वाचन हुँदैछ । नाट्टा निर्वाचनमा बरिष्ठ उपाध्यक्ष पदका एक उम्मेदवार हुन–प्रमोद दाहाल । नाट्टा निर्वाचनका लागी दाहालले अध्यक्षका उम्मेदवार रमेश थापाको प्यानलवाट बरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन ।

कोलम्बस ट्राभल एण्ड टुर्स प्रा.लि.का प्रबन्ध निर्देशक दाहाल पुराना पर्यटन व्यवसायी हुन । विगत तीन दशकदेखि पर्यटन व्यवसायमा संलग्न दाहालले यसअघि ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल (टान) को कार्यसमिति सदस्यका रुपमा पनि आफ्नो जिम्मेवारी पुरा गरेका थिए । लामो समयदेखि उल्लेख्य संख्यामा बंगलादेशी पर्यटकलाई नेपाल भित्र्याउन सक्रिय दाहाल नेपाललाई “सभा सम्मेलन पर्यटन गन्तव्य” का रुपमा समेत विकास गर्न सकिने मान्यता राख्छन ।

“आज पनि पर्यटन क्षेत्रमा २०३४ सालको पर्यटन ऐन छ, पर्यटन क्षेत्रमा ठूलो परिवर्तन आईसक्यो, पर्यटन क्षेत्र र व्यवसायका समस्या हरु सम्बोधन गर्न पर्यटन ऐनलाई समयसापेक्ष बनाउन जरुरी छ”– दाहाल भन्छन–“त्यसका लागी नाट्टा मार्फत सरकारसंग सहकार्य र छलफल गर्दै पर्यटन ऐनलाई समयानुकुल बनाउन पहल गर्ने एजेण्डा छ ।” नाट्टाको अगुवाईमा अन्य पर्यटन क्षेत्रका सरोकारवालाहरुसंगको सहकार्यमा पर्यटन ऐनलाई समयानुकुल बनाएर पर्यटन क्षेत्रका महत्वपूर्ण विषयहरुलाई सम्बोधन गर्न आवश्यक रहेको र त्यसका लागी आँफुहरुले पहल गर्ने उनले वताए ।

नाट्टालाई टिमवर्क मार्फत थप व्यवस्थित बनाउन सकिने उनको विश्वास छ । सरकार र नीजि क्षेत्रविचको सहकार्यले पर्यटन क्षेत्रलाई थप सुदृढ बनाउन सकिने उनको मान्यता छ । नाट्टामा बरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिएका दाहाल टिकेटिङ क्षेत्रका समस्या समाधानका लागी आयटासंग सम्बन्धित विषयहरु पुनरावलोकलन गर्न पहल गर्ने, नेपाल राष्ट्र बैंक संग छलफल गरी विदेशी मुद्रा आर्जन गर्ने पर्यटन क्षेत्रलाई केहि राहत प्रदान गर्न पहल गर्ने जस्ता विषयलाई आफ्ना प्रमुख एजेण्डा रहेको उनले वताए ।

नाट्टाका सदस्य व्यसायीहरुको हितलाई ध्यानमा राखि अन्तर्राष्ट्रियस्तरमा गरिने पर्यटन पर्यटन प्रवद्र्धनका गतिविधिहरुलाई थप प्रभावकारी ढंगले गर्न सकिने उनको धारणा छ । त्यसका लागी सवै अग्रज र समकालिन व्यवसायीहरुको सल्लाह र सुझाव मार्फत नाट्टाको गरिमा बढाउने गरी कार्य गर्ने योजना बनाएको दाहालले वताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।